Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
विश्व
  • Home
  • विश्व
  • भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्यांकर अवरुद्ध गर्ने आदेश
भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्यांकर अवरुद्ध गर्ने आदेश
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, पुस २, २०८२
Energy Drink Energy Drink


एएफपी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भेनेजुएलामा जाने र त्यहाँबाट बाहिरिने सबै ‘प्रतिबन्धित तेल ट्यांकरहरू’ अवरुद्ध गर्ने आदेश जारी गरेका छन्। यस घोषणासँगै उहाँले भेनेजुएलाको कच्चा तेलमा अमेरिकाको पहुँचसम्बन्धी नयाँ मागहरू अघि सार्दै काराकासविरुद्धको दबाब अभियानलाई अझ तीव्र बनाएका हुन् ।

ल्याटिन अमेरिकामा लागुऔषध तस्करीविरुद्ध लड्ने उद्देश्य देखाउँदै तर भेनेजुएलालाई विशेष रूपमा लक्षित गर्दै संयुक्त राज्य अमेरिकाले महिनौँदेखि क्यारिबियन क्षेत्रमा ठूलो सैन्य तैनाथी विस्तार गर्दै आएको छ । काराकासले यस अभियानलाई वामपन्थी शक्तिशाली राष्ट्रपति निकोलस मदुरोलाई सत्ताबाट हटाउने प्रयासका रूपमा व्याख्या गर्दै आएको छ । मदुरोलाई वासिङ्टनसहित धेरै देशले अवैध राष्ट्रपति मान्दै आएका छन् । साथै, भेनेजुएलाले यसलाई आफ्नो तेल ‘चोर्ने’ योजनाका रूपमा पनि हेरेको छ ।

देशको हवाई क्षेत्रलाई ‘बन्द’ मानिनुपर्ने र ‘भूमिमा लागुऔषध तस्करी रोक्ने’ प्रयासहरू चाँडै सुरु हुने घोषणा गर्दै राष्ट्रपति ट्रम्पले भेनेजुएलाभित्र सैन्य कारबाहीसमेत हुनसक्ने आशय व्यक्त गरेपछि पछिल्ला हप्ताहरूमा दुवै देशबीच तनाव उल्लेखनीय रूपमा बढेको छ ।

गत हप्ता संयुक्त राज्य अमेरिकाले भेनेजुएलाबाट बाहिरिएको एउटा तेल ट्यांकर नियन्त्रणमा लिएको थियो भने भेनेजुएलाको तेल उद्योगसँग सम्बन्धित अन्य धेरै जहाज तथा कम्पनीहरूमाथि नयाँ प्रतिबन्धको घोषणा गर्दै अभियानमा थप कडाइ गरेको थियो । “आज म भेनेजुएलाभित्र र बाहिर जाने सबै प्रतिबन्धित तेल ट्यांकरहरूलाई पूर्ण रूपमा अवरुद्ध गर्ने आदेश दिन्छु”, राष्ट्रपति ट्रम्पले मङ्गलबार साँझ आफ्नो ‘ट्रुथ सोसल’ प्लेटफर्ममार्फत लेखेका छन्  । क्यारिबियन क्षेत्रमा तैनाथ विश्वकै सबैभन्दा ठूलो विमानवाहकसहितका धेरै नौसेना र समुद्री सेनाको उल्लेख गर्दै उनले चेतावनी दिए, “भेनेजुएला अहिले दक्षिण अमेरिकाको इतिहासमै भेला भएको सबैभन्दा ठूलो नौसैनिक बेडाले घेरिएको छ ।”

Ncell
Hardik health

भेनेजुएलाको अर्थतन्त्र कच्चा तेल निर्यातमा अत्यधिक निर्भर रहेकाले तेल क्षेत्रलाई कमजोर पार्ने यस्ता कदमले राष्ट्रपति मदुरोमाथि थप दबाब सिर्जना गर्ने अनुमान गरिएको छ । तर मङ्गलबार राष्ट्रपति ट्रम्पले भेनेजुएलाको तेल उत्पादनमा अमेरिकाको पहुँच पुनः प्राप्त गर्ने लक्ष्य पनि स्पष्ट पारे।

भेनेजुएलाले ‘हामीबाट पहिले चोरेका सबै तेल, भूमि र अन्य सम्पत्तिहरू संयुक्त राज्य अमेरिकालाई फिर्ता नगरेसम्म’ अमेरिकी नौसैनिक बेडा अझ ठूलो बन्दै जाने उनको भनाइ थियो । उनले कुन तेल वा भूमिको कुरा गर्नुभएको हो भन्ने स्पष्ट नगर्नुभए पनि सन् १९७० को दशकमा भेनेजुएलाले आफ्नो तेल उद्योग राष्ट्रियकरण गरेको तथ्यलाई यस सन्दर्भमा स्मरण गराइएको छ । त्यसपछि राष्ट्रपति मदुरोका पूर्ववर्ती ह्युगो चाभेजको नेतृत्वमा विदेशी कम्पनीहरूलाई भेनेजुएलाको राज्य स्वामित्वको तेल कम्पनी पिडिभिएसएलाई बहुमत नियन्त्रण दिन बाध्य पारिएको थियो ।

विशेष प्रतिबन्ध छुटअन्तर्गत अझै पनि भेनेजुएलामा सञ्चालनरत अमेरिकी कम्पनी सेभरोनका प्रवक्ताले मङ्गलबार कम्पनीको गतिविधि ‘कुनै अवरोधबिना र लागू कानून तथा नियमहरूको पूर्ण पालना गर्दै निरन्तर रूपमा चलिरहेको’ जानकारी दिए । काराकासले भने राष्ट्रपति ट्रम्पको घोषणाको कडा निन्दा गर्दै उनको उद्देश्य ‘हाम्रो मातृभूमिको सम्पत्ति चोर्ने’ रहेको आरोप लगाएको छ । भेनेजुएलाले विगतका वर्षहरूमा अमेरिकी तेल प्रतिबन्धलाई बेवास्ता गर्दै कालो बजारमार्फत छुट मूल्यमा कच्चा तेल बिक्री गर्दै आएको छ, जसको मुख्य खरिदकर्ता चीन रहेको छ ।

पेट्रोलियम निर्यातक देशहरूको सङ्गठन (ओपेक) का अनुसार भेनेजुएलामा करिब ३०३ अर्ब ब्यारेल तेल भण्डार रहेको अनुमान गरिएको छ, जुन विश्वका अन्य कुनै पनि देशभन्दा बढी हो । “यदि तेल निर्यात रोकियो भने यसले विदेशी मुद्रा बजार र देशको आयात क्षमतामा गम्भीर असर पार्नेछ र त्यसले आर्थिक सङ्कट निम्त्याउन सक्छ”, भेनेजुएलाको परामर्शदाता संस्था ओरिनोको रिसर्चका एलियास फेररले हालै एएफपीलाई बताएका छन्। उनका अनुसार मन्दी मात्र नभई, खाद्य तथा औषधिको अभावसमेत देखिन सक्छ, किनकि आयात गर्न देश असमर्थ हुनेछ ।

पेन्टागनले भने ट्रम्प प्रशासनअन्तर्गत विदेशी आतङ्कवादी सङ्गठनका रूपमा तोकिएका लागुऔषध गिरोहहरूलाई लक्षित गरिएको दाबी गर्दै ‘साउदर्न स्पियर’ नाम दिइएको आफ्नो अपरेसनको बचाउ गरेको छ । अमेरिकी सेनाले अहिलेसम्म अन्तर्राष्ट्रिय जलक्षेत्रमा लागुऔषध तस्करीमा संलग्न डुङ्गाहरूमाथि मात्र कारबाही गरेको बताइए पनि ती कारबाहीमा कम्तीमा ९५ जनाको मृत्यु भइसकेको छ, जसलाई धेरै विश्लेषकहरूले गैरन्यायिक हत्या भनेका छन् ।

यसैबीच ट्रम्प प्रशासनले भेनेजुएलाको कथित समूह ‘कार्टेल डे लस सोल्स’लाई आतङ्कवादी सङ्गठन घोषणा गर्दै राष्ट्रपति मदुरो नै यसको नेता भएको आरोप लगाएको छ । “हाम्रो सम्पत्ति चोरी, आतङ्कवाद, लागुऔषध तस्करी, मानव बेचबिखनलगायतका गतिविधिका कारण भेनेजुएलाको शासनलाई विदेशी आतङ्कवादी सङ्गठन घोषणा गरिएको हो”, राष्ट्रपति ट्रम्पले स्पष्ट पारेका  छन् ।


प्रकाशित मिति: बुधबार, पुस २, २०८२  ११:५६
प्रतिक्रिया दिनुहोस्
थप विश्व
न्युयोर्कमा रास्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
न्युयोर्कमा रास्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु सोमबार, असोज ५, २०८३
इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर आइतबार, असोज ४, २०८३
हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि आइतबार, असोज ४, २०८३
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा शुक्रबार, असोज २, २०८३
विश्वको पानी चक्र अनियमित बन्दै
विश्वको पानी चक्र अनियमित बन्दै बिहीबार, असोज १, २०८३
ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने
ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने बिहीबार, असोज १, २०८३
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू बुधबार, भदौ ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP