Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #संघीय गणतान्त्रिक गठबन्धन
  • #हायात_प्लेस
  • #मुग्लिन–पोखरा सडक
  • #एमालेको महाधिवेशन
  • #अन्तरराष्ट्रिय बैंक दिवस
  • #एचआइभी एड्स दिवस
  • #आगाेलागी_घटना
  • #विप्रेषण
  • #नेपाल कम्युनिष्ट पार्टी
Search Here
विश्व
  • Home
  • विश्व
  • अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’- पुटिन
अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’- पुटिन
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर १९, २०८२

एपी- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन-रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्तावहरू क्रेमलिनका लागि अस्वीकार्य रहेको बताएका छन् । बिहीबार प्रकाशित उनका अभिव्यक्तिले शान्ति सम्झौता अझै टाढा रहेको संकेत गरेकाे हाे ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षअघि सुरु भएको युद्ध रोक्ने उद्देश्यले कूटनीतिक पहललाई तीव्र पारेका छन्  । तर विशेष गरी युक्रेनले रुसलाई भूमि हस्तान्तरण गर्नुपर्ने हो कि होइन र भविष्यमा मस्कोद्वारा सम्भावित आक्रमणबाट युक्रेनलाई कसरी सुरक्षित बनाउने भन्ने प्रश्नमा वार्ताले फेरि उही संवेदनशील मुद्दामा पुगेर रोकावट देखाएको छ ।

ट्रम्पका विशेष दूत स्टिभ विटकफ तथा उनका ज्वाइँ जारेड कुशनरले क्रेमलिनमा पुटिनसँगको छलफलपछि युक्रेनी प्रतिनिधिमण्डलसँग पनि भेट गर्ने योजना बनाएका  थिए  । बैठक भएको नभएकोबारे भने पुष्टि हुन सकेको छैन । हलान्डेल बिचस्थित शेल बे क्लबमा भएको बैठक औपचारिक रूपमा घोषणा नभएकाले अधिकारीहरूले नाम नखुलाउने सर्तमा मात्र टिप्पणी गरेका छन् ।

Hardik health

पुटिनले मंगलबार विटकफ-कुशनरसँग भएको पाँच घण्टा लामो वार्ता ‘आवश्यक, उपयोगी तर कठिन’ भएको बताए  । केही प्रस्तावहरू रुसका लागि स्वीकार्य नपरेको उनले उल्लेख गरे। नयाँदिल्ली आगमनअघि इन्डिया टुडेसँग कुरा गर्दै पुटिनले वार्तामा उठाइएका अमेरिकी विचारहरू अघिल्ला छलफलका आधारमा भए पनि केही नयाँ तत्व पनि सामेल रहेको जानकारी दिए  ।

“हामीले प्रत्येक बुँदा बुझ्दै अघि बढ्नुपर्ने भएकाले समय लाग्यो”, उनले भने, “कसैकसैमा हामी छलफल गर्न सक्छौँ, तर सहमत हुन सकिँदैन भन्ने कुरा स्पष्ट छ ।” ट्रम्पले विटकफ र कुशनर वार्ताबाट फर्कँदा ‘पुटिन युद्ध अन्त्य गर्न इच्छुक हुनुहुन्छ’ भन्ने धारणा लिएर आएको बताएका थिए  । पुटिनले अमेरिकाको २८ बुँदे प्रस्ताव छोट्याएर २७ बुँदा बनाइएको र त्यसलाई चार प्याकेजमा विभाजन गरिएको जानकारी दिए पनि कुन बुँदा स्वीकार्य वा अस्वीकार्य हो भन्ने खुलाउ गर्न चाहेनन् ।

रुसी राष्ट्रपतिले ट्रम्पको प्रयासको प्रशंसा गर्दै ‘दुवै पक्षलाई सहमत गराउनु सजिलो होइन’ भने। तर अहिले नै कुन बुँदा उपयुक्त वा अनुपयुक्त भन्ने बताउन नचाहेको उनको भनाइ थियो, किनकि यसले ट्रम्पको कूटनीतिक पहललाई असर गर्न सक्छ । पुटिनले रुसले पूर्वी डोनेट्स्क क्षेत्र पूर्ण रूपमा लिने लक्ष्य पूरा गर्ने दाबी दोहोर्‍याउँदै ‘या त हामी बलपूर्वक छेउका क्षेत्र फिर्ता लिन्छौँ, वा युक्रेनी सैनिक पछि हट्छन्’ भने ।

यसैबीच, युद्धक्षेत्रमा हिंसा रोकिएको छैन । रुसी क्षेप्यास्त्रले क्रिवी रिहमा प्रहार गर्दा तीन वर्षीया बालिकासहित छ जना घाइते भएको स्थानीय अधिकारीहरूले जनाएका छन् । आक्रमणले ४० भन्दा बढी आवासीय भवन, एक विद्यालय र घरेलु ग्यास पाइप क्षतिग्रस्त भएको छ । दक्षिणी सहर खेरसनमा अघिल्लो दिनको रुसी गोलाबारीमा छ वर्षीया बालिकाको मृत्यु भएको थियो । निरन्तर प्रहारपछि खेरसनको थर्मल पावर प्लान्ट बन्द हुँदा ४० हजारभन्दा बढी बासिन्दा प्रभावित बनेका छन् ।

ओडिसामा रुसी ड्रोन आक्रमणमा छ जना घाइते भएका छन् भने नागरिक तथा उर्जा पूर्वाधार क्षतिग्रस्त भएको अधिकारीहरूले बताएका छन् । समग्रमा रुसले रातभर दुई वटा ब्यालेस्टिक क्षेप्यास्त्र र १३८ ड्रोन प्रहार गरेको युक्रेनी पक्षले बताएको छ । उता, खेरसनको रुसी-आयोजित प्रशासनले युक्रेनी ड्रोन आक्रमणमा दुई जनाको मृत्यु भएको तथा ६८ वर्षीया महिला घाइते भएको दाबी गरेको छ ।
 


प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०८२  १२:११
प्रतिक्रिया दिनुहोस्
थप विश्व
अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र
अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र शुक्रबार, मंसिर १९, २०८२
डेमोक्र्याटिक पार्टीका सांसदलाई ट्रम्पद्वारा माफीको घोषणा
डेमोक्र्याटिक पार्टीका सांसदलाई ट्रम्पद्वारा माफीको घोषणा शुक्रबार, मंसिर १९, २०८२
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा एक हजार २०० उडान रद्द
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा एक हजार २०० उडान रद्द शुक्रबार, मंसिर १९, २०८२
बेलायती पोर्न कम्पनीलाई १० लाख पाउन्ड जरिवाना
बेलायती पोर्न कम्पनीलाई १० लाख पाउन्ड जरिवाना शुक्रबार, मंसिर १९, २०८२
गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी
गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी बिहीबार, मंसिर १८, २०८२
पुटिन-ट्रम्प प्रतिनिधिमण्डल वार्तामा ‘युद्ध अन्त्यको संकेत’
पुटिन-ट्रम्प प्रतिनिधिमण्डल वार्तामा ‘युद्ध अन्त्यको संकेत’ बिहीबार, मंसिर १८, २०८२
लोकप्रिय
  • Week
  • Month
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
हराएकाे माेबाइल धनीले पाए
हराएकाे माेबाइल धनीले पाए
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
सुनकाे मूल्यमा नयाँ रेकर्ड
सुनकाे मूल्यमा नयाँ रेकर्ड
मेयर बालेन्द्र शाहलाई पितृशोक
मेयर बालेन्द्र शाहलाई पितृशोक
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP