सङ्खुवासभा- चैनपुर नगरपालिका- ४ मैदानेमा आगलागीमा परी एक वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार चैनपुर-४ का ८८ वर्षीय दिलबहादुर लिम्बूको मृत्यु भएको हो ।
आज बिहान ग्यास चुहिएर उहाँको घरमा आगलागी भएको थियो । आगलागीमा घरका साथै त्यहाँ रहेका नगद र जिन्सी गरी १० लाख रुपैयाँ बराबराको क्षति भएको प्रहरी निरीक्षक राजवंशीले जानकारी दिए ।