Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
समाचार
  • Home
  • समाचार
  • बजेट कटौती र सेवासुविधा खोसिएको विषयमा राष्ट्रियसभा सांसद र अर्थमन्त्रीबीच नोकझोक
बजेट कटौती र सेवासुविधा खोसिएको विषयमा राष्ट्रियसभा सांसद र अर्थमन्त्रीबीच नोकझोक
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, मंसिर १७, २०८२

काठमाडौं -  सरकारले चालु आर्थिक वर्षको बजेटमा परेका केही योजनाको कटौती र राष्ट्रियसभा सांसद तथा पूर्वविशिष्टहरुको स्वकीय सचिवलगायत सेवा सुविधा खोसेको विषयमा संसदीय समितिमा नोकझोक चलेको छ । सङ्घीय संसद् राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको आजको बैठकमा सांसदहरू र अर्थमन्त्री रामेश्वरप्रसाद खनालबीच आरोप–प्रत्यारोप भएको हो ।

अहिलेको सरकारले राष्ट्रियसभाप्रति बदलाको भावले प्रेरित भएर काम गरिरहेको आरोप समितिका सदश्यहरुले लगाइरहँदा अर्थमन्त्री खनालले त्यसको प्रतिवाद मात्र गर्नुभएन अतिरञ्जित लाञ्छनाको पुष्टि गर्न चुनौतीसमेत दिए। गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि गठित विद्यमान सरकारले आर्थिक अनुशासन कायम गर्ने र आगामी निर्वाचनका लागि खर्च जुटाउने भन्दै चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा परेका टुक्रे आयोजनाको कटौती गरेको थियो ।

पूर्वतयारी नसकिएका, राजनीतिक पहुँच र शक्तिका आधारमा बजेटमा परेका, रु तीन करोडभन्दा कम लागतका टुक्रे आयोजना कटौती गर्ने नीति सरकारले लिएको छ । त्यस्तै, अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने भन्दै गत असोज ५ गतेको मन्त्रिपरिषद् बैठकले कानुनविपरीतका सेवा सुविधा कटौती गर्ने निर्णय गरेको थियो । सुशासन समितिको आजको बैठकमा सांसदहरुले यी दुई विषयलाई पेचिलोसँग उठाएका हुन् । समितिका सदस्य भुवनबहादुर सुनारले राजनीतिक दल र सांसदहरुप्रति अहिलेको सरकारको धारणा के हो ? भन्दै प्रश्न गरे ।  

“राष्ट्रियसभाका सांसदको स्वकीय सचिवको सेवा सुविधा कटौती भएको छ । बजेटमा परेका माननीयका योजना काटिए । हामी अन्यायमा पर्यौं”, उनको भनाइ थियो, “तीन करोड रुपैयाँभन्दा कमका आयोजना काट्ने भनिएको छ । राष्ट्रिय सभाका सांसदका १०० जति पनि योजना पनि बजेटमा परेका छैनन् । त्यसमा पनि सबै विकास योजना कटौती गरेर त हुँदैन होला ।”

Hardik health

अर्का सांसद विष्णुबहादुर विश्वकर्माले पनि सांसदको स्वकीय सचिव कटौती गरेको प्रती आक्रोश पोख्नुभयो । “राष्ट्रियसभा विद्वत्वर्गको सभा हो । लामो समय राजनीतिक योगदान गरेका व्यक्ति यहाँ छन् । यहाँ धनी र ठेकेदारका छोराछोरी कोहि छैनन् । सहारा चाहिने बेलामा सुविधा कटौती गरेर बेसहारा बनाईएको छ”, उनले भने । 

त्यस्तै, टुक्रे आयोजना कटौतीका नाममा सरकारले विकास विरोधी काम गरेको पनि उनको जिकिर छ । बजेटका योजना तथा कार्यक्रम कटौती गरेर करिब रु एक खर्ब २० अर्ब बराबर जोगाइएको भने पनि यसले विकास निर्माणका काम र मुलुकको समग्र आर्थिक अवस्थामा प्रतिकूल असर देखिने उनको भनाइ छ ।

सांसद शारदादेवी भट्टले अहिलेको सरकारले राष्ट्रियसभा सांसदको स्वकीय सचिवको सुविधा खोसेको तर सरकारमा रहेका व्यक्तिले भने त्यस्तो सुविधा लिएर आफैँमाथि नैतिकताको प्रश्न खडा गरेको बताए । “प्रधानमन्त्री आफूले स्वकीय सचिव राख्ने तर हामी सांसदको खोसिएको छ”, उनले भने । सांसदहरुले विमानस्थलमा अतिविशिष्ट कक्ष प्रयोग गर्न नपाएको प्रति पनि उनको गुनासो थियो ।

सांसद उर्मिला अर्यालले अहिलेको सरकारले बदलाको भावले प्रेरित भएर बजेट कटौती र सेवा सुविधा खोस्ने निर्णय गरेको आरोप लगाए । “पुर्वाधार निर्माणका लागि छुट्याइएको बजेट कटौती भएको छ । बजेट कटौती गर्नु भनेको सांसदप्रति बदलाको भावनाजस्तो हुन्छ । यस्तो नहोस्”, उनले भने । 

राष्ट्रियसभाका सांसदहरुले पनि विभिन्न समयका राजनीतिक परिवर्तनका लागि योगदान दिएको बताउँदै अहिलेको सरकारले त्यसको सम्मान गर्न नसकेको बताए । त्यस्तै, काम सुरु भइसकेका आयोजनामा बजेट कटौती हुँदा त्यसले थप समस्या सृजना गरेको उनको भनाइ छ । जेनजी आन्दोलनका घाइतेको सही व्यवस्थापन र रेखदेख भए–नभएकोबारे पनि उनले सरकारसँग प्रश्न गरे।

सांसदहरुको जवाफमा अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सरकारका कामप्रति अनावश्यक शङ्का–उपशङ्का र लान्छना लगाउने काम भएको प्रतिक्रिया जनाए । “लाञ्छना लगाउने शैलीमा केही विषय आएका छन् । यसमा म के स्पष्ट गर्न चाहान्छु भने, नेपाल सरकारको बजेट बचाएर अर्थमन्त्री र सचिवको कम्पनीमा लगानी भएको छैन । यो गलत हो । यदि हामीले गलत गरेका रहेछौँ भने अख्तियारलगायतका निकायले हेर्ने नै छन्”, अर्थमन्त्री खनालको भनाइ थियो, “सामाजिक सञ्जालतिर आएका र हल्लाका भरमा अनावश्यक लान्छना लगाउन भएन । हामीलाई सोधेको भए वास्तविकता के हो भन्थ्यौँ । सार्वजनिक रुपमा लाञ्चना लगाउन अघि त्यो साचो हो वा होइन भनेर आफैँ पनि सोधखोज गर्नुपथ्र्यो ।”
 
सुशासन कायम गर्न र सरकारको कोषलाई व्यवस्थित गर्न यी कदमहरु चालिएको बताउनुहुँदै अर्थमन्त्री खनालले मापदण्ड बमोजिम र कानुनले व्यवस्था गरेका कुनै पनि सेवा सुविधा कटौती नभएको स्पष्ट पारे । राष्ट्रियसभा सांसदहरुलाई स्वकीय सचिवलगायतका सेवा सुविधा दिने हो भने कानुन बनाएर जान सकिने पनि उनको भनाई थियो ।

 “म आफैँले स्वकीय सचिव लिएको छैन । घरमा सुरक्षाकर्मी पनि छैनन् । स्वकीय सचिव नभैकन काम गर्न सकिँदैन भने कानुन बनाएर अनुसुचीमा थप गरेर जान सकिन्छ”, अर्थमन्त्री खनालले भने ।चालु आर्थिक वर्षको बजेटका केही योजना तथा कार्यक्रम कटौती गर्नुमा मुख्यतः बजेट अनुशासन र मितव्ययिता कायम गर्नु ध्येय रहेको उाको भनाइ छ । “पूर्वतयारी नभएका, शक्ति र पहुँचका आधारमा अन्तिम समयमा बजेटमा परेका योजना कटौती गरिएको हो । कतिपय मन्त्रालय स्वयंले कार्यान्वयन गर्ने क्षमताभन्दा तीन गुणा बढी आयोजना बजेटमा परेका छन्”, अर्थमन्त्री खनालले भने, “अहिले सङ्घीय सरकारको सञ्चित कोष रू दुई खर्ब ३६ अर्ब घाटामा छ । प्रदेश र स्थानीय तहले खर्च गर्न नसकेको रकमले कोष व्यवस्थापन भइरहेको छ ।” 

ठेक्का प्रक्रियामा गइसकेका योजना तथा कार्यक्रमको भने बजेट फुकुवा गरिने उनले उल्लेख गरे । “यदि कटौतीमा परेको कुनै योजना टेण्डर प्रक्रियामा गइसकेको छ भने मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबीआइएस)मा खुला हुन्छ । अहिले पनि करिब रु १६ अर्ब जति फुकुवा भइसकेको छ”, अर्थमन्त्री खनालले भने ।

अहिलेको सरकारले सकेसम्म आगामी सरकारलाई दायित्व थप्ने गरी काम नगर्ने, पूरक बजेट नल्याउने र दीर्घकालीन दायित्व सृजना नगर्ने गरी काम गरिरहेको अर्थमन्त्री खनालको भनाइ छ । त्यस्तै, आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि खर्च जोहो गर्नुपर्ने र त्यसका लागि विद्यमान बजेटभित्रै स्रोत खोज्नुपर्ने भएकाले अर्थ मन्त्रालयको समस्या पनि सांसदहरुले बुझिदिनुपर्ने उनको आग्रह थियो ।

 


प्रकाशित मिति: बुधबार, मंसिर १७, २०८२  १६:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बिमा कार्यक्रमलाई व्यापक पुनर्संरचना गरिँदै
बिमा कार्यक्रमलाई व्यापक पुनर्संरचना गरिँदै शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: नेप्सेको पुनर्संरचना अघि बढाइने
बजेट २०८३/८४: नेप्सेको पुनर्संरचना अघि बढाइने शुक्रबार, जेठ १५, २०८३
अनुसन्धान तथा नवप्रवर्तनका लागि पुँजीगत खर्चको एक प्रतिशत विनियोजन
अनुसन्धान तथा नवप्रवर्तनका लागि पुँजीगत खर्चको एक प्रतिशत विनियोजन शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४ : एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माणको लक्ष्य
बजेट २०८३/८४ : एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माणको लक्ष्य शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: मुग्लिन आँबुखैरेनी सडक निर्माण सुरु गरिने
बजेट २०८३/८४: मुग्लिन आँबुखैरेनी सडक निर्माण सुरु गरिने शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: मोतिपुर र मयुरधाप औद्योगिक क्षेत्र निर्माण र सञ्चालनको जिम्मा निजी क्षेत्रलाई
बजेट २०८३/८४: मोतिपुर र मयुरधाप औद्योगिक क्षेत्र निर्माण र सञ्चालनको जिम्मा निजी क्षेत्रलाई शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४ : मध्य-मधेसमा कृषि र उद्योग केन्द्रित चतुर्भुज विकास कार्यक्रम
बजेट २०८३/८४ : मध्य-मधेसमा कृषि र उद्योग केन्द्रित चतुर्भुज विकास कार्यक्रम शुक्रबार, जेठ १५, २०८३
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP