Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विश्व
  • Home
  • विश्व
  • अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’- पुटिन
अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’- पुटिन
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर १९, २०८२

एपी- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन-रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्तावहरू क्रेमलिनका लागि अस्वीकार्य रहेको बताएका छन् । बिहीबार प्रकाशित उनका अभिव्यक्तिले शान्ति सम्झौता अझै टाढा रहेको संकेत गरेकाे हाे ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षअघि सुरु भएको युद्ध रोक्ने उद्देश्यले कूटनीतिक पहललाई तीव्र पारेका छन्  । तर विशेष गरी युक्रेनले रुसलाई भूमि हस्तान्तरण गर्नुपर्ने हो कि होइन र भविष्यमा मस्कोद्वारा सम्भावित आक्रमणबाट युक्रेनलाई कसरी सुरक्षित बनाउने भन्ने प्रश्नमा वार्ताले फेरि उही संवेदनशील मुद्दामा पुगेर रोकावट देखाएको छ ।

ट्रम्पका विशेष दूत स्टिभ विटकफ तथा उनका ज्वाइँ जारेड कुशनरले क्रेमलिनमा पुटिनसँगको छलफलपछि युक्रेनी प्रतिनिधिमण्डलसँग पनि भेट गर्ने योजना बनाएका  थिए  । बैठक भएको नभएकोबारे भने पुष्टि हुन सकेको छैन । हलान्डेल बिचस्थित शेल बे क्लबमा भएको बैठक औपचारिक रूपमा घोषणा नभएकाले अधिकारीहरूले नाम नखुलाउने सर्तमा मात्र टिप्पणी गरेका छन् ।

Hardik health

पुटिनले मंगलबार विटकफ-कुशनरसँग भएको पाँच घण्टा लामो वार्ता ‘आवश्यक, उपयोगी तर कठिन’ भएको बताए  । केही प्रस्तावहरू रुसका लागि स्वीकार्य नपरेको उनले उल्लेख गरे। नयाँदिल्ली आगमनअघि इन्डिया टुडेसँग कुरा गर्दै पुटिनले वार्तामा उठाइएका अमेरिकी विचारहरू अघिल्ला छलफलका आधारमा भए पनि केही नयाँ तत्व पनि सामेल रहेको जानकारी दिए  ।

“हामीले प्रत्येक बुँदा बुझ्दै अघि बढ्नुपर्ने भएकाले समय लाग्यो”, उनले भने, “कसैकसैमा हामी छलफल गर्न सक्छौँ, तर सहमत हुन सकिँदैन भन्ने कुरा स्पष्ट छ ।” ट्रम्पले विटकफ र कुशनर वार्ताबाट फर्कँदा ‘पुटिन युद्ध अन्त्य गर्न इच्छुक हुनुहुन्छ’ भन्ने धारणा लिएर आएको बताएका थिए  । पुटिनले अमेरिकाको २८ बुँदे प्रस्ताव छोट्याएर २७ बुँदा बनाइएको र त्यसलाई चार प्याकेजमा विभाजन गरिएको जानकारी दिए पनि कुन बुँदा स्वीकार्य वा अस्वीकार्य हो भन्ने खुलाउ गर्न चाहेनन् ।

रुसी राष्ट्रपतिले ट्रम्पको प्रयासको प्रशंसा गर्दै ‘दुवै पक्षलाई सहमत गराउनु सजिलो होइन’ भने। तर अहिले नै कुन बुँदा उपयुक्त वा अनुपयुक्त भन्ने बताउन नचाहेको उनको भनाइ थियो, किनकि यसले ट्रम्पको कूटनीतिक पहललाई असर गर्न सक्छ । पुटिनले रुसले पूर्वी डोनेट्स्क क्षेत्र पूर्ण रूपमा लिने लक्ष्य पूरा गर्ने दाबी दोहोर्‍याउँदै ‘या त हामी बलपूर्वक छेउका क्षेत्र फिर्ता लिन्छौँ, वा युक्रेनी सैनिक पछि हट्छन्’ भने ।

यसैबीच, युद्धक्षेत्रमा हिंसा रोकिएको छैन । रुसी क्षेप्यास्त्रले क्रिवी रिहमा प्रहार गर्दा तीन वर्षीया बालिकासहित छ जना घाइते भएको स्थानीय अधिकारीहरूले जनाएका छन् । आक्रमणले ४० भन्दा बढी आवासीय भवन, एक विद्यालय र घरेलु ग्यास पाइप क्षतिग्रस्त भएको छ । दक्षिणी सहर खेरसनमा अघिल्लो दिनको रुसी गोलाबारीमा छ वर्षीया बालिकाको मृत्यु भएको थियो । निरन्तर प्रहारपछि खेरसनको थर्मल पावर प्लान्ट बन्द हुँदा ४० हजारभन्दा बढी बासिन्दा प्रभावित बनेका छन् ।

ओडिसामा रुसी ड्रोन आक्रमणमा छ जना घाइते भएका छन् भने नागरिक तथा उर्जा पूर्वाधार क्षतिग्रस्त भएको अधिकारीहरूले बताएका छन् । समग्रमा रुसले रातभर दुई वटा ब्यालेस्टिक क्षेप्यास्त्र र १३८ ड्रोन प्रहार गरेको युक्रेनी पक्षले बताएको छ । उता, खेरसनको रुसी-आयोजित प्रशासनले युक्रेनी ड्रोन आक्रमणमा दुई जनाको मृत्यु भएको तथा ६८ वर्षीया महिला घाइते भएको दाबी गरेको छ ।
 


प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०८२  १२:११
प्रतिक्रिया दिनुहोस्
थप विश्व
दक्षिण कोरियाको “फ्लाइ ओभर” मा दुर्घटनाहुँदा तीन जनाको मृत्यु, तीन घाइते
दक्षिण कोरियाको “फ्लाइ ओभर” मा दुर्घटनाहुँदा तीन जनाको मृत्यु, तीन घाइते मंगलबार, जेठ १२, २०८३
सगरमाथाको शिखरमा गाजाको सपना
सगरमाथाको शिखरमा गाजाको सपना मंगलबार, जेठ १२, २०८३
खनिज आपूर्ति सुरक्षित गर्न भारत-अमेरिकाबीच ऐतिहासिक सम्झौता
खनिज आपूर्ति सुरक्षित गर्न भारत-अमेरिकाबीच ऐतिहासिक सम्झौता मंगलबार, जेठ १२, २०८३
श्रीलंकामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन
श्रीलंकामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन मंगलबार, जेठ १२, २०८३
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो मंगलबार, जेठ १२, २०८३
लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते
लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते मंगलबार, जेठ १२, २०८३
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP