Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #संघीय गणतान्त्रिक गठबन्धन
  • #हायात_प्लेस
  • #मुग्लिन–पोखरा सडक
  • #एमालेको महाधिवेशन
  • #एचआइभी एड्स दिवस
  • #आगाेलागी_घटना
  • #विप्रेषण
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #अन्तरराष्ट्रिय बैंक दिवस
Search Here
विश्व
  • Home
  • विश्व
  • पुटिन-ट्रम्प प्रतिनिधिमण्डल वार्तामा ‘युद्ध अन्त्यको संकेत’
पुटिन-ट्रम्प प्रतिनिधिमण्डल वार्तामा ‘युद्ध अन्त्यको संकेत’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर १८, २०८२

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार युक्रेन शान्ति प्रस्तावका विषयमा मस्कोमा भएको उच्चस्तरीय भेटवार्ताले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ‘युद्ध अन्त्य गर्न इच्छुक’ रहेको धारणा दिएको बताएका छन् ।

बुधबार अमेरिकी विशेष दूत स्टिभ विटकफ तथा राष्ट्रपति ट्रम्पका ज्वाइँ जारेड कुशनरले मस्कोमा राष्ट्रपति पुटिनसँग पाँच घण्टा लामो विस्तृत वार्ता गरेका थिए । उक्त छलफल सन् २०२२ फेब्रुअरीमा सुरु भएको रुस–युक्रेन द्वन्द्वलाई अन्त्यतिर लैजान केन्द्रित थियो ।

ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने, “पुटिनले हिजो जारेड कुशनर र स्टिभ विटकफसँग निकै सकारात्मक भेट गरे । त्यसबाट के निष्कर्ष निस्किन्छ भन्ने अहिले भन्न सकिन्न, किनकि यस्तो प्रक्रियामा दुवै पक्षको बराबर प्रयास आवश्यक हुन्छ । तर हाम्रो प्रतिनिधिमण्डलले उहाँ युद्धको अन्त्यतिर लाग्नुभएको छ भन्ने अनुभूति लिएर फर्किएको छ ।”

Hardik health

यद्यपि, क्रेमलिनका वरिष्ठ सल्लाहकार युरी उसाकोभले वार्तालाई ‘द्वन्द्व सुरु भएदेखि भएको सबैभन्दा व्यापक आदानप्रदान’ भने पनि मुख्य विषयमा कुनै ठोस सम्झौता नभएको पुष्टि गरे । उनका अनुसार समाधानका सम्भावित मार्गहरूको विस्तृत समीक्षा भए पनि प्रमुख विवादहरू यथावत् रहे ।

“हामी अहिले पनि युक्रेन संकट समाधानको नजिक पुगेका छैनौँ । अझ धेरै काम गर्न बाँकी छ”, उसाकोभले भने । उनका अनुसार चर्चाहरू राति ढिलोसम्म चले पनि ठोस प्रगति देखिएन ।रुसी पक्षबाट लगानी दूत किरिल दिमित्रिभसहित वरिष्ठ अधिकारीहरूको सहभागिता रहेको उक्त वार्तामा अमेरिकाले नयाँ प्रस्तावहरू पेस गरेको पुष्टि गरिएको छ । तर युक्रेनी भूभागसँग सम्बन्धित जटिल मुद्दाहरू प्रमुख अवरोधका रूपमा रहिरहे ।

उसाकोभका अनुसार दुवै पक्षले वार्ताको विवरण गोप्य राख्ने सहमति गरेका छन् । “छलफल गोप्य थियो र यसको सार हामी सार्वजनिक गर्दैनौँ”, उनले भने । यद्यपि, उनले कूटनीतिक संवाद निरन्तर हुने उल्लेख गर्दै पुटिनले विटकफमार्फत राष्ट्रपति ट्रम्पलाई ‘महत्त्वपूर्ण राजनीतिक सन्देशहरू’ पठाएको बताए । “अमेरिकी टोलीले आफ्ना निष्कर्षहरू राष्ट्रपति ट्रम्पलाई पेश गर्नेछ र हामीसँग थप सम्पर्क हुनेछ”, उनले भने ।

अमेरिकी प्रतिनिधिमण्डलसँग भेटभन्दा केहीअघि पुटिनले युरोपेली संलग्नताप्रति असन्तुष्टि व्यक्त गर्दै युरोपेली सङ्घ (इयु) का सरकारहरूले शान्ति प्रक्रियालाई अवरुद्ध गर्ने उद्देश्यले प्रस्तावहरू अघि सारिरहेको आरोप लगाएको थियो ।
 


प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०८२  १२:३६
प्रतिक्रिया दिनुहोस्
थप विश्व
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुनेको सङ्ख्या ८११ पुग्यो
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुनेको सङ्ख्या ८११ पुग्यो बुधबार, मंसिर १७, २०८२
गाजनहरुलाई आगामी दिनमा इजिप्ट जान अनुमति दिने तयारीमा इजरायल
गाजनहरुलाई आगामी दिनमा इजिप्ट जान अनुमति दिने तयारीमा इजरायल बुधबार, मंसिर १७, २०८२
एआईले धनी–गरिबको अन्तर अझ बढाउन सक्ने चेतावनी
एआईले धनी–गरिबको अन्तर अझ बढाउन सक्ने चेतावनी बुधबार, मंसिर १७, २०८२
दक्षिण कोरियामा लगातार मूल्यवृद्धि
दक्षिण कोरियामा लगातार मूल्यवृद्धि बुधबार, मंसिर १७, २०८२
अष्ट्रेलियाली सरकारद्वारा राष्ट्रिय ‘एआई योजना’ सार्वजनिक
अष्ट्रेलियाली सरकारद्वारा राष्ट्रिय ‘एआई योजना’ सार्वजनिक बुधबार, मंसिर १७, २०८२
सरकारी एप प्रीलोड आदेशले भारतमा बढायो गोपनीयता चिन्ता
सरकारी एप प्रीलोड आदेशले भारतमा बढायो गोपनीयता चिन्ता मंगलबार, मंसिर १६, २०८२
लोकप्रिय
  • Week
  • Month
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
नेपाल बौद्ध धर्म संरक्षण संघको ९ औँ अधिवेशन सम्पन्न,  नयाँ कार्यसमिति चयन
नेपाल बौद्ध धर्म संरक्षण संघको ९ औँ अधिवेशन सम्पन्न,  नयाँ कार्यसमिति चयन
हराएकाे माेबाइल धनीले पाए
हराएकाे माेबाइल धनीले पाए
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP