Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होछार
  • #तामाङ_घेदुङ
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • पीडालाई बिर्सेर समुदायमा चेतना फैलाउँदै कुष्ठरोग प्रभावित
पीडालाई बिर्सेर समुदायमा चेतना फैलाउँदै कुष्ठरोग प्रभावित
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर २६, २०८२

राँझा-  बाँकेका कुष्ठरोग प्रभावित व्यक्तिले आफ्नो पीडालाई शक्तिमा बदलेर समुदायमा कुष्ठरोगबारे चेतना जगाउने अभियान थालेका छन् ।  स्वयं रोगबाट प्रभावित भएर सफल उपचारपश्चात् उनीहरूले स्वयं सहायता समूह गठन गरी लुकेका बिरामीलाई उपचारको दायरामा ल्याउन र सामाजिक लाञ्छना हटाउन सक्रिय भूमिका खेलिरहेका हुन् ।

जानकी गाउँपालिका-१, साइगाउँ निवासी गुलाम हसमत साई स्वयं कुष्ठरोगबाट प्रभावित छन् । रोगका कारण हात र आँखामा समस्या भएपछि जानकी-३ स्थित साइनिङ अस्पतालमा लामो समय उपचार गरेपछि उहाँको स्वास्थ्यमा उल्लेख्य सुधार आयो । स्वास्थ्य लाभ गरेपछि उनले कुष्ठरोग प्रभावितको हितका लागि स्वयं सहायता समूह गठन गरेका छन् ।

“कुष्ठरोगबाट मैले धेरै दुःख पाएँ, समयमै उपचार गरेर अरू प्रभावितले दुःख पाउन नपरोस् भनेर गाउँ समाजमा सचेत गराउँदै आएको छु”, गुलाम हसमत साई भने, “अझै पनि गाउँमा नखुलेका कुष्ठरोग प्रभावित व्यक्तिलाई उपचारको दायरामा ल्याउन हामीले सहजीकरण गर्दै आएका छौँ ।”

साईका अनुसार नियमित औषधि सेवन गरेमा कुष्ठरोग निको हुन्छ । स्वयं सहायता समूहका सदस्यले कुष्ठरोगको जोखिममा रहेका व्यक्तिलाई स्वास्थ्य संस्थामा जाँचका लागि पठाउने कार्यमा सहयोगी भूमिका निर्वाह गरिरहेका छन् । “बाँके जिल्लामै साइनिङ अस्पताल हुनु हाम्रो लागि वरदान सावित भएको छ”, उनले भने, “यहाँ कुष्ठरोगको सहज तरिकाले राम्रोसँग उपचार हुने भएकाले रोग लुकाएर होइन, जाँच गरेर उपचार गरे सञ्चो भइहाल्छ ।”

Hardik health

वैजनाथ गाउँपालिका-८ टिटिहिरियास्थित स्वयं सहायता समूहका अध्यक्ष रोहित चौधरीले समाजमा कुष्ठरोगप्रति अझै पनि गलत धारणा रहेको बताए । “कुष्ठरोग प्रभावित व्यक्तिलाई गाउँ समाजमा अझै पनि हेयको दृष्टिले हेर्ने र लाञ्छना लगाउने कुसंस्कारले गर्दा बिरामी उपचारको दायरा बाहिरै रहने गरेका छन्”, चौधरी भने ।

कुष्ठरोग प्रभावितको सामाजिक तथा आर्थिक हकहितका लागि संगठित भई आफूहरूले शंकास्पद बिरामीलाई अस्पतालमा उपचारका लागि पठाउने गरेको उनले बताए। बाँकेमा कुष्ठरोग प्रभावित व्यक्ति संगठित भई पाँच वटा स्वयं सहायता समूह स्थापना भएका छन्, जसमा करिब १०० जना प्रभावित आबद्ध छन् ।

भारतमा कुष्ठरोगबाट प्रभावित भएपछि उपचारका लागि साइनिङ अस्पतालमा आएकी बर्दियाको गेरुवा गाउँपालिका-६ निवासी निर्मला थापाको पनि अहिले स्वास्थ्यमा सुधार आएको छ । घर फर्किएपछि उनले पनि स्वयं सहायता समूह गठन गरेर सम्भावित बिरामीलाई उपचारका लागि अस्पतालमा पठाउन सहयोग गर्ने सोच बनाएको बताए ।

साइनिङ अस्पतालका प्रमुख मंगल थारुका अनुसार स्वयं सहायता समूहमा आबद्ध भएपछि कुष्ठरोग प्रभावित सामाजिक र आर्थिक रूपमा सशक्तीकरणका लागि अगाडि बढ्नसक्ने क्षमतामा विकास भएको छ ।  “उहाँहरूले अहिले आफ्नो हकहित सँगसँगै नयाँ कुष्ठरोगीको पहिचान र उपचारका लागि शंकास्पद बिरामीलाई अस्पताल प्रेरणा गरेर समाजमा सकारात्मक काम गर्दै आउनुभएको छ”, थारुले भने, “गुलाम हसमत साई, रोहित चौधरी, निर्मला थापाजस्ता कुष्ठरोग प्रभावितको यो प्रयासले रोगलाई लुकाउने होइन, समयमै उपचार गरेर रोगमुक्त भई समुदायमा सकारात्मक परिवर्तनको संवाहक बन्न सकिन्छ भन्ने सन्देश दिएको छ ।”

पश्चिम नेपालमा कुष्ठरोगको प्रेषण केन्द्रका रुपमा रहेको बाँकेको जानकी-३ स्थित साइनिङ अस्पतालमा नयाँ बिरामीको सङ्ख्या बढ्दो क्रममा रहेको छ । यो अस्पतालमा गत आव २०८१/८२ मा १७४ नयाँ कुष्ठरोगका बिरामी फेला परेका छन् । यो सङ्ख्या अघिल्लो आर्थिक वर्षको तुलनामा बढिरहेको अस्पतालका प्रमुख थारुले जानकारी दिए । 

साइनिङ अस्पताल आइएनएफ बाँकेले अघिल्लो आव २०८०/८१ मा १४६ नयाँ कुष्ठरोगी पहिचान गरी उपचारका लागि विभिन्न स्वास्थ्य संस्थामा प्रेषण गरेको थियो । अस्पतालका प्रमुख थारुका अनुसार पहिचान गरिएका यी नयाँ बिरामीलाई उपचारका लागि पायकपर्ने नजिकको स्वास्थ्य संस्थामा प्रेषण गरिएको छ । एक वर्षमा १७४ नयाँ बिरामी पहिचान हुनुले रोग पहिचान र उपचारको आवश्यकता अझै उच्च रहेको देखाउँछ ।

कुष्ठरोगी पहिचानमा सबैभन्दा धेरै बाँकेका ७१, बर्दियाका ४२, सुर्खेतका पाँच, दैलेखका तीन, जाजरकोटका चार, दाङका पाँच, सल्यानका दुई, प्यूठानका दुई, रुकुमका तीन, सुदूरपश्चिम प्रदेशका छ र भारतका ३१ गरी १७४ नयाँ कुष्ठरोगीको पहिचान भएको हो । पहिचान भएकामध्ये ७९ जना ४५ प्रतिशत बिरामीमा कुष्ठरोगको कीटाणु पोजेटिभ रहेको पाइएको उनले जानकारी दिए । 

साइनिङ अस्पतालले बहिरंग सेवामार्फत नौ हजार ३८४ पुरुष र नौ हजार ५२४ महिला गरी कूल १८ हजार ९०८ सेवाग्राहीलाई स्वास्थ्य सेवा प्रदान गरेकोे छ । तीमध्ये कुष्ठरोग वा सम्बन्धित समस्या लिएका दुई हजार ७८४ र छाला तथा अन्य स्वास्थ्य समस्या लिएर १६ हजार १२४ सेवाग्राही आएका अस्पताल प्रमुख थारुले जानकारी दिए । 

अस्पतालले कुष्ठरोगीको पहिचान, अपाङ्गता रोकथाम तथा उपचार, कुष्ठरोग सम्पर्क परीक्षण, समुदायस्तरमा छाला तथा कुष्ठरोग पहिचान शिविर, स्वास्थ्यकर्मीका लागि क्षमता अभिवृद्धि तालिम, समुदायमा कुष्ठरोग सचेतना कार्यक्रम, निःशुल्क उपचार सेवालगायत गतिविधि गरिरहेको उनको भनाइ छ । 

जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र चौधरीले साइनिङ अस्पताल बाँके जिल्लाको मात्रै नभई पश्चिम नेपालकै प्रमुख उपचार केन्द्र भएकाले यसको प्रभावकारी सेवा प्रवाहमा स्थानीय सरकारलेसमेत आवश्यक समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिए । 


प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०८२  १२:१४
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार
वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार सोमबार, माघ ५, २०८२
स्वास्थ्य बिमा कार्यान्वयनको उत्कृष्ट नमूना भरतपुर अस्पताल
स्वास्थ्य बिमा कार्यान्वयनको उत्कृष्ट नमूना भरतपुर अस्पताल सोमबार, माघ ५, २०८२
कार्यकारी निर्देशक डा काफ्लेको राजीनामा
कार्यकारी निर्देशक डा काफ्लेको राजीनामा आइतबार, माघ ४, २०८२
डिमेन्सिया बिरामीको २४ वर्षमै निधन
डिमेन्सिया बिरामीको २४ वर्षमै निधन शुक्रबार, माघ २, २०८२
आयुर्वेदकाे भ्रामक प्रचार प्रसार नगर्न चिकित्सा परिषद्काे निर्देशन
आयुर्वेदकाे भ्रामक प्रचार प्रसार नगर्न चिकित्सा परिषद्काे निर्देशन शुक्रबार, माघ २, २०८२
नेपाल चिकित्सक संघको निर्वाचन स्थगित
नेपाल चिकित्सक संघको निर्वाचन स्थगित शुक्रबार, माघ २, २०८२
एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड
एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड बिहीबार, माघ १, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP