Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
समाचार
  • Home
  • समाचार
  • राष्ट्रिय व्यवसायिक पहल र मानव अधिकार जिम्मेवारीबारे राष्ट्रिय छलफल सम्पन्न
राष्ट्रिय व्यवसायिक पहल र मानव अधिकार जिम्मेवारीबारे राष्ट्रिय छलफल सम्पन्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर १८, २०८२

काठमाडौं- नेपालमा राष्ट्रिय व्यवसायिक पहल तथा मानव अधिकार (Business and Human Rights: B+HR व्यवसाय तथा मानव अधिकार ) को सुदृढीकरणका लागि छलफल सम्पन्न भएको छ । सुदृढीकरणका लागि बनाइएको राष्ट्रिय कार्ययोजना कार्यान्वयनका चुनौती र अवसरबारे बुधबार अन्तरक्रियात्मक छलफल सम्पन्न भएको हो।

बुधबार एभरेष्ट होटलमा आयोजित कार्यक्रममा मन्त्री, उच्च सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि, युवा कार्यकर्ताको सहभागिता थियो ।

अर्थ मन्त्री रामेश्वर खनालले निजी क्षेत्रलाई मानव अधिकारमैत्री व्यावसायिक अभ्यासतर्फ उन्मुख गराउन नीति तथा कानुनी संरचना सुदृढ गर्नुपर्नेमा जोड दिए । उनका अनुसार अनियमितता, भष्ट्राचार र गैरजिम्मेवार व्यवहारले मानव अधिकार मात्रै होइन, देशको आर्थिक स्थायित्वलाई समेत नोक्सान पुर्‍याउँछ। हालको जेन- जी आन्दोलनले  अनियमितता, भष्ट्राचार र गैरजिम्मेवार व्यवहारबाट सचेत रहन ज्ञात गराएको उनको भनाई छ ।

Hardik health

मानव अधिकार आयोगका अध्यक्ष टोप बहादुर मगरले आयोग मानव अधिकार सुनिश्चितताका लागि निरन्तर सक्रिय रहेको उल्लेख गरे । उनले मानव अधिकार मानव जीवनका सबै पक्षमा जोडिएको मौलिक तत्व रहेको बताए। उनले भने,'संविधानले श्रमिक, महिला, आदिवासी जनजाति, दलित र सीमान्तकृत समूहको अधिकार स्पष्ट संरक्षण गरेको छ। त्यसैगरी श्रमिकको ज्याला सुरक्षा आयोगको प्राथमिकतामा रहेको छ ।'

उनले आयोग बालश्रम, श्रम शोषण र लैंगिक विभेद विरुद्ध कठोर रुपमा उभिएको बताए। वातावरण संरक्षण र सामाजिक उत्तरदायित्व व्यवसाय तथा मानव अधिकारको अभिन्न अंगका रुपमा रहेको छ उनको भनाइ छ । निजी क्षेत्रसँग सहकार्य गर्दै अधिकारमैत्री वातावरण निर्माण गर्न आयोग प्रतिबद्ध रहेको अध्यक्ष मगरको भनाई छ ।

उद्योग तथा श्रम मन्त्री अनिल कुमार सिंहले नेपाली अर्थतन्त्रको मेरुदण्ड निजी क्षेत्र भएको उल्लेख गर्दै  देशको अर्थतन्त्र निजी क्षेत्रकै उपलब्धिबाट चलिरहेको  बताए। उनले भने,' जेन-जी पुस्ताले उठाएका विषयलाई सम्बोधन गरेर मात्र समावेशी आर्थिक वातावरण निर्माण सम्भव छ। भष्ट्राचार नियन्त्रण, सुशासन र पारदर्शिता अहिलेको मूल आवश्यकता रहेको छ।'

व्यवसायिक मानव अधिकार संस्थागत गर्न दीर्घकालीन स्थिरता आवश्यक रहेको मन्त्रीको भनाई छ। मन्त्रीले आफू जनप्रतिनिधिका रुपमा नभए जिम्मेवारीका रूपमा लिएर नागरिक हितका लागि काम गरिरहेको बताए । मन्त्रीले भने,आगामी निर्वाचनमा  निजी क्षेत्रबाट निष्पक्ष रुपमा सहभागी भई निर्वाचनलाई सफल बनाउनका लागि आह्वान गर्दछु।'

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका स-सचिव निश्चल राज पाण्डेयले व्यवसाय र मानव अधिकारमा मार्गदर्शन सिद्धान्तहरू द्वारा तोकिएको दायित्वअनुसार मन्त्रालय नीति तथा कार्यान्वयन दुवै पक्षमा सक्रिय रहेको बताए। उनले भने,'निजी क्षेत्रले नीतिगत नियम अनुसार अघि बढोस् भनेर मन्त्रालयले पहल गरिरहेकाे छ  । ५ वर्षे राष्ट्रिय कार्ययोजना सफल बनाउन निजी क्षेत्र महत्त्वपूर्ण साझेदार हो।' हाल भएको जोखिम मूल्यांकन गर्न र समस्य समाधानमा मन्त्रालय तत्पर रहेको पाण्डेयले बताए।


प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०८२  ११:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बिमा कार्यक्रमलाई व्यापक पुनर्संरचना गरिँदै
बिमा कार्यक्रमलाई व्यापक पुनर्संरचना गरिँदै शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: नेप्सेको पुनर्संरचना अघि बढाइने
बजेट २०८३/८४: नेप्सेको पुनर्संरचना अघि बढाइने शुक्रबार, जेठ १५, २०८३
अनुसन्धान तथा नवप्रवर्तनका लागि पुँजीगत खर्चको एक प्रतिशत विनियोजन
अनुसन्धान तथा नवप्रवर्तनका लागि पुँजीगत खर्चको एक प्रतिशत विनियोजन शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४ : एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माणको लक्ष्य
बजेट २०८३/८४ : एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माणको लक्ष्य शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: मुग्लिन आँबुखैरेनी सडक निर्माण सुरु गरिने
बजेट २०८३/८४: मुग्लिन आँबुखैरेनी सडक निर्माण सुरु गरिने शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: मोतिपुर र मयुरधाप औद्योगिक क्षेत्र निर्माण र सञ्चालनको जिम्मा निजी क्षेत्रलाई
बजेट २०८३/८४: मोतिपुर र मयुरधाप औद्योगिक क्षेत्र निर्माण र सञ्चालनको जिम्मा निजी क्षेत्रलाई शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४ : मध्य-मधेसमा कृषि र उद्योग केन्द्रित चतुर्भुज विकास कार्यक्रम
बजेट २०८३/८४ : मध्य-मधेसमा कृषि र उद्योग केन्द्रित चतुर्भुज विकास कार्यक्रम शुक्रबार, जेठ १५, २०८३
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP