Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #जनकराज_गिरी
  • #नेपाल पर्यटन बोर्ड
  • #फेब्रुअरी_पर्यटक
  • #इरान_इजरायल
  • #कोल्टन_खानी_दुर्घटना
  • #नेपाल रेडक्रस सोसाइटी
  • #क्लिन_स्वीप
  • #डा स्वर्णिम वाग्ले
  • #इन्दिरा मानन्धर
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • बागलुङमा १९ बालबालिकासहित २१५ जनामा एचआइभी सङ्क्रमण
बागलुङमा १९ बालबालिकासहित २१५ जनामा एचआइभी सङ्क्रमण
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर २२, २०८२

गलकोट- बागलुङमा १९ बालबालिका एचआइभी सङ्क्रमित भएको पाइएको छ । जिल्लामा पहिचान र नियमित औषधि सेवन गर्ने २१५ सङ्क्रमितमध्ये १९ बालबालिका रहेको पाइएको हाे । 

करिब १५ वर्षदेखि एचआइभी सङ्क्रमित भई औषधि सेवन गर्दै आउनुभएका बागलुङ नगरपालिका निवासी एक महिला समाजले सङ्क्रमितलाई हेर्ने दृष्टीकोण अझै परिवर्तन हुन नसकेको बताए । उनले आफूले खुलेर हिँड्न चाहे पनि समाजले आफ्नो परिवारलाई हेलाको भावले हेर्ने गरेकाले आफू जस्ता सङ्क्रमित खुल्न डराएको बताए । 

“आफू पो सङ्क्रमित भइयो, परिवार सबै राम्रो छ, छोरीले उच्च शिक्षा अध्ययन गर्छिन्, परिवार अरुको सरह नै छ, तर सङ्क्रमित भएको थाहा पाएपछि परिवार नै समाजबाट अपहेलित हुनुपर्ने, विद्यालयमा हेला हुनुपर्ने तथा विभिन्न लान्छना लाग्ने गर्दछ”, सङ्क्रमित महिलाले भने, “सङ्क्रमित भएर अन्य नागरिक सरह हिँड्न समस्या छ, परिवारबाट तपाईँ खुलेमा हामीलाई सबैले सङ्क्रमितको परिवार भन्छन् भन्ने सुझाव आउँछ ।”

Hardik health

संक्रमित बालबालिकाले समेत विद्यालयमा विभेद भएको भन्दै परिवारसँग गुनासो गर्ने गरेका छन् । बागलुङमा पछिल्लो समय संक्रमणको सङ्ख्या बढ्दै गए पनि खुलेरै समाजमा आउनेको संख्या न्यून छ । पछिल्लो समयमा संक्रमितले परीक्षण गर्ने, संक्रमण पश्चात औषधी सेवन गर्ने र सम्पर्कमा रहने एचआइभी एड्स सङ्क्रमितको सङ्ख्या भने बढिरहेको छ । 

धौलागिरी अस्पतालको एआरटी (एन्टी रेक्टो ट्रिटमेन्ट)सेन्टर र एड्स सम्बन्धी काम गर्ने गैरसरकारी संस्थाको प्रभावकारी समन्वयमा बागलुङमा रहेका एचआइभी संक्रमित सम्पर्कमा आउन थाले पनि खुल्न भने नचाहने स्वास्थ्यकर्मी बताउँछन् । धौलागिरी प्रादेशिक अस्पतालमा २०६३ सालमा स्थापना भएको एआरटी सेन्टरले एचआइभी एड्स भए नभएको पहिचान गर्ने, सङ्क्रमितको परामर्श, परिक्षण तथा नियमित रूपमा औषधी उपचार र गोपनियताका कारण सङ्क्रमित सम्पर्कमा भने आउन थालेका हुन् । 

स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार बागलुङमा १९ बालबालिकासहित २१५ जना संक्रमित नियमित औषधी सेवन गरिरहेका छन् । स्वास्थ्य कार्यालयका प्रमुख प्रविण शर्माका अनुसार गत आर्थिक वर्षमा १० जना संक्रमित थपिएका थिए भने चालु आर्थिक वर्षमा सात जना संक्रमित थप भइसकेका छन् । उनिहरूले सामाजिक विभेद रहेकाले आफूहरू खुल्न नसकेको बताउँदै आएका छन् । उनिहरूलाई गोपनियताको ढंगले औषधी दिने तथा परामर्श दिँदै आएको शर्माको भनाइ छ । परीक्षण र परामर्शको दायरा बढाएपछि संक्रमितको सङ्ख्या भने उकालो लागिरहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिए । 

एचआइभी सङ्क्रमितहरू अरु मानिस सरह बाच्न सक्छन् भन्ने उद्देश्यका साथ एआरटी सेन्टरले एचआइभी एड्स प्रभावित गाउँमा पुगेर नमूना संकलन गरी गोप्य रूपमा उपचार तथा परामर्श दिने गरेपछि सङ्क्रमितको सङ्ख्या बढ्न थालेकोे धौलागिरि प्रादेशिक अस्पतालमा सञ्चालित एआरटी सेन्टरका प्रमुख परामर्शदाता प्रदीप आचार्यले बताए । 

सेन्टरले एचआइभी एड्ससम्बन्धी गैरसरकारी संस्थाहरूको सहयोगमा सङ्क्रमितलाई उचित परामर्श, नियमित औषधि उपचार, बाटो खर्च र पोषणलगायत धेरै सेवा तथा सुविधा उपलब्ध गराउँदै आएको छ । 


प्रकाशित मिति: सोमबार, मंसिर २२, २०८२  १२:१२
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
हृदय-सम्बन्धी रोग रोकथाममा सिंगापुरको नयाँ प्रविधि
हृदय-सम्बन्धी रोग रोकथाममा सिंगापुरको नयाँ प्रविधि शुक्रबार, फागुन २२, २०८२
नेपाल रेडक्रसका प्राथमिक उपचार स्वयंसेवक मतदान केन्द्र परिसरमा परिचालित
नेपाल रेडक्रसका प्राथमिक उपचार स्वयंसेवक मतदान केन्द्र परिसरमा परिचालित बिहीबार, फागुन २१, २०८२
अस्पतालमा ‘दु्रत प्रतिकार्य टोली’ गठन
अस्पतालमा ‘दु्रत प्रतिकार्य टोली’ गठन बुधबार, फागुन २०, २०८२
वीर अस्पतालमा द्रुत कार्यदल गठन
वीर अस्पतालमा द्रुत कार्यदल गठन मंगलबार, फागुन १९, २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचनका समयमा स्वास्थ्य सेवालाई निरन्तर राख्ने :मन्त्रालय
प्रतिनिधि सभा सदस्य निर्वाचनका समयमा स्वास्थ्य सेवालाई निरन्तर राख्ने :मन्त्रालय बिहीबार, फागुन १४, २०८२
कैलाली-कञ्चनपुरमा बंगुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि, सतर्क रहन आग्रह
कैलाली-कञ्चनपुरमा बंगुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि, सतर्क रहन आग्रह बिहीबार, फागुन १४, २०८२
बाँकेमा सात हजार ८९७ किशोरीलाई एचपिभी खोप लगाइयो
बाँकेमा सात हजार ८९७ किशोरीलाई एचपिभी खोप लगाइयो बुधबार, फागुन १३, २०८२
लोकप्रिय
  • Week
  • Month
देशभित्रै गरिखाने वातावरण बनोस्
देशभित्रै गरिखाने वातावरण बनोस्
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
भोट के मा ? 
भोट के मा ? 
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
तराईका जिल्लामा आज होली मनाइँदै
तराईका जिल्लामा आज होली मनाइँदै
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP