Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
समाचार
  • Home
  • समाचार
  • तीन मन्त्रालयको जिम्मा सम्हालेका घिसिङलाई ज्ञापनपत्र
तीन मन्त्रालयको जिम्मा सम्हालेका घिसिङलाई ज्ञापनपत्र
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर २९, २०८२

दमौली- भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मा सम्हाल्नुभएका कुलमान घिसिङलाई आइतबार तनहुँका विभिन्न ठाउँमा आयोजित कार्यक्रममा स्थानीयको गुनासो सुन्न भ्याइनभ्याइ भयो ।  जिल्लास्थित शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, व्यास नगरपालिका, बन्दीपुर गाउँपालिका, देवघाट गाउँपालिका, भानु नगरपालिकाका जनप्रतिनिधि एवं स्थानीयवासीले मन्त्री घिसिङलाई विभिन्न विषयमा ध्यानाकर्षण गराउँदै अलपत्र विकासे आयोजनामा बजेट विनियोजन गरी काम अगाडि बढाउन आग्रह गरेका छन्  । 

मन्त्री घिसिङलाई भौतिक पूर्वाधार, सहरी विकास, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फतका विभिन्न योजनाका बारेमा ज्ञापनपत्र बुझाइएको छ।व्यास नगरपालिका–१३ बेलबासका स्थानीय यमबहादुर आलेले तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित १७० घरधुरीलाई मुआब्जा दिलाउन मन्त्री घिसिङ समक्ष आग्रह गरे । आलेले तनहुँ जलविद्युत् आयोजनाले यस ठाउँ बाढीको जोखिममा रहेको र पुनर्वासका लागि मुआब्जाको सुझाव भइसकेकाले तत्काल स्थानीयवासीको माग सम्बोधन गर्न घिसिङको ध्यानाकर्षण गराए । 

घुमाउने पुल सङ्घर्ष समितिका संयोजक सिद्धान्त थापा मगरले आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ जोड्ने घुमाउने पुल ११ वर्षदेखि अलपत्र रहेकाले यस विषयमा मन्त्री समक्ष ज्ञापनपत्र प्रस्तुत गरेका  छन्  । ११ वर्षको अवधिमा ३० प्रतिशत मात्रै प्रगति भएको भन्दै मगरले यस पुल नहुँदा यस भेगका हजारौ जनता मारमा परेको उल्लेख गरे । 

उनले भने “विकासको दृष्टिकोणले जनताको भावना चाहनाअनुसार पुल निर्माण हुनु अति आवश्यक छ । हामीले विभिन्न सङ्घर्षका कार्यक्रम गरिरहेका छौ । जसरी हुन्छ यहाँ पुलको अति आवश्यक छ । यस विषयमा मन्त्री ज्यूलाई गम्भीर ध्यानाकर्षण गराउँदछौँ ।”

Hardik health

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले पर्यटकीय नगरी बन्दीपुर बजारमा विद्युत्को भूमिगत तार विस्तार गर्नुपर्ने भन्दै मन्त्री समक्ष ज्ञापनपत्र बुझाए। बन्दीपुरमा विदेशी तथा स्वदेशी पर्यटकको बाक्लो चहलपहल हुने भन्दै यसको सौन्दर्यताका लागि यो अति आवश्यक रहेको मन्त्री समक्ष ध्यानाकर्षण गराए । 

उनले बन्दीपुर ढाडखोला घुमाउने सडकमा बजेट विनियोजन, पिप्लेदेखि बन्दीपुरसम्म जाने सडक स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिदिन मन्त्री समक्ष माग गरे । व्यास नगरपालिका–५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले मानुङकोट जाने बाटोमध्ये करिब दुई किलोमिटर सडक कालोपत्र गर्न बाँकी रहेकाले त्यसतर्फ मन्त्री समक्ष ध्यानाकर्षण गराउँदै मागपत्र बुझाए  । 

देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवनसिंह गुरुङले देवघाटका विभिन्न ठाउँमा सिँचाइ योजनाका लागि बजेटका लागि आग्रह गरे  । शुक्लागण्डकीमा आयोजित कार्यक्रममा दुलेगौडा हर्कपुर मोटरमार्ग निर्माण सङ्घर्ष समितिका संयोजक राजन रिमालले अलपत्र रहेको दुलेगौडा हर्कपुर मोटरमार्ग निर्माण कार्य तत्काल अगाडि बढाउन मन्त्री समक्ष मागपत्र प्रस्तुत गरे  ।

विसं २०५२ मा प्रारम्भ भएको दुलेगौडा हर्कपुर मोटरमार्ग विगत लामो समयदेखि शङ्करमाली कन्स्ट्रक्सनमार्फत निर्माण कार्य अगाडि बढाए पनि हालसम्म अलपत्र रहेको रिमालले उल्लेख गरे  ।  भिमादमा नगरप्रमुख दधिराज सुवेदीले लामो समयदेखि अलपत्र रही हाल मुद्दाको क्रममा रहेको श्रृङ्गपथको विषयमा मन्त्री समक्ष ध्यानाकर्षण गराए ।

भिमाद नगरपालिका–६ का वडाध्यक्ष श्यामसुन्दर जोशीले सेती नदी कटानले भिमाद बजार जोखिममा रहेको विषय मन्त्री घिसिङ समक्ष जानकारी गराए । सबै ठाउँमा ज्ञापनपत्र बुझेपछि मन्त्री घिसिङले अलपत्र रहेका सडक आयोजनामा ठेक्का रद्द गरेर भए पनि काम सम्पन्न गराउने प्रतिबद्धता जनाए ।  


प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२  १४:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बिमा कार्यक्रमलाई व्यापक पुनर्संरचना गरिँदै
बिमा कार्यक्रमलाई व्यापक पुनर्संरचना गरिँदै शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: नेप्सेको पुनर्संरचना अघि बढाइने
बजेट २०८३/८४: नेप्सेको पुनर्संरचना अघि बढाइने शुक्रबार, जेठ १५, २०८३
अनुसन्धान तथा नवप्रवर्तनका लागि पुँजीगत खर्चको एक प्रतिशत विनियोजन
अनुसन्धान तथा नवप्रवर्तनका लागि पुँजीगत खर्चको एक प्रतिशत विनियोजन शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४ : एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माणको लक्ष्य
बजेट २०८३/८४ : एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माणको लक्ष्य शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: मुग्लिन आँबुखैरेनी सडक निर्माण सुरु गरिने
बजेट २०८३/८४: मुग्लिन आँबुखैरेनी सडक निर्माण सुरु गरिने शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: मोतिपुर र मयुरधाप औद्योगिक क्षेत्र निर्माण र सञ्चालनको जिम्मा निजी क्षेत्रलाई
बजेट २०८३/८४: मोतिपुर र मयुरधाप औद्योगिक क्षेत्र निर्माण र सञ्चालनको जिम्मा निजी क्षेत्रलाई शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४ : मध्य-मधेसमा कृषि र उद्योग केन्द्रित चतुर्भुज विकास कार्यक्रम
बजेट २०८३/८४ : मध्य-मधेसमा कृषि र उद्योग केन्द्रित चतुर्भुज विकास कार्यक्रम शुक्रबार, जेठ १५, २०८३
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP