Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #संघीय गणतान्त्रिक गठबन्धन
  • #हायात_प्लेस
  • #मुग्लिन–पोखरा सडक
  • #एमालेको महाधिवेशन
  • #अन्तरराष्ट्रिय बैंक दिवस
  • #एचआइभी एड्स दिवस
  • #राष्ट्रिय अपांग महिला संघ
  • #आगाेलागी_घटना
  • #विप्रेषण
Search Here
विश्व
  • Home
  • विश्व
  • इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था
इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर १९, २०८२

एपी- भारतको सबैभन्दा ठूलो एयरलाइन इन्डिगोले दर्जनौँ उडान रद्द तथा स्थगित गरेपछि शुक्रबार देशका प्रमुख विमानस्थलहरूमा गम्भीर अव्यवस्था देखिएको छ । नयाँ कार्यघण्टा नियम लागू भएपछि उत्पन्न व्यवधानले यात्रुहरू उडान रद्द, ढिलाइ र जानकारी अभावका कारण ठूलो कठिनाइमा परेका हुन् ।

विमानस्थलहरूमा यात्रुहरू भुइँमा सुतिरहेको, लगातार घण्टौँ लाइनमा उभिएको र एयरलाइनबाट स्पष्ट जानकारी नपाएको दृश्यहरू देखिएका छन् । यो अव्यवस्था लगातार चौथो दिन कायम रहेको छ । सरकारले थकान र सुरक्षासम्बन्धी चिन्तालाई ध्यानमा राखेर चालकदल तथा पाइलटहरूको विश्राम अवधि बढाउने र राति उडान सीमित गर्ने नयाँ नियम ल्याएको थियो । यसको दोस्रो चरणका नियमहरू नोभेम्बरदेखि लागू भएको र इन्डिगोले समयमै आफ्नो रोस्टर प्रणाली अनुकूल गर्न नसकेको स्वीकार गरेको छ ।
बिहीबार मात्र ३०० भन्दा बढी उडान रद्द भएका थिए र सयौँ ढिलाइ भए । नयाँदिल्ली विमानस्थलले शुक्रबार मध्यरातिसम्म सबै घरेलु इन्डिगो उडान रद्द हुने विज्ञप्ति जारी गरेको छ । अन्य प्रमुख एयरलाइन्स जस्तै एयर इन्डियामा यस्ता समस्या देखिएका छैनन् ।
इन्डिगोले भारतभित्र दैनिक दुई हजार ३०० भन्दा बढी उडान सञ्चालन गर्छ र ६५ प्रतिशत घरेलु बजार नियन्त्रण गर्छ । कोलकाताका ज्येष्ठ नागरिक सजल बोस आफ्नी श्रीमतीसँग दिल्ली जानका लागि तयारीमा हुनुहुन्थ्यो तर उडान उडानसमयभन्दा एक घण्टा अघि नै रद्द गरिएको थियो । उनले अहिले नौ घण्टाको रेल यात्रा गरेर बागडोगरा पुगेर अर्को एयरलाइनमार्फत दिल्ली जाने योजना बनाउनु परेको बताए। “यो अत्यन्तै गैरजिम्मेवारपूर्ण र सम्पूर्ण लापरबाही हो । हामीजस्ता वृद्ध व्यक्तिका लागि झनै कठिन”, उनले भने ।

इन्डिगोका प्रमुख कार्यकारी अधिकृत पिटर एल्बर्सले यस हप्ताको एक आन्तरिक इमेलमा क्षमायाचना गर्दै प्राविधिक समस्या, तालिका परिवर्तन, खराब मौसम, भीडभाड र नयाँ नियमको प्रभावका कारण उडान अव्यवस्था भएको स्वीकार गरेका छन् । भारतको नागरिक उड्डयन मन्त्रालयले जारी गरेको वक्तव्यमा समस्याको मुख्य कारण एयरलाइनको योजना निर्माणमा भएको त्रुटि र गलत मूल्यांकन रहेको बताइएको छ । एअरलाइनले पनि दोस्रो चरणका नियम लागू गर्दा चालकदल व्यवस्थापनमा परेको असर आफूहरूको अनुमानभन्दा धेरै ठूलो भएको स्वीकार गरेको छ ।

Hardik health

इन्डिगोले नयाँ नियम लागू गर्न अस्थायी छूट मागेको छ र सुधारात्मक कदम चालिरहेको सरकारलाई जानकारी गराएको छ । कम्पनीले फेब्रुअरी १० सम्म पूर्ण सञ्चालन पुनःस्थापना हुने दाबी गरेको छ । आगामी केही हप्तामा थप रद्द तथा ढिलाइ हुने सम्भावना रहेको बताउँदै इन्डिगोले डिसेम्बर ८ देखि उडान सङ्ख्या घटाएर अव्यवस्था न्यून गर्ने निर्णय गरेको छ ।


प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०८२  १५:०४
प्रतिक्रिया दिनुहोस्
थप विश्व
भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन
भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन शुक्रबार, मंसिर १९, २०८२
अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो
अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो शुक्रबार, मंसिर १९, २०८२
दिल्लीमा मोदी-पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण
दिल्लीमा मोदी-पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण शुक्रबार, मंसिर १९, २०८२
रूसमा पुराना सवारीसाधनको आयातमा तीव्र वृद्धि
रूसमा पुराना सवारीसाधनको आयातमा तीव्र वृद्धि शुक्रबार, मंसिर १९, २०८२
अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’- पुटिन
अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’- पुटिन शुक्रबार, मंसिर १९, २०८२
अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र
अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र शुक्रबार, मंसिर १९, २०८२
लोकप्रिय
  • Week
  • Month
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
हराएकाे माेबाइल धनीले पाए
हराएकाे माेबाइल धनीले पाए
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
सुनकाे मूल्यमा नयाँ रेकर्ड
सुनकाे मूल्यमा नयाँ रेकर्ड
मेयर बालेन्द्र शाहलाई पितृशोक
मेयर बालेन्द्र शाहलाई पितृशोक
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP