Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
समाचार
  • Home
  • समाचार
  • ‘समावेशी विकासमा सरकारले काम गरिरहेको छ’ :प्रधानमन्त्री
‘समावेशी विकासमा सरकारले काम गरिरहेको छ’ :प्रधानमन्त्री
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर २९, २०८२
तस्विर: प्रधानमन्त्रीको सचिवालय 

काठमाडौं-  प्रधानमन्त्री तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष सुशीला कार्कीले देशको समावेशी विकासमा सरकारले काम गरिरहेको बताएको छ । प्रतिष्ठानको २६ औं सञ्चालक परिषद बैठकको उदघाटनसत्रमा प्रधानमन्त्री कार्कीले सो कुरा बताउँदै प्रतिष्ठानले आदिवासीको सशक्तिकरणमा खेलेको योगदान प्रसंशनीय रहेको बताएकी छन्  । 

उनले भने, “नेपालको संविधानले परिकल्पना गरेको सामाजिक न्याय, समानुपातिक समावेशिता र सांस्कृतिक–भाषिक विविधताको संरक्षण तथा प्रवर्धन गर्नु राज्यको दायित्व हो । त्यो दायित्व पूरा गर्न प्रतिष्ठानले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।” प्रधानमन्त्री कार्कीले परिषद्को निर्णय, मार्गदर्शन तथा नीतिगत सुझावहरू हाम्रा राष्ट्रिय नीतिहरुको कार्यान्वयनमा सान्दर्भिक ठहरिने अपेक्षा आफूले गरेको उनले बताइन् ।

उनले भनिन्, “परिषद् बैठकले संस्थागत सुदृढीकरण, कार्यक्रमहरूको प्रभावकारिता, अनुसन्धानमा आधारित नीतिको सिफारिस, मातृभाषा र संस्कृतिको अभिलेखीकरण र संरक्षण, तथा आदिवासी जनजातिको दिगो सामाजिक–आर्थिक सशक्तीकरणका लागि दिशा तय गर्नेछ ।”

सरकारले प्रतिष्ठानको कार्यक्रम तथा गतिविधि प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक नीतिगत, संरचनात्मक सुधार तथा बजेट उपलब्ध गराउँदै आएको बताउँदै उनले थपिन् , “प्रतिष्ठानले विकास साझेदार, नागरिक समाज, स्थानीय सरकार र समुदायबिचको सहकार्यलाई सुदृढ गरेर समावेशी विकासका उद्देश्य पूरा गर्नुपर्ने आवश्यकता छ । जसको लागि नेपाल सरकारको तर्फबाट गर्नुपर्ने सहजीकरणका लागि तत्पर रहेको जानकारी गराउँदछु ।”

Hardik health

संविधानले आत्मसात् गरेको गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशीकरणको मान्यतालाई सबै जातजाति तथा समुदायको सर्वोपरी हितका लागि कार्यान्वयनमा लैजानु सरकार र आमनागरिकको दायित्व भएको उनले बताइन् ।  “विविधतालाई राष्ट्रिय एकतामा बदल्न र आदिवासी जनजातिको सांस्कृतिक हक सुनिश्चित गर्न संविधानले प्रत्याभूत गरेका व्यवस्थालाई कार्यान्वयनमा लैजानुपर्छ” भन्दै उनले थपिन्, “अन्तर्राष्ट्रिय श्रम संगठन –१६९ र आदिवासी जनजातिका लागि संयुक्त राष्ट्र संघीय घोषणापत्रअनुसार कानुनहरू परिवर्तन गर्न सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेशको सम्मान गर्दै समयानुकूल नियम कानुनहरू परिवर्तन गर्न कार्ययोजना निर्माण गरेर कार्यान्वयनमा लैजान सरकार प्रतिबद्ध छ” । 

आदिवासी जनजातिको हक अधिकार संरक्षण गर्नकै लागि आदिवासी जनजाति आयोग र थारू आयोग गरी दुईवटा संवैधानिक आयोगहरू बनेको उनको भनाइ छ । आयोग र प्रतिष्ठानको कार्यक्षेत्रमा अलमल नगरी आपसी सहकार्य र समन्वयका आधारमा साझा लक्ष्य हासिल गर्नतर्फ हामी लाग्नुपर्ने, उनले बताइन्  ।

“गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा युवाहरुले सुशासन र समृद्धिको प्रमुख मुद्दा उठाएको यहाँहरु सबैलाई विदितै छ” उनले थपिन् , “राजनीतिक र आर्थिक अवसरमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्ने जेनजीको माग पनि समावेशी विकास र समन्यायको आकांक्षाको अभिव्यक्ति हो ।”  सबै वर्ग र समुदायको समान पहुँच र सहभागितामा भएको विकास नै दिगो बन्न सक्ने उनको धारणा छ । राष्ट्रलाई बलियो बनाउन आदिवासीको अधिकार र समावेशी मुद्दालाई बलियो बनाउन सके देश पनि बलियो हुने भन्दै उनले प्रतिष्ठानले यस दिशामा थप प्रभावकारी भूमिका खेल्नुपर्ने बताइन् । 

अर्थमन्त्री तथा संघीय मामिला एवम् सामान्य प्रशासनमन्त्री रामेश्वरप्रसाद खनालले समावेशीता तथा आदिवासीको सशक्तिकरणमा प्रतिष्ठानले उत्कृष्ट काम गर्दैआएको बताए । संवैधानिक आयोग र प्रतिष्ठानको कार्यप्रकृति फरक–फरक भएकाले गाभ्ने या हटाइने काम नहुने बताउँदै उनले ढुक्कसँग काम गर्न आग्रह गरे । मुलुकको संक्रमणकालीन अवस्थाका कारण प्रतिष्ठानका लागि थप बजेटको व्यवस्था गर्न सक्ने अवस्था नरहेको उनको भनाइ छ ।

पुस्तक प्रकाशन तथा अभिलेखीकरणमा प्रतिष्ठानले राम्रो काम गर्दैआएको चर्चा गर्दै मन्त्री खनालले भने, “भाषिक, सांस्कृतिक विविधता नै हाम्रो पहिचान हो । यसको संरक्षणमा सरकार गम्भीर छ, तर अहिले चाहेजति बजेट दिन सक्ने अवस्था छैन । आगामी दिनमा संविधानले व्यवस्था गरेको आदिवासीको संरक्षित क्षेत्र, स्वायत्त क्षेत्र निर्माणमा कानुन बनाएर अघि बढ्न आवश्यक छ ।”

आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले आदिवासीको भाषा, संस्कृतिको संरक्षणमा लामो समयदेखि आदिवासीहरु संघर्षरत रहे पनि सरकारले पर्याप्त बजेट नदिँदा समस्या भइरहेको बताए । मुलुकको ३५ प्रतिशतभन्दा बढी आदिवासी समुदायका लागि अहिले प्रतिष्ठानका लागि, संवैधानिक आयोगका लागि छुट्याइएको बजेट निकै न्यून भएकै कारण काम गर्न समस्या भएको उनको भनाइ छ । 

आदिवासीको अधिकारका विषयमा आयोगको तर्फबाट सिफारिस गर्दा पनि सरकारले बढीमा १० प्रतिशत सिफारिस मात्र सुनुवाई गरेको उनले गुनासो गरे  आदिवासीको समृद्धिविना मुलुक समृद्ध बन्न सम्भव नरहेको उनले बताए ।थारु आयोगका कार्यबाहक अध्यक्ष सुबोधसिंह थारुले आदिवासीको सशक्तिकरणमा राज्यले आयोगलाई दिने बजेट निकै न्यून भएका कारण कार्यक्रम सञ्चालन गर्नमा कठिनाइ भएको बताए । थारु समुदायबाट रानाथारुलाई फुटाएर थारु समुदायलाई कमजोर बनाउने काम भएको र रानाथारुहरु अल्पसंख्यकमा परेको उनको भनाइ छ । भाषा र संस्कृति संरक्षणमा आयोगमार्फत पनि सामान्य अभियान चले पनि पर्याप्त नभएको बताउँदै उनले बजेट बढाउन सरकारसँग माग गरे  ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले जेनजी आन्दोलनपछि मुलुक पुनरनिर्माण अभियानमा रहेको बताउँदै एकेडेमीको तर्फबाट भाषा साहित्यमा योगदानको काम भए पनि बजेट अभाव भएको दुःख व्यक्त गरे । आदिवासीको जनजीवन तथा संस्कृति अध्ययन अनुसन्धानका लागि सरकारले बजेट नदिएको उहाँको गुनासो छ । मुलुकको पहिचान यहाँको जातीय विविधता भए पनि जातीय पहिचानको संरक्षण तथा प्रवर्धनमा सरकारले लगानी गर्न नसकेको उनले बताए ।

नेपाल आदिवासी जनजाति महासंघका वरिष्ठ उपाध्यक्ष बुद्ध घर्ती भुजेलले युनेस्कोले सन् २०२२ देखि २०३२ सम्म अन्तर्राष्ट्रिय भाषा दशक मनाइरहेको भए पनि राज्यको गम्भीरता नदेखिएको उनको भनाइ छ । हरेक वर्ष अगस्ट ९ मा विश्व आदिवासी दिवस मनाइने गरे पनि सरकारले अपनत्वबोध नगरेको उनको गुनासो छ । सरकारको तर्फबाट सो दिवस मनाउने व्यवस्था गर्न उनले माग गरे  । 

प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले मुलुकको १४२ जातजातीमध्ये ६० जाती अहिले प्रतिष्ठानमा सूचीकृत रहेको बताए । समावेशीकरण, पहिचान र विविधता लोकतन्त्रको सुन्दर पक्ष भएको चर्चा गर्दै उपाध्यक्ष गुरुङले भने, “प्रतिष्ठान आदिवासीको परम्परागत ज्ञान उत्पादन गर्ने थलो हो, बजेट बृद्धि गरी यसलाई प्रभावकारी बनाउन आवश्यक छ ।” 

प्रतिष्ठानले सीमित बजेटबिच विश्व ज्ञान कोष भाग १ प्रकाशनमा ल्याएको र आगामी दिनमा थप प्रकाशन गरिने बताए । प्रतिष्ठानले ३२ जातजातीको जातीय चिनारी (इथ्नोग्राफिक प्रोफाइल) प्रकाशन गरिसकेको उनले जानकारी दिए । थप २४ जातीको चिनारी प्रकाशोन्मुख अवस्थामा रहेको उनको भनाइ छ । प्रतिष्ठानले ५० बढी जातीको अमूर्त संस्कृतिको भिडियो डकुमेन्ट्री निर्माण गरिसकेको बताउँदै उनले राउटे समुदायलाई खाद्यान्न तथा लत्ताकपडा पनि सहयोग गर्दै आएको जानकारी दिए । 

संवैधानिक आयोग र प्रतिष्ठानको ऐन, कार्य प्रकृति फरक रहेको बताउँदै उहाँले कतिपयले समान प्रकृतिको भन्दै गाभ्ने गलत सल्लाह दिनेगरेको बताए । आदिवासीहरु जनगणना २०७८ अनुसार ३५ दशमलब ०४ प्रतिशत रहेको भए पनि सोअनुसार बजेट व्यवस्था नहुँदा काम गर्न कठिनाइ भइरहेको उनले बताए ।  प्रधानमन्त्री तथा अध्यक्ष कार्कीको सभापतित्वमा भएको उदघाटनसत्रको सञ्चालन सदस्यसचिव ज्ञानेन्द्र पुनले गरेका थिए । बैठक साेमबारसम्म सञ्चालन हुने सदस्यसचिव पुनले जानकारी दिए । 

 

 


प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२  १४:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बिमा कार्यक्रमलाई व्यापक पुनर्संरचना गरिँदै
बिमा कार्यक्रमलाई व्यापक पुनर्संरचना गरिँदै शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: नेप्सेको पुनर्संरचना अघि बढाइने
बजेट २०८३/८४: नेप्सेको पुनर्संरचना अघि बढाइने शुक्रबार, जेठ १५, २०८३
अनुसन्धान तथा नवप्रवर्तनका लागि पुँजीगत खर्चको एक प्रतिशत विनियोजन
अनुसन्धान तथा नवप्रवर्तनका लागि पुँजीगत खर्चको एक प्रतिशत विनियोजन शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४ : एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माणको लक्ष्य
बजेट २०८३/८४ : एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माणको लक्ष्य शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: मुग्लिन आँबुखैरेनी सडक निर्माण सुरु गरिने
बजेट २०८३/८४: मुग्लिन आँबुखैरेनी सडक निर्माण सुरु गरिने शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: मोतिपुर र मयुरधाप औद्योगिक क्षेत्र निर्माण र सञ्चालनको जिम्मा निजी क्षेत्रलाई
बजेट २०८३/८४: मोतिपुर र मयुरधाप औद्योगिक क्षेत्र निर्माण र सञ्चालनको जिम्मा निजी क्षेत्रलाई शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४ : मध्य-मधेसमा कृषि र उद्योग केन्द्रित चतुर्भुज विकास कार्यक्रम
बजेट २०८३/८४ : मध्य-मधेसमा कृषि र उद्योग केन्द्रित चतुर्भुज विकास कार्यक्रम शुक्रबार, जेठ १५, २०८३
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP