Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ‘दोषी पहिचान होस्, अपराधीले सजाय पाउन्’
महाधिवेशनको मञ्चबाट जेन-जी विद्रोहबारे ओलीको माग ‘दोषी पहिचान होस्, अपराधीले सजाय पाउन्’
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन आइतबार, मंसिर २८, २०८२

 

त्यो महाविनाश न हामीले बिर्सेका छौँ, न बिर्सनेछौँ । दोहोर्‍याएरै भन्छु, नर्बिसौँ । अहिलेलाई यत्ति मात्र, त्यस दिनको महाविनाशको छानबिन होस् । दोषी पहिचान होस्, अपराधीले सजाय पाउन् ।
केपी शर्मा ओली
अध्यक्ष, नेकपा एमाले

काठमाडौं- गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले जेन-जी विद्रोहको क्रममा भएको घटनाबारे बयानका लागि पक्राउ गर्ने चर्चामाझ पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले घटनामा आफू दोषी नरहेको दाबी गरेका छन् । आयोगमा बयान दिन जान इन्कार गरेका ओलीले ‘हिंसा भड्काउने तत्व’ घटनामा जिम्मेवार रहेको जिकिर गरे । तर, त्यसबारे प्रष्ट भनेनन् ।

‘हिंसा र तोडफोड त के फूलको हाँगा पनि भाँच्दैनौँ र निषेधित क्षेत्र तोड्दैनौँ भन्ने प्रतिबद्धता व्यक्त गरेका युवा विद्यार्थीहरूलाई अगाडि लगाएर निषेधित क्षेत्र तोड्ने, संसद् भवनमा आगजनी र तोडफोड गर्न दुरुत्साहन गर्ने र त्यसैका आडमा आफ्नो निहित स्वार्थ पूरा गर्न हिंसा भड्काउने तत्वका कारण युवा- विद्यार्थीहरूको ज्यान जाने दुःखद् एवम् अकल्पनीय परिस्थिति सिर्जना भयो,’ ओलीले शनिबार पार्टीको एघारौं महाधिवेशनमा भने ।

Hardik health

किटान नगरे पनि ओलीले बाह्य शक्तिको आडमा देशभित्र हिंसा भड्काउने तत्व भनेर काठमाडौंका प्रमुख बालेन्द्र साह बालेन, हामी नेपालका सुधन गुरुङ र वर्तमान सरकारमा प्रधानमन्त्रीदेखि मन्त्रीसम्मलाई आरोपित गर्दै आएका छन् । दुई सुरक्षा संगठन नेपाली सेना र सशस्त्र प्रहरी बललाई पनि उनी सहयोगी बनेको टिप्पणी गर्छन् । यसबाहेक राजसंस्थापक्षधर शक्तिहरू, रास्वपासँगै तत्कालीन विपक्षी दलहरू घटनामा संलग्न भन्दै आफू पन्छिने गरेका छन् । 

जबकि विद्रोहको पहिलो दिन भदौ २३ गते १९ जना मारिँदा र दोस्रो दिन २४ गते विध्वंश मच्चिँदा अपराह्नसम्म ओली नै प्रधानमन्त्री थिए । अघिल्लो दिनको घटनापछि गृहमन्त्रीबाट रमेश लेखकले राजीनामा दिए । त्यस्तोमा दोस्रो दिन त गृहमन्त्रीको हैसियतमा पनि ओली नै थिए । त्यस दिन पनि ठाउँठाउँमा प्रहरीको गोली लागेर विद्रोहीहरूले ज्यान गुमाए । यसरी विद्रोह अवधिभर उनीसँगै सत्ता शक्ति थियो ।

कतिसम्म भने स्थितिलाई नियन्त्रणमा लिन बल प्रयोग नगरेको भन्दै उनले बालुवाटारमा सुरक्षा संगठनका प्रमुखहरूप्रति असन्तुष्टि जनाएका थिए । तीन महिनापछि भने ओलीले आफू निर्दोष रहेको अर्थमा दोष जति हिंसा भड्काउने तत्व भनेर अरुमाथि थोपरेका हुन् ।

जाँचबुझ आयोगमा बयान दिएका सरकारी अधिकारीहरूले ओलीलाई लक्षित गर्दै स्थिति नियन्त्रणमा लिन माथिल्लो तहबाट आएको निर्देशनको आधारमा बल प्रयोग गरेको बताइसकेका छन् । तर, बयान लिन पक्राउ नै गर्ने जाँचबुझ आयोगले तयारी गरिरहेको विवरण आइरहँदा घटनाको जिम्मेवारीबाट ओलीले आफैंलाई सफाइ दिएका हुन् ।

भ्रष्टाचार, कुशासन, आफन्तवाद र सामाजिक सञ्जालमा लगाएको प्रतिबन्धविरुद्ध जेन-जी पुस्ता सडकमा आउँदा उनीहरू दुरुपयोग भएको ओलीको भनाइ छ । विद्रोहको दुई दिनलाई कहालीलाग्दा दिन भन्दै ओलीले विद्रोह महाविनाश भएको र त्यो कहिल्यै नबिर्सने बताए ।

‘त्यो महाविनाश न हामीले बिर्सेका छौँ, न बिर्सनेछौँ । दोहोर्‍याएरै भन्छु, नर्बिसौँ,’ उनले भने, ‘अहिलेलाई यत्तिमात्र त्यस दिनको महाविनाशको छानबिन होस् । दोषी पहिचान होस्, अपराधीले सजाय पाउन् ।’

त्यसबेला कामचलाउ प्रधानमन्त्रीको हैसियतमा आफूले संसद्बाहिरका व्यक्ति प्रधानमन्त्री हुनुपर्ने भए दलीय सहमतिको विकल्प अघि सारेको पनि उनले बताए । त्यसका लागि संविधान संशोधनसम्मको विकल्प सुझाएको उनको भनाइ थियो ।

‘देश अन्योलमा थियो । त्यो अन्योल चिर्न संवैधानिक बाटोबाट निकास दिन हामीले विकल्पहरू स्पष्ट राख्यौँ,’ उनले भने, ‘यदि संसद्भन्दा बाहिरको व्यक्तिलाई प्रधानमन्त्री बनाउनुपर्ने भए, दलहरूबीच सहमति हुनुपर्छ, संसद्मार्फत संविधान संशोधन गर्नुपर्छ ।’
तर, प्रतिनिधिसभा विघटन हुन नहुने अडान आफ्नो रहेको बताए । 

‘एमाले चुनावबाट भाग्दैन’
सरकारले प्रतिनिधिसभा निर्वाचनको वातावरण नबनाएको ओलीले आरोप लगाएका छन् । निर्वाचन गरेर सत्ता हस्तान्तरण गर्नुपर्ने सरकारले उल्टै आतंक सिर्जना गरेको बताए ।  ‘संवादको सट्टा निषेध, बहसको सट्टा मुद्दा, प्रतिस्पर्धाको सट्टा धम्की, नेताको राहदानी रद्द र स्थान- हद,’ उनले भने, ‘यसरी चुनावको वातावरण बन्छ कि डरको ? मतदानको स्वतन्त्रता सुरक्षित हुन्छ कि दबाब र आतंक बढ्छ ?’

उनले एमाले चुनावविरोधी नभएको बताए । शान्तिपूर्ण, भयरहित र निष्पक्ष निर्वाचन हुँदा एमालेले बहुमत ल्याउने दाबी गरे । तर, सरकार प्रतिरोधबाट मुक्त हुनुपर्ने बताए । ‘डर, दबाब र प्रतिशोधको छायाँबाट मुक्त चुनाव हुँदा बहुमत ल्याउने ल्याकत भएको एमाले चुनावबाट कहाँ भाग्छ ?’ उनले भने । उनले सरकार र जेन-जी बीच भएको समझदारीले निर्वाचन बिथोल्ने टिप्पणी गरे । 

ईश्वरलक्षित ओलीको आग्रह- हात मिलाऔँ, मन मिलाऔँ

एघारौँ महाधिवेशनबाट सर्वसम्मतिको अध्यक्ष हुन चाहेका ओलीलाई प्यानलसहित कडा टक्कर दिने तयारीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल छन् । विगत लामो समय साथ दिएका पोखरेल यसपटक पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भरोसा दिँदा अध्यक्षमा ओलीविरुद्ध चुनौती पेस गर्दैछन् ।

यस्तोमा ओलीले महाधिवेशनको खुला सत्रमा ईश्वरलाई अध्यक्षको दाबेदारीबाट पछि हट्न कन्भिन्स गर्ने प्रयास गरेका छन् । एमालेको आन्तरिक एकतालाई थप मजबुत राख्न पनि आपसी प्रतिस्पर्धा औचित्यपूर्ण नहुने ओलीको तर्क छ । 

‘हामी एघारौँ महाधिवेशनमा छौँ । यसको अंक ‘एघार’लाई एकछिन् ध्यान दिएर हेरौँ- एघारमा दुई वटा ‘एक’ हुन्छन्, तर छुट्टाछुट्टै, टाढाटाढा उभिएका ‘एक’ होइनन्,’ उनले ईश्वरलाई लक्षित गर्दै भने, ‘एउटै लाइनमा एउटै दिशातिर फर्किएका, एउटै लक्ष्य बोकेर उभिएका ‘एक’ हुन् । त्यसैले, हामी प्रत्येक एक एमालेले अर्को एक एमालेसँग हात मिलाउँदा, छुट्टाछुट्टै एक रहँदैनौँ, एउटै एघार बन्छौँ, बलियो शक्ति बन्छौँ ।’

तर, प्रतिस्पर्धा गरे त्यसले पार्टीमा घातप्रतिघात मात्रै होइन कमजोर बन्ने पनि बताए । 
 


प्रकाशित मिति: आइतबार, मंसिर २८, २०८२  ११:४०
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने शुक्रबार, साउन १५, २०८३
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने शुक्रबार, साउन १५, २०८३
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP