काठमाडाैं - बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ आज पनि नहुने भएको छ। आजको लागि तोकिएको पेसी पनि हेर्न नमिल्ने भन्दै उच्च अदालत तुलसीपुर बुटवल इजलासले सारेको हो।
यसअघिका तीन वटा पेसी लामिछाने र जोशीका तर्फबाट सारिएकोमा गत बिहीबार भने सार्वजनिक बिदा परेको कारण पेसी हुन सकेको थिएन।
उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार लामिछाने र जोशीको मुद्दाको सुनुवाइ आज न्यायाधीशहरू तेजनारायण पौडेल र सागर विष्टको चार नम्बर इजलासमा तोकिएको थियो।
सुनुवाइ तोकिएका न्यायाधीश सागर विष्ट र लामिछाने र जोशीतर्फका न्यायाधीश शालिकराम पौडेल यसअघि एकै ठाउँ काम गरेको र चिनजानका व्यक्ति भएको भन्दै पेसी सारिएको कुँवरले जानकारी दिए।