Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सफल _युवराज पौडेल
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #शुक्रराज शर्मा
  • #'उज्यालो नेपाल
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #जरा_उद्यान
  • #राष्ट्रिय जनमुक्ति पार्टी
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • अनलाइन स्क्यामिङबारे सचेतना फैलाऔं
अनलाइन स्क्यामिङबारे सचेतना फैलाऔं
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर २६, २०८२

आकर्षक रोजगारको लोभमा पछिल्ला दिनमा नेपालीहरु अनलाइन स्क्यामरको फन्दामा पर्न थालेका छन् । देशमा भरपर्दो रोजगार नभेटिएका युवाहरु हिजोआज स्मार्टफोनमार्फत नै काम खोज्छन् । कामको खोजीमा उनीहरुले विभिन्न लिंक र सूचनाहरुमार्फत आकर्षक काम पाउने विज्ञापनसम्म पुग्छन् ।

ती विज्ञापनदातासम्म पुग्दा उनीहरु ढुक्क हुन्छन् कि राम्रो काम त्यो पनि बसीबसी । घन्टामै २० हजार कमाउने, त्यो पनि विदेशमा गएर । नेपालमा महिनाको २० हजार पाउन मुश्किल भइरहेको अवस्थामा घण्टाको २० हजार कमाउने सपना कसको हुँदैन ? त्यसपछि युवाहरु यो स्क्यामको फन्दामा विस्तारै पर्छन् । 

यसको पछिल्लो उदाहरण हो म्यान्मरबाट फर्काइएका ४७ नेपाली । उनीहरूलाई थाइल्यान्डस्थित नेपाली दूतावासले विभिन्न निकायसँगको समन्वयमा उद्धार गरी नेपाल फिर्ता पठाएको हो । एजेन्टहरुले उनीहरूलाई अनलाइन डेटिङ, अनलाइन क्यासिनो, गेमिङ तथा फिसिङ, क्रिप्टो ठगी लगायतका काममा लगाइएको पाइएको छ । युवा उमेरका धेरै रहेका उनीहरु म्यान्मरका स्क्यामिङ केन्द्रहरूमा दुई महिनादेखि १८ महिनासम्म काम गरिरहेको पाइएको छ । 

Hardik health

उनीहरु अनलाइन साथी, अनलाइन खेल, सामाजिक सञ्जालको विज्ञापन हुँदै त्यहाँ पुगेको देखिएको छ । उनीहरूलाई भाइबर, ह्वाटस्एप, टिकटक, टेलिग्राम, मेजेन्जर आदिमा मेसेज आउने र आकर्षित मुलुकमा विभिन्न कार्यालय, कल सेन्टर, कम्प्युटर अपरेटर, रिसेप्सनिस्ट लगायतका काममा एक लाखभन्दा बढी कमाइन्छ भनेर प्रलोेभनमा पारी लगेको पाइएको छ । 

स्क्यामिङ केन्द्रहरूमा पुर्‍याइएपछि केही महिना सजिला काममा लगाउने र त्यसपछि कामको निश्चित् लक्ष्य दिइने गरेको भेटिएको छ । उक्त लक्ष्य पुरा गर्न नसके शारीरिक शोषण गर्ने, बन्धक बनाइ फिरौति माग्ने, आरोपी बनाएर जेल पठाउनेदेखि हत्यासम्म गर्ने गरेको घटना पनि खुल्नमा आएको छ । कामबाट निस्कने खोजे सट्टभर्ना नगरी छाड्न नपाइने नियम रहेको पाइएको छ । यसरी स्क्यामिङमा परेकाहरुको पछिल्लोपटक धमाधम खुल्न थालेका छन् ।

थाइल्यान्ड, लाओस्देखि म्यान्मारसम्म नेपाली युवाहरु यसरी पुगेको भेटिएको छ । म्यान्मारमा अझै पनि ४०० भन्दा बढी युवाहरु उद्धारको पर्खाइमा रहेको बताइएको छ । यसरी युवाहरु स्क्यामिङमा फस्नुको मुख्य कारण हो नेपालमा रोजगारीको अभाव । अर्को कारण घरमा कामको दबावले नबुझी सजिलो कामको खोजीमा हाम्फाल्नु । सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएरमात्र वैदेशिक रोजगारीमा जान आग्रह गर्छ । प्रक्रियामा जाँदा झन्झटिलो हुने भएकोले युवाहरु यतातिर लाग्नै चाहँदैनन् । यस्तो अवस्थामा अनलाइन स्क्यामिङका विषयमा सचेतना फैलाउने काम सरकारले शुरु गर्नुपर्छ । अर्को कुरा युवाहरुलाई विदेशमै गएर पैसा कमाउने दबाव दिने काम पनि परिवारले दिन हुँदैन । 


प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०८२  १०:४०
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
निपाहको जोखिम नियन्त्रण गर
निपाहको जोखिम नियन्त्रण गर बुधबार, माघ २१, २०८२
स्वास्थ्य बिमामा बोझ, सरकारको बदनियत
स्वास्थ्य बिमामा बोझ, सरकारको बदनियत मंगलबार, माघ २०, २०८२
ग्यासको कृत्रिम अभाव नियन्त्रण गर
ग्यासको कृत्रिम अभाव नियन्त्रण गर सोमबार, माघ १९, २०८२
निर्वाचनसँगै बजेट कार्यान्वयनमा ध्यान देऊ
निर्वाचनसँगै बजेट कार्यान्वयनमा ध्यान देऊ आइतबार, माघ १८, २०८२
हिमपात र चिसोमा सावधानी अपनाऔं
हिमपात र चिसोमा सावधानी अपनाऔं शुक्रबार, माघ १६, २०८२
आश्वासनको पोकामात्र नबनोस् घोषणापत्र 
आश्वासनको पोकामात्र नबनोस् घोषणापत्र  बिहीबार, माघ १५, २०८२
‘राइट टु रिजेक्ट’ खोई ? 
‘राइट टु रिजेक्ट’ खोई ?  बुधबार, माघ १४, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP