सिन्ह्वा- सुडानको अबियेई क्षेत्रमा रहेको संयुक्त राष्ट्रसंघको आधार शिविरमा भएको आक्रमणमा बंगलादेशी सेनाका ६ जना शान्तिसेनाको ज्यान गएको छ भने ८ जना घाइते भएका छन् । बंगलादेश सेनाको अन्तरसेवा जनसम्पर्क निर्देशनालयले शनिबार राति जारी गरेको विज्ञप्तिमा उक्त जानकारी दिइएको हो ।
विज्ञप्तिमा ‘युद्ध जारी रहेको छ’ भनिएको छ । तर घटनासम्बन्धी थप विवरण तत्काल सार्वजनिक गरिएको छैन । यस घटनाप्रति बंगलादेशको अन्तरिम सरकारका मुख्य सल्लाहकार मोहम्मद युनुसले गहिरो दुःख र स्तब्धता व्यक्त गरेका छन् ।