Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • चार महिनामा भित्रियो झण्डै सात खर्ब रेमिट्यान्स
चार महिनामा भित्रियो झण्डै सात खर्ब रेमिट्यान्स
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, पुस १, २०८२

काठमाडौं- चालु आर्थिक वर्षको चार महिनामा करिब सात खर्ब रुपैयाँ रेमिट्यान्स (विप्रेषण) भित्रिएको छ । गत साउनदेखि कात्तिक महिनासम्मको अवधिमा छ खर्ब ८७ अर्ब १३ करोड रुपैयाँ भित्रिएको नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार उक्त अवधिमा विपे्रषण आप्रवाह ३१.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह ९.४ प्रतिशतले बढेको थियो । कात्तिक महिनामा मात्र एक खर्ब ३३ अर्ब ८२ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ । अघिल्लो वर्षको कात्तिकमा एक खर्ब १४ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स प्राप्त भएको थियो ।

आव २०८२/८३ को साउनदेखि कात्तिकसम्म अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले बढेर चार अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८.२ प्रतिशतले बढेको जनाइएको छ । समीक्षा अवधिमा खुद द्वितीय आय अर्थात् खुद ट्रान्सफर सात खर्ब ५४ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा यस्तो आय पाँच खर्ब ५९ खर्ब २९ करोड रहेको थियो ।
उक्त चार महिनामा संस्थागत र व्यक्तिगत माध्यमबाट एक लाख ४५ हजार ९७३ जना संस्थागत र व्यक्तिगत श्रम स्वीकृति लिएर रोजगारीमा जाँदा एक लाख २७ हजार ८३७ जना श्रम स्वीकृति नवीकरण गरेर गएका छन् । अघिल्लो वर्षको यसै अवधिमा संस्थागत र व्यक्तिगत माध्यमबाट एक लाख ४७ हजार ४७८ र श्रम स्वीकृति नवीकरण गरेर ९४ हजार १०५ जना रोजगारीमा गएका थिए । अघिल्लो वर्ष पुनः श्रम स्वीकृति लिएर जानेहरुको संख्या तुलनात्मकरुपमा बढी देखिएको छ । 

Hardik health

चालु आवको साउनमा एक खर्ब ७७ अर्ब ४१ करोड, भदौमा एक खर्ब ७४ अर्ब ६७ करोड र असोज महिनामा दुई खर्ब एक अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको तथ्यांक छ । असोजमा चाडपर्व मनाउनका लागि परिवारलाई खर्च पठाउनेले गर्दा बढी रकम भित्रिएको पाइएको छ । असोजको तुलनामा कात्तिकमा विप्रेषण आप्रवाह घटेको देखिए पनि अघिल्लो वर्षको कात्तिक महिनाको भन्दा यस वर्ष बढी नै रेमिट्यान्स भित्रिएको छ ।

विगतका वर्षको चार महिनाको तथ्यांक हेर्दा आव २०८१/८२ को चार महिनामा पाँच खर्ब २१ अर्ब ६३ करोड, २०८०/८१ को चार महिनामा चार खर्ब ७७ अर्ब ९६ करोड र २०७९/८० को चार महिनामा तीन खर्ब ७८ खर्ब चार करोड रुपैयाँ रेमिट्यान्स प्राप्त भएको थियो ।

वैदेशिक रोजगारीमा जानेहरुको संख्या बढ्नु र वैधानिक माध्यमबाट पैसा पठाउने प्रवृत्ति बढ्दा विपे्रषण आप्रवाह बढेको पाइन्छ । राष्ट्र बैंकले वैधानिक माध्यमबाट भित्रने रिमिट्यान्सको मात्र तथ्यांक राख्ने गरेको छ । वैदेशिक रोजगारीबाट आउने रेमिट्यान्सले मुलुकको अर्थतन्त्रमा मेरुदण्डको भूमिका खेल्दै आएको छ । समग्र अर्थतन्त्रमा झण्डै ३० प्रतिशत योगदान रेमिट्यान्सको रहेको छ । पछिल्लो समय सरकारले अवैधानिक बाटोबाट रकम पठाउने प्रवृत्ति रोक्न नेपालको बैंकमा रेमिट्यान्स खाता खोली त्यसमा पैसा पठाउँदा अन्य खातामाभन्दा एक प्रतिशत बढी ब्याज दिनेलगायत विभिन्न सुविधा दिँदै आएको छ ।

सरकारले हालै सार्वजनिक गरेको अध्ययनका अनुसार रेमिट्यान्सबापतको ७२.३ प्रतिशत रकम दैनिक उपभोगमै खर्च हुने गरेको पाइएको छ । त्यस्तै १० प्रतिशतभन्दा बढी रकम रोजगारीमा जाँदा लागेको ऋण तिर्नमा खर्च हुँदै आएको देखिन्छ । कामदारले विदेशमा श्रम गरेर पठाएको पैसा अनुत्पादक क्षेत्रमा बढी खर्च हुने गरेको विषय पनि उठ्दै आएको छ । यद्यपि, पछिल्लो दशकमा उक्त स्थितिमा सुधार भई सो रकमलाई बचत गर्ने र शिक्षा क्षेत्रमा लगानी गर्ने गरेको पाइन्छ ।
 


प्रकाशित मिति: मंगलबार, पुस १, २०८२  १०:४१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
निर्माणाधीन सडकमा दुर्घटनाको जोखिमः सचेतना बोर्ड राख्दै प्रहरी
निर्माणाधीन सडकमा दुर्घटनाको जोखिमः सचेतना बोर्ड राख्दै प्रहरी बिहीबार, चैत ५, २०८२
झोलुङ्गे पुलले जोड्दैछ चन्द्रडाँगी-लालपानी
झोलुङ्गे पुलले जोड्दैछ चन्द्रडाँगी-लालपानी बिहीबार, चैत ५, २०८२
पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा बिहीबार, चैत ५, २०८२
बागलुङमा एघार सडक धमाधम स्तरोन्नति हुँदै
बागलुङमा एघार सडक धमाधम स्तरोन्नति हुँदै बिहीबार, चैत ५, २०८२
मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व संकलन
मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व संकलन बिहीबार, चैत ५, २०८२
महासंघको नेतृत्व सर्वसम्मत रूपमा चयन गर्नुपर्नेमा अध्यक्ष ढकालको जोड
महासंघको नेतृत्व सर्वसम्मत रूपमा चयन गर्नुपर्नेमा अध्यक्ष ढकालको जोड बुधबार, चैत ४, २०८२
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’ बुधबार, चैत ४, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP