Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
समाचार
  • Home
  • समाचार
  • नेपालगञ्जका टुर्स एण्ड ट्राभल्स इजाजतबिना सञ्चालन
नेपालगञ्जका टुर्स एण्ड ट्राभल्स इजाजतबिना सञ्चालन
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर २६, २०८२

नेपालगञ्ज - नेपालगञ्जका अधिकांश टुर्स एण्ड ट्राभल्सहरू इजाजतबिना सञ्चालन भएको पाइएको छ । पर्यटन डिभिजन कार्यालय कोहलपुरले आज नेपालगञ्जमा गरेको अनुगमनका क्रममा यहाँका सातवटा टुर्स एण्ड ट्राभल्सहरू त्यसरी सञ्चालन भएको पाइएको हो ।

खासगरी नेपालगञ्ज क्षेत्रका १५ वटा टुर्स एण्ड ट्राभल्समा अनुगमन गर्दा  केदारनाथ टुर्स एण्ड ट्राभल्स, बद्रीनाथ टुर्स एण्ड ट्राभल्स, दुर्गेश्वरी ट्राभल्स प्रालिलगायत इजाजतबिना सञ्चालन भएको पाइएको पर्यटन डिभिजन कार्यालयका अधिकृत बालकृष्ण चौधरीले जानकारी दिए ।

नेपालगञ्जका बिपी चोक, धम्बोझी चोक, पुष्पलाल चोक र राँझा आसपासका टुर्स एण्ड ट्राभल्सको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा पुष्पलाल चोक क्षेत्रका टुर्स एण्ड ट्राभल्सले प्राइभेट लिमिटेडको मात्र प्रमाणपत्र लिएर व्यवसाय सञ्चालन गरेको पाइएको छ । 

Hardik health

टुर्स एण्ड ट्राभल्स ब्यवसाय सञ्चालन गर्दा अनिवार्य रूपमा पर्यटन कार्यालयबाट इजाजत लिनुपर्दछ । तर, पुष्पलाल चोक क्षेत्रका सबैजसो टुर्स एण्ड ट्राभल्सले कम्पनी दर्ताको मात्र प्रमाणपत्र लिएको पाइएको पर्यटन डिभिजन कार्यालयका निमित्त कार्यालय प्रमुख मुक्तिप्रसाद पाण्डेले जानकारी दिए। “धेरैजसोले सम्बन्धित निकायबाट अनुमति नलिएर व्यवसाय सञ्चालन गरेका छन्”, उनले भने ।

पाण्डेले प्रक्रिया र विधि नपुगेका टुर्स एण्ड ट्राभल्सलाई दर्ता र इजाजत प्रक्रिया पूरा गरेर मात्र व्यवसाय सञ्चालन गर्न सचेत बनाइएको बताए ।  कैफियत भेटिएका टुर्स एण्ड ट्राभल्सलाई दुई महिनाको समय दिइएको छ । अधिकृत चौधरीका अनुसार टुर्स एण्ड ट्राभल्सले व्यवसाय सञ्चालनका लागि कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भइसकेपछि आन्तरिक राजस्व कार्यालयबाट पान नम्बर लिई घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता हुनुपर्दछ ।

पुष्पलाल चोक क्षेत्रमा होटलहोटलमा अनधिकृत रूपमा जथाभावी साइनबोर्ड राखेर भद्रगोल रूपमा व्यवसाय सञ्चालन गरेको पाइएको चौधरीको भनाइ छ ।  उद्योग ऐनअनुसार ग्राहकलाई झुक्याउने गरी जथाभावी साइनबोर्ड राख्न नपाइने घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्जका निमित्त कार्यालय प्रमुख मोहन घर्तीमगरले बताए ।

एयरलाइन्सहरूले दर्ता र इजाजत प्रक्रिया पूरा नगरेका वा अद्यावधिक नभएका टुर्स एण्ड ट्राभल्सलाई समेत टिकट काट्ने पोर्टल उपलब्ध गराएको गुनासो पनि व्यवसायीले गरेको नाट्टा बाँकेका अध्यक्ष डिल्लीराज रेग्मीले बताउनुभयो । पर्यटन डिभिजन कार्यालयका निमित्त प्रमुख पाण्डेले पहिलो चरणमा सचेत गराइएको जानकारी दिँदै अटेर गरे कारबाही प्रक्रिया अघि बढाइने उल्लेख गरे‍ । 


प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०८२  ०९:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बिमा कार्यक्रमलाई व्यापक पुनर्संरचना गरिँदै
बिमा कार्यक्रमलाई व्यापक पुनर्संरचना गरिँदै शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: नेप्सेको पुनर्संरचना अघि बढाइने
बजेट २०८३/८४: नेप्सेको पुनर्संरचना अघि बढाइने शुक्रबार, जेठ १५, २०८३
अनुसन्धान तथा नवप्रवर्तनका लागि पुँजीगत खर्चको एक प्रतिशत विनियोजन
अनुसन्धान तथा नवप्रवर्तनका लागि पुँजीगत खर्चको एक प्रतिशत विनियोजन शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४ : एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माणको लक्ष्य
बजेट २०८३/८४ : एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माणको लक्ष्य शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: मुग्लिन आँबुखैरेनी सडक निर्माण सुरु गरिने
बजेट २०८३/८४: मुग्लिन आँबुखैरेनी सडक निर्माण सुरु गरिने शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: मोतिपुर र मयुरधाप औद्योगिक क्षेत्र निर्माण र सञ्चालनको जिम्मा निजी क्षेत्रलाई
बजेट २०८३/८४: मोतिपुर र मयुरधाप औद्योगिक क्षेत्र निर्माण र सञ्चालनको जिम्मा निजी क्षेत्रलाई शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४ : मध्य-मधेसमा कृषि र उद्योग केन्द्रित चतुर्भुज विकास कार्यक्रम
बजेट २०८३/८४ : मध्य-मधेसमा कृषि र उद्योग केन्द्रित चतुर्भुज विकास कार्यक्रम शुक्रबार, जेठ १५, २०८३
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP