जनकपुर- मधेस प्रदेश सरकारका लागि नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले शपथग्रहण गरेका छन् ।
मधेस प्रदेश प्रमुखको कार्यालयले आज आइतबार जनकपुरधाममा आयोजना गरेको शपथग्रहण कार्यक्रममा मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मधेस प्रदेश सरकारका लागि नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई शपथग्रहण गराएका हुन् ।