Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #गगनकुमार थापा
  • #जिता_मर्ना
  • #तामाङ_घेदुङ
Search Here
समाचार
  • Home
  • समाचार
  • कालीगण्डकीको पानी रत्नेचौरमा : ‘एक घर, एक धारा’
कालीगण्डकीको पानी रत्नेचौरमा : ‘एक घर, एक धारा’
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, मंसिर २३, २०८२

म्याग्दी -  म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा कालीगण्डकी नदीको पानी तानेर ‘एक घर, एक धारा’ सहितको खानेपानी योजना सम्पन्न भएको छ ।  खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीमार्फत सञ्चालित रत्नेचौर ‘लिफ्ट’ खानेपानी योजनाबाट २४९ घरपरिवार लाभान्वित भएका छन् ।

कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर झलकमोहन ओझाले योजनाको संरचना निर्माण सकिएपछि यसै हप्तादेखि परीक्षणका लागि पानी वितरण थालिएको जानकारी दिए ।  “विद्युतीय उपकरणको सहायताले कालीगण्डकीको पानीलाई तीन चरणमा ४५० मिटरमाथि रहेको सालघारीको ट्यांकीमा तानेर मुख्य र शाखा लाइनमार्फत घरघरमा वितरण थालेका छौँ”, उनले भने , “उपभोक्ताको श्रमदानसहित करिब रु तीन करोड ५० लाखमा योजना निर्माण भएको हो ।”

रत्नेचौरको फेदीमा रहेको लामगरास्थित कालीगण्डकीको किनारमा १० मिटर गहिरो इनार बनाइ २५ हर्स पावर क्षमताको पम्प जडान गरेर २५० मिटरमाथि सुन्दरचौरमा निर्माण भएको २५ हजार लिटर क्षमताको रिजर्भ ट्यांकीमा पुर्या‍इएको छ ।  सुन्दरचौरको ट्यांकीबाट थप १०० मिटरमाथि उपल्लाचौरको डहरेमा रहेको इन्टेकमा पानी तानेर रत्नेचौर र सालघारीमा रहेका दुई वटा रिजर्भ ट्यांकीमा फरक÷फरक पाइप लाइनमार्फत आपूर्ति भएको छ । 

Hardik health

रत्नेचौरमा खानेपानी आपूर्ति गराउन ६५ हजार लिटर क्षमताको रिजर्भ ट्यांकी, सालघारी र उपल्लाचौरमा पानी वितरणका लागि डहरेदेखि थप १००  मिटरमाथि सालघारीमा निर्माण भएको २५ हजार लिटर क्षमताको अर्को ट्यांकीमा पानी आपूर्ति गराउने संरचना निर्माण भएको छ । विद्युतीय उपकरणको सहायताले कालीगण्डकीबाट प्रति सेकेण्ड पाँच लिटरका दरले पानी आपुर्ति भएको कार्यालय प्रमुख ओझाले बताए । एक हजार सात सय मिटर मुख्य र १७ किलोमिटर शाखा पाइपलाइन निर्माण भएको छ । 

रत्नेचौरबासीको घरघरमा मिटर जडित धाराबाट पानी वितरण गर्न थालिएको उपभोक्ता समितिका अध्यक्ष रत्नबहादुर खत्रीले बताए । संरचनाको परिक्षणका साथैमा त्रुटी देखिएको ठाउँमा मर्मत र सुधार भइरहेको उनले बताए । योजनाको दिर्घकालीन सञ्चालन र पानीको मितब्ययी प्रयोगका लागि घरघरमा मिटर जडान गरिएको छ ।   रत्नेचौरका बासिन्दा सरला पुनले सार्वजनिक धारामा पालो कुरेर पानी ल्याउनुपर्ने समस्या हटेको र समयको बचत भएको बताए । “निजी धारामा पानी आउन थालेपछि समयको बचत र झञ्जट हटेको छ,” उनले भने “सार्वजनिक धाराबाट ८–१० घरले पालो लगाएर पानी ल्याउँदा भनेको समयमा नपाउने समस्या थियो ।”

उपभोक्ता अमर पुनले धारा निर्माण भएको तीन वर्षपछि पानी आएको बताउदै खुसी व्यक्त गर्नुभयो । व्यक्तिगत, घरायसी र सामुदायिक सरसफाईमा पनि सहयोग पुगेको उनको अनुभव छ ।  रत्नेचौरमा विसं २०३५ मा निर्माण भएको खानेपानी आयोजना जीर्ण र अव्यवस्थित भएको थियो । जीर्ण संरचना र मुहान सुक्दै गएकाले पर्याप्त पानी आपूर्ति हुन सकेको थिएन । पुरानो मुहानबाट हिउँदयाममा पानीको स्रोत सुक्ने र अभाव हुन थालेपछि दीर्घकालीन रुपमा खानेपानी आपूर्तिका लागि लिफ्ट प्रविधिको योजना निर्माण गर्नुपरेको बेनी नगरपालिका–१ का वडाध्यक्ष टेकबहादुर थापाले बताए । 

मुहानको समस्या र निर्माण व्यवसायीको ढिलासुस्तीले थलिएको योजनालाई जनप्रतिनिधि, उपभोक्ता, कार्यालयको पहलमा लयमा फर्काएर सम्पन्न गराएको वडाध्यक्ष थापाले बताए ।  सङ्घीय सरकारले गण्डकी प्रदेशलाई उपलब्ध गराएको विशेष अनुदानको यस योजना निर्माणका लागि विसं २०७६ असार २४ गते प्राकृतिक–प्रदीप जुम्ली जेभीले रु दुई करोड ७५ लाखमा ठेक्का सम्झौता गरेको थियो । भौतिक संरचना निर्माण ठेक्का, शाखा पाइपलाइन खन्ने र पुर्ने उपभोक्तामार्फत गरिएको हो भने पाइप र फिटिङका सामग्री कार्यालयले खरिद गरेर उपलब्ध गराएको थियो । 

कार्यालयले आर्थिक वर्ष २०८०÷८१ मा अनावश्यक संरचना र लागतलाई ठेक्का सम्झौताको रकम घटाएर रु दुई करोड ४० लाख बनाएको थियो । पाइप र फिटिङका सामान खरिदमा रु ६० लाख ६९ हजार, विद्युतीकरणमा रु ३३ लाख ८६ हजार, शाखा लाइन खन्ने र पुर्न उपभोक्ताको रु ४२ लाख तथा आयोजना व्यवस्थापनमा रु १० लाख १५ हजार खर्च भएको कार्यालय प्रमुख ओझाले बताए । 


प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२  १०:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रदेशसभा सदस्यबाट डा जोशीको राजीनामा
प्रदेशसभा सदस्यबाट डा जोशीको राजीनामा सोमबार, माघ ५, २०८२
देशसभा सदस्यबाट डा जोशीको राजीनामा
देशसभा सदस्यबाट डा जोशीको राजीनामा सोमबार, माघ ५, २०८२
पर्वले सद्भाव र भाइचाराको सन्देश प्रवाह गर्दै आएका छन्ः कावा सभापति खड्का
पर्वले सद्भाव र भाइचाराको सन्देश प्रवाह गर्दै आएका छन्ः कावा सभापति खड्का सोमबार, माघ ५, २०८२
विकास देखिने गरी हुनुपर्छः मन्त्री भण्डारी
विकास देखिने गरी हुनुपर्छः मन्त्री भण्डारी सोमबार, माघ ५, २०८२
पर्वले धर्म र संस्कृति संरक्षण तथा संवद्र्धनमा प्रेरित गर्दै आएका छन्ः सभापति थापा
पर्वले धर्म र संस्कृति संरक्षण तथा संवद्र्धनमा प्रेरित गर्दै आएका छन्ः सभापति थापा सोमबार, माघ ५, २०८२
कोशीका मुख्यमन्त्रीद्वारा सोनाम ल्होसारको शुभकामना
कोशीका मुख्यमन्त्रीद्वारा सोनाम ल्होसारको शुभकामना सोमबार, माघ ५, २०८२
पूर्वराज्यमन्त्री उप्रेतीको निधन
पूर्वराज्यमन्त्री उप्रेतीको निधन सोमबार, माघ ५, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP