Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
विश्व
  • Home
  • विश्व
  • कम्बोडिया र थाइल्यान्डको सीमा क्षेत्रको झडप दोस्रो सातामा प्रवेश
कम्बोडिया र थाइल्यान्डको सीमा क्षेत्रको झडप दोस्रो सातामा प्रवेश
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, मंसिर २८, २०८२
Energy Drink Energy Drink

एएफपी- कम्बोडिया र थाइल्यान्डबीच नयाँ सीमा भिडन्त आइतबार दोस्रो हप्तामा प्रवेश गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घातक लडाई रोक्न युद्धविराम गर्ने सहमति भएको बताएपनि थाइ प्रधानमन्त्रीले यसलाई खण्डन गर्दै लडाईँ जारी रहेको बताएका छन् । 

औपनिवेशिक कालको ८०० किलोमिटर (५०० माइल) लामो सीमामा सीमांकन विवादका कारण जारी द्वन्द्वले लगभग आठ लाख मानिसहरूलाई विस्थापित गरेको अधिकारीहरूले बताएका छन्। “लडाइँ जारी रहेकोमा मलाई दुःख लागेको छ । म यहाँ छ दिनदेखि बस्दै आएको छु,” ६३ वर्षीय सिन लीपले आइतबार कम्बोडियाको सीमावर्ती प्रान्त बेन्तेय मिनचेयस्थित एक उद्धार केन्द्रमा बताइएकाे छ । 

“म लडाईँ बन्द होस् भन्ने चाहन्छु,” आफ्नो घर र गाईवस्तुको बारेमा चिन्तित उनले भने। आक्रमणमा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ जसमा १४ थाई सैनिक र ११ जना कम्बोडियाली नागरिक रहेका छन् । दुवै पक्षले एक-अर्कालाई झडप भड्काएको, सर्वसाधारणमाथि आक्रमण गरेको र आत्मरक्षाको लागि लडिरहेको दाबी गरेका छन् । यसअघि युद्धविराम र थपसम्झौताको समर्थन गरेका ट्रम्पले शुक्रबार दक्षिणपूर्वी एसियाली छिमेकीहरू लडाइँ रोक्न सहमत भएको बताएका थिए । 

थाई नेताहरूले युद्धविरामको कुनै सम्झौता नभएको बताएका छन् र दुवै देशका सरकारले आइतबार बिहान झडप जारी रहेको बताएका छन्। थाई रक्षा मन्त्रालयका प्रवक्ता सुरसन्त कोङसिरीले कम्बोडियाले शनिबार रातिदेखि कैयौँ सीमावर्ती प्रान्तहरूमा बमबारी गरेको बताए ।

Ncell
Hardik health

प्रवक्ता कोङसिरीले कम्बोडियाले कैयौँ सीमावर्ती प्रान्तहरूमा आइतबार पनि बमबारी र गोलाबारी गरेको जानकारी दिए ।  त्यसैगरी, कम्बोडियाको रक्षा मन्त्रालयका प्रवक्ता माली सोचिताले थाइल्यान्डले मध्यरातदेखि नै सीमावर्ती क्षेत्रमा मोर्टार र बम प्रहार जारी राखेको बताएका छन्।  ट्रम्पको बाचा अनुसार युद्धविरामको सम्झौता पूरा नभएपछि कम्बोडियाले शनिबार थाइल्यान्डसँगको सीमा नाका बन्द गरेको छ ।

कम्बोडियाको बेन्तेय मिन्चेयेमा उद्धार स्थलमा अस्थायी पालमुनि बसिरहेकी एक शरणार्थी चेभ सोकुनले थाइल्यान्डमा रहेका आफ्ना श्रीमान् घर फर्कन चाहेको बताएका छन् । सोकुन र उनका छोराले जुलाईमा भएको घातक झडपका क्रममा दशौं हजार अन्य कम्बोडियाली आप्रवासी कामदारहरूसँगै थाइल्यान्ड छोडेका थिए, तर उनकी श्रीमती आफ्नो ‘सहयोगी थाई मालिक’ सँग मालीको रूपमा काम गर्न बसेका थिए । 

प्रान्तको सीमापारि ३८ वर्षीय संगीत शिक्षक वट्टानाचाई कामङ्गमले भने, “आइतबार बिहानै अँध्यारो आकाशमा कैयौँ रकेट चलेको देखिन्थ्यो ।” लडाइँकाबीच थाई सेनाले सा काइओ र त्राट प्रान्तका केही भागहरूमा साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म रातभर कफ्र्यु लगाएको छ । संयुक्त राज्य अमेरिका, चीन र क्षेत्रीय समूह आसियानको अध्यक्षका रूपमा मलेसियाले जुलाईमा युद्धविरामको मध्यस्थता गरेका थिए।

गत अक्टोबरमा ट्रम्पले थाइल्यान्ड र कम्बोडियाबीचको संयुक्त घोषणालाई समर्थन गर्दै युद्धविरामलाई लम्ब्याउन सहमति जनाएपछि नयाँ व्यापार सम्झौताको घोषणा गरेका थिए तर थाई सैनिकहरू सीमामा बारुदी सुरुङमा घाइते भएपछि थाइल्यान्डले अर्को महिना यो सम्झौता स्थगित गरेको थियो।

 ट्रम्पले गत हप्ता युद्धविरामलाई पुनः सही मार्गमा ल्याउन आफूले ‘केही फोन कल’ गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।  थाइल्याण्डका प्रधानमन्त्री अनुतिन चर्नभिराकुलले शनिबार टेलिफोन गरेर ट्रम्पले युद्धविराम गर्ने वा नगर्ने भन्ने कुरा उल्लेख नगरेको बताएका थिए ।  अनुतिनले ट्रम्पले अमेरिका-थाइल्यान्ड व्यापार वार्तालाई सीमा द्वन्द्वसँग जोड्ने कुनै सङ्केत नदेखिएको बताए । 


प्रकाशित मिति: आइतबार, मंसिर २८, २०८२  १५:१५
प्रतिक्रिया दिनुहोस्
थप विश्व
न्युयोर्कमा रास्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
न्युयोर्कमा रास्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु सोमबार, असोज ५, २०८३
इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर आइतबार, असोज ४, २०८३
हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि आइतबार, असोज ४, २०८३
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा शुक्रबार, असोज २, २०८३
विश्वको पानी चक्र अनियमित बन्दै
विश्वको पानी चक्र अनियमित बन्दै बिहीबार, असोज १, २०८३
ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने
ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने बिहीबार, असोज १, २०८३
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू बुधबार, भदौ ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP