Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
समाचार
  • Home
  • समाचार
  • मध्यपहाडी लोकमार्ग बनाउन माग
मध्यपहाडी लोकमार्ग बनाउन माग
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, मंसिर २४, २०८२
File Photo

सुन्दरबजार- पुष्पलाल मध्यपहाडी लोकमार्ग अविलम्ब बनाउनुपर्ने माग गर्दै दबाबस्वरुप आज सुन्दरबजारको खत्रीठाँटीमा चक्काजाम गरिएको छ ।  राष्ट्रिय गौरवको आयोजना मानिएको मध्यपहाडी लोकमार्ग निर्माणको क्रममा सुन्दरबजार क्षेत्रमा स्थानीयको अवरोधका कारण सडक निर्माण हुन सकेको छैन । लमजुङको सुन्दरबजार नगरपालिका–६ को क्याम्पस गेटदेखि खत्रीठाँटीसम्म स्थानीयले क्षतिपूर्तिको माग गर्दै सडक निर्माण हुन नदिएपछि करिब दुई किलोमिटर सडक बन्न सकेको छैन । 

सुन्दरबजारको यस क्षेत्रबाहेक अन्य स्थानमा काम भइसकेका कारण स्थानीय धुलोमा बस्नुपरेको र विकाससमेत अवरुद्ध बनेको भन्दै संघर्ष समितिले चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रम आयोजना गरेको हो । यसअघि संघर्ष समितिले सडक निर्माण हुनुपर्ने र सहजीकरणको माग गर्दै प्रमुख जिल्ला अधिकारी, आयोजना कार्यान्वयन एकाइ पालुङटार र नगरपालिका समक्ष ज्ञापनपत्रसमेत बुझाइसकेको जनाएका छ । 

नगरपालिकामा पटकपटक यस विषयमा ध्यानाकर्षण पत्र बुझाइसकिएको भए पनि यस विषयमा स्थानीय तहले कुनै सकारात्मक कदम नचालेको संघर्ष समितिको गुनासो छ । बजार क्षेत्रबाहेक अन्यत्र निर्माण कार्य पूरा भइसकेको सडकको छोटो खण्ड निर्माण हुन नसक्दा यात्रु र सवारीसाधनलाई कठिन भएको, धुलो र सडकमा पानी जम्ने खाल्डाखुल्डी भएका कारण समस्या भएको स्थानीयको भनाइ छ । 

Hardik health

मध्यपहाडी लोकमार्गमा परेको सडक भएका कारणले यहाँ स्थानीय सरकारले समेत मर्मत गर्न नमान्दा सडकको अवस्था झनै नाजुक बन्दै गएको छ । सोही सडक निर्माण हुन नसकेमा सधैँ पछाडि परिने भन्दै स्थानीयले अबिलम्ब सडक निर्माणको माग गरेका हुन् । स्थानीयले आफू कहाँ आएको विकासलाई रोक्न नहुने भन्दै गरिएको आन्दोलनलाई अधिकांश व्यक्ति, नागरवासी र जिल्लावासीले सकारात्मक रुपमा लिएको भन्दै आफूहरुले समेत साथ दिने बताएका छन् । 

सडक बनाउनुपर्ने दबाब दिनका लागि गठित ११ सदस्यीय संघर्ष समितिले बुधबारबाट चरणबद्ध आन्दोलनका कार्यक्रमसमेत तय गरेको छ । संघर्ष समितिको संयोजकमा राजेन्द्र केसी, सहसंयोजक चित्रबहादुर केसी रहेका छन्  ।  संघर्षका कार्यक्रमअनुसार मङ्सिर २६ गते सुन्दरबजार नगरपालिकाको कार्यालय प्रवेश गरी बिहान ९ः०० देखि ११ः०० बजेसम्म तालाबन्दी गर्ने कार्यक्रम तय भएको छ भने मङ्सिर २७ गते खत्रीठाँटीदेखि क्याम्पस गेटसम्म शान्तिपूर्ण रुपमा प्लेकार्डसहित नारा जुलुस गर्ने र मिलनचोकमा कोणसभा गरी सडक निर्माणको पहल गर्न सम्बन्धित निकायहरुलाई दबाब दिने कार्यक्रम तय भएको बताइएको छ । चरणबद्ध रुपमा आन्दोलन गर्दासमेत सडक निर्माणमा कुनै पहल नभएमा बाँकी कार्यक्रम तय गरिनेसमेत समितिले जानकारी दिएको छ ।

 


प्रकाशित मिति: बुधबार, मंसिर २४, २०८२  १२:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बिमा कार्यक्रमलाई व्यापक पुनर्संरचना गरिँदै
बिमा कार्यक्रमलाई व्यापक पुनर्संरचना गरिँदै शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: नेप्सेको पुनर्संरचना अघि बढाइने
बजेट २०८३/८४: नेप्सेको पुनर्संरचना अघि बढाइने शुक्रबार, जेठ १५, २०८३
अनुसन्धान तथा नवप्रवर्तनका लागि पुँजीगत खर्चको एक प्रतिशत विनियोजन
अनुसन्धान तथा नवप्रवर्तनका लागि पुँजीगत खर्चको एक प्रतिशत विनियोजन शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४ : एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माणको लक्ष्य
बजेट २०८३/८४ : एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माणको लक्ष्य शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: मुग्लिन आँबुखैरेनी सडक निर्माण सुरु गरिने
बजेट २०८३/८४: मुग्लिन आँबुखैरेनी सडक निर्माण सुरु गरिने शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: मोतिपुर र मयुरधाप औद्योगिक क्षेत्र निर्माण र सञ्चालनको जिम्मा निजी क्षेत्रलाई
बजेट २०८३/८४: मोतिपुर र मयुरधाप औद्योगिक क्षेत्र निर्माण र सञ्चालनको जिम्मा निजी क्षेत्रलाई शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४ : मध्य-मधेसमा कृषि र उद्योग केन्द्रित चतुर्भुज विकास कार्यक्रम
बजेट २०८३/८४ : मध्य-मधेसमा कृषि र उद्योग केन्द्रित चतुर्भुज विकास कार्यक्रम शुक्रबार, जेठ १५, २०८३
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP