Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राष्ट्रिय अपांग महिला संघ
  • #मिम्लेन फुङ
  • #नाफिज
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #मालढुंगा-बेनी_सडक
  • #जुडो
  • #सकुन_सुनुवार
  • #मानव अधिकार दिवस
Search Here
समाचार
  • Home
  • समाचार
  • हिमालका मुद्दाका विषयमा नेपालले नेतृत्त्वदायी भूमिका खेल्नुपर्छः मन्त्री डा परियार
हिमालका मुद्दाका विषयमा नेपालले नेतृत्त्वदायी भूमिका खेल्नुपर्छः मन्त्री डा परियार
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर २५, २०८२
File Photo

काठमाडौं -  कृषि तथा पशुपछी विकास मन्त्री डा मदनप्रसाद परियारले हिमाल संरक्षणको मुद्दामा नेपालले विश्व समुदायबीच अग्रणी र नेतृत्त्वदायी भूमिका खेल्न सक्नुपर्ने बताएका छन् ।

अन्तरराष्ट्रिय पर्वतीय दिवसका अवसरमा वन तथा वातावरण मन्त्रालयले आज यहाँ आयोजना गरेको कार्यक्रममा जलवायु परिवर्तनका असरबाट नेपाल धेरै प्रभावित मुलुकमध्ये एक भएको बताउँदै उनले यसका असरसँग जुध्न सामूहिक प्रयासको आवस्यकता औँल्याए ।

मन्त्री डा परियारले पर्वतीय क्षेत्रका स्थानीय समुदाय, आदिवासी, जनजाति, दलित र पछाडि परेका समुदायले पर्वत र प्रकृति संरक्षणमा खेलेको भूमिका अतुलनीय रहेको बताए । “यी समुदायले संरक्षण गरेका प्रकृति स्रोत, साधन र त्यसबाट उत्पादन भएका वातावरणीय सेवाबाट विश्व समुदाय मुख्य गरी तल्लो तटीय क्षेत्रका समुदाय लाभान्वित भएका छन् । तर उपल्लो तटीय क्षेत्रका समुदायले प्रकृति संरक्षणमा गरेको योगदानको कदर हुन सकेको छैन”, उनले भने ।

मन्त्री डा परियारले विश्वव्यापी बढ्दो तापक्रमका कारण हिमनदीहरू पग्लने, हिउँ ताल बन्ने र फुट्ने तथा त्यसको नकारात्मक असर तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने दुई अर्बभन्दा बढी जनसङ्ख्यालाई परेको जानकारी दिए । सबैले मिलेर हिमनदीको संरक्षण, जलस्रोतको दिगो उपयोग, पर्वतीय खाद्य प्रणालीको सुदृढीकरण, वैज्ञानिक अनुसन्धानको विस्तार र जलवायु वित्तमा न्यायपूर्ण पहुँचका लागि साझा रूपमा प्रतिबद्ध भएर काम गर्नुपर्नेमा मन्त्री परियारले जोड दिए ।

Hardik health

उनले नेपाल सरकारले हिमनदी संरक्षण, जलस्रोतको दिगो व्यवस्थापन, जैविक विविधता, कृषि प्रणाली तथा समुदायको सुरक्षा सुनिश्चित गर्न राष्ट्रिय जलवायु नीति–२०७६, राष्ट्रिय अनुकूलन योजना–२०७९, तेस्रो राष्ट्रिय निर्धारित योगदान–२०८२ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको जानकारी गराए ।

कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव गोविन्दकुमार कार्कीले कोप–३० मा नेपालले प्रभावकारी रूपमा आफ्ना विषय राख्न सफल भएको बताए । साथै उनले आगामी दिनमा पर्वतीय संरक्षणका विषयमा थप प्राथमिकताका साथ काम गर्नुपर्नेमा जोड दिए ।

वन मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्रले ब्राजिलको बेलेममा हालै सम्पन्न कोप–३० सम्मेलनमा नेपालका तर्फबाट भएको सहाभागिता र उपलब्धिका बारेमा अवगत गराउँदै पर्वतीय क्षेत्र संरक्षणका लागि मन्त्रालयले गरेका कामका बारेमा जानकारी दिए ।  मन्त्रालयका सहसचिव डा महेश्वर ढकालले कोप–३० को समिक्षा र उपलब्धिका बारेमा प्रस्तुति गर्दै कोप–३० सम्मेलनमा पर्वतीय मुद्दासम्बन्धी पैरवीमा सफलता प्राप्त भएको बताए ।

मन्त्रालयका पूर्वसहससचिव डा सिन्धुप्रसाद ढुङ्गानाले नेपालको पर्वतीय उत्थानशील रणनीतिको मस्यौदाका बारेमा जानकारी गराउँदै पर्वतीय विषयमा नेपालले नेतृत्व लिनेगरी काम गर्नुपर्ने बताए । मन्त्रालयका उपसचिव दिपा ओलीले नेपालले दुई दशकदेखि पर्वतीय मुद्दा उठाउँदै अन्तरराष्ट्रिय मञ्चमा स्थापित गर्न सफल भएको बताए । 

कार्यक्रममा युनिसेफका नेपाल प्रतिनिधि एलिस अकङगा, यहाँस्थित स्विट्जरल्याण्ड दूतावासका प्रथम सचिव एन्टोनी, एनवाइसीएझका संयोजक आकृती डोटेललगायतले जलवायु परिवर्तनले पर्वतीय क्षेत्रमा पारेको असर र समाधानका लागि आगामी दिनमा गर्नुपर्ने कामका बारेमा आ–आफ्ना धाराणा व्यक्त गरेका थिए ।
 


प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०८२  १७:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद
वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद बिहीबार, मंसिर २५, २०८२
रहेनन् मूर्तिकार बालकृष्ण तुलाधर
रहेनन् मूर्तिकार बालकृष्ण तुलाधर बिहीबार, मंसिर २५, २०८२
सुदूरपश्चिममा ४६ हजार नयाँ मतदाता थपिए
सुदूरपश्चिममा ४६ हजार नयाँ मतदाता थपिए बिहीबार, मंसिर २५, २०८२
समानुपातिकतर्फ आवेदन दिएका दलले आज नाम फिर्ता लिनसक्ने
समानुपातिकतर्फ आवेदन दिएका दलले आज नाम फिर्ता लिनसक्ने बिहीबार, मंसिर २५, २०८२
पुस १ गतेदेखि बाघ गणना गरिँदै
पुस १ गतेदेखि बाघ गणना गरिँदै बिहीबार, मंसिर २५, २०८२
रवि र छविकाे मुद्दा सुनुवाइ आज पनि नहुने
रवि र छविकाे मुद्दा सुनुवाइ आज पनि नहुने बिहीबार, मंसिर २५, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
पृथ्वीराजमार्गको नागढुंगा-मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै
पृथ्वीराजमार्गको नागढुंगा-मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP