Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
Search Here
समाचार
  • Home
  • समाचार
  • प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी : यस्ता छन् चुनाव चिह्न
प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी : यस्ता छन् चुनाव चिह्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर २२, २०८२

काठमाडौं -  निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चुनाव चिह्न प्रदान गरेको छ । आयोगमा १२० राजनीतिक दलले प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन आवेदन दिएका थिए । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार १०२ राजनीतिक दललाई एकल रुपमा चुनाव चिह्न प्रदान गरिएको छ ।

 १२ राजनीतिक दलले संयुक्त रुपमा निर्वाचनमा सहभागी हुने भनी आवेदन दिएकाले संयुक्त चुनाव चिह्न प्रदान गरिएको हो । यस आधारमा आयोगले कूल १०७ वटा चुनाव चिह्न प्रदान गरिएको जनाएको छ । आयोगमा कूल १४३ राजनीतिक दल दर्ता कायम भएका छन् । निर्वाचनमा भाग लिने दलको सङ्ख्या ११४ छ । निर्वाचनका लागि १०७ चुनाव चिह्न प्रयोग हुनेछन् । 

आयोगले प्रदान गरेका चिह्नहरुमा पहिलो नम्बरमा सूर्य, दोस्रोमा रुख, तेस्रोमा तारा, चौथोमा घण्टी चुनाव चिह्न रहेका छन् । हलो, ढल्केको छाता, लाउड स्पिकर, पिँध भएको सादा ढकिया, साइकल, मादल, गिलास, लौरो, खुलेको एकल आँखा, जरायो, दुई हात जोडेको नमस्कार निर्वाचन चिह्नका रुपमा प्रयोग हुनेछन् ।

Hardik health

त्यसैगरी कुखुराको भाले, जग, पञ्जा छाप, इनार, डोको, हसियाँ र तारा, कमलको फूल, माथिपट्टी फर्केको धनुष, गितार, घर, हसिँया, मोटरसाइकल, साँचो, दायाँ हातले समातेको मसाल, कछुवा, चङ्गा, बाँसुरी, गैँती, दापसहितको खुकुरी पनि निर्वाचन चिह्नका रुपमा प्रयोग हुनेछन् ।

आयोगका अनुसार, तुलसी मठ, गाग्री, ब्याट्री, मान्छेको काँधमा बोकिरहेको ढुङ्गा, ढाका टोपी, पुतली, सुगा, हथौडा, गोलाकार भित्र शंख, बज्र, हात्ती, उडिरहेको माहुरी, पुरुष, काखमा बच्चा लिएको आमा, चुच्चोले चिट्ठी बोकेर उड्न लागेको परेवा, अँजुलीमा रहेको माटो, बाली बोकेका महिलाको आकृति, कोदालो बोकेका किसान, त्रिशुुल, घोडा, गोलो घेराभित्र दुई पात भएको गुलाफलको फूल, लोककला कोरिएको गाग्रोमा आँपको कलश र त्यसमाथि नरिवल, कम्प्युटर किबोर्ड, गाडा निलो कलरको गोलाकारभित्र २४ किलाको चक्र, हात मिलाएको, चापाकल पनि निर्र्वाचन चिन्हका रुपमा प्रयोग हुनेछन् ।

बलिरहेको बिजुलीको चिम, सिट्ठी, प्रेम, ओदान, तीर, ट्रयाक्टर, रेडियो, रथ, तीन ढुङ्गे अधिनो, ढुङ्गे धारा, गदा, भेडा, चश्मा, बलिरहेको दियो, बस, स्कुटर, पाँचमुखे रुद्राक्षको दाना निर्वाचन चिह्नका रुपमा प्रयोग हुनेछ । दुई वटा पैतला छाप, करुवा, षटकोण, सुकुन्दा, पुल, चकिया, माटोबाट उम्रिएको तीन पात भएको बिरुवा, गोलो घेराभित्र पानीको बोत्तल, बुल्डोजर, लुगा सिउने कल, हात मिलाएको महिला र पुरुष, परेवा, तराजु, खरायो, सेतो र कलो रंगको जुत्ता, खुला किताब, खुलेको ताला, आवाज सुनिरहेको कान, श्रीवत्स समृद्धिको प्रतीक, गोलाकारभित्र बुढी औँला उठाएको लाइक, कोदालो, मकैका बाला, दुई औँला खुलेको औँला बन्द भएको हातको आकृति, जगर भएको सिंह, डुङ्गा र भैँसी पनि निर्वाचन चिह्न रहेका छन् । 


प्रकाशित मिति: सोमबार, मंसिर २२, २०८२  १०:१६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा, आठ अर्बभन्दा बढी अनियमितता भएको दाबी
पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा, आठ अर्बभन्दा बढी अनियमितता भएको दाबी सोमबार, मंसिर २२, २०८२
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह सोमबार, मंसिर २२, २०८२
थाइल्यान्डमा लुम्बिनी–नेपाल म्याराथन आयोजना हुने
थाइल्यान्डमा लुम्बिनी–नेपाल म्याराथन आयोजना हुने सोमबार, मंसिर २२, २०८२
सडक स्तरोन्नतिपछि छोटियो मालढुंगा–बेनीकाे यात्राअवधि
सडक स्तरोन्नतिपछि छोटियो मालढुंगा–बेनीकाे यात्राअवधि सोमबार, मंसिर २२, २०८२
नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण
नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण सोमबार, मंसिर २२, २०८२
नागढुंगा- नाैबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा- नाैबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने सोमबार, मंसिर २२, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
मेयर बालेन्द्र शाहलाई पितृशोक
मेयर बालेन्द्र शाहलाई पितृशोक
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP