Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #जनकराज_गिरी
  • #नेपाल पर्यटन बोर्ड
  • #फेब्रुअरी_पर्यटक
  • #इरान_इजरायल
  • #कोल्टन_खानी_दुर्घटना
  • #नेपाल रेडक्रस सोसाइटी
  • #क्लिन_स्वीप
  • #डा स्वर्णिम वाग्ले
  • #इन्दिरा मानन्धर
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • एचआइभी सङ्क्रमित खुल्दा र नखुल्दा दुवैमा समस्या
एचआइभी सङ्क्रमित खुल्दा र नखुल्दा दुवैमा समस्या
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, मंसिर १७, २०८२

चितवन -  एचआइभी एड्स सङ्क्रमित खुल्दा र नखुल्दा दुवैमा समस्या हुने गरेको पाइएको छ । यहाँका सङ्क्रमितहरुले खुल्दा रोजगारी र घरपरिवारमा समस्या हुने गरेको एवं नखुल्दा सेवा पाउन समस्या हुने गरेको बताएका छन् । माडी नगरपालिकाकी अस्मिता महतो (नाम थर परिवर्तित)ले सङ्क्रमित भनेर खुल्दा रोजगारी नपाउने र नखुल्दा सेवा नपाउने गरेको गुनासो गरे ।

उनले भने, “खुल्दा पनि समस्या नखुल्दा पनि समस्या कसरी हामीले काम गर्ने ?”  आफुले काम गरिराखेको संस्थाले एचआइभी सङ्क्रमित भन्ने थाहा पाएपछि कामबाट निकाला गरेको उनले बताए। आफूले एआरटी खान थालेको थाहा भएपछि रोजगारी खोसिएको उनले गुनासो गरे । परिवार चलाउन समस्या परेर काम गर्दा पनि रोजगारीबाट निकालिएको गुनासो गर्दै उहाँले सङ्क्रमित भनेर खुल्दा समस्या भएको बताए

परिवारबाट सहयोग पाए पनि काम गर्ने स्थानमा भने सहयोग नपाएको उनले गुनासो गरे। भरतपुर महानगरपालिकाकी ५६ वर्षीया अम्बिका देवकोटा (नाम थर परिवर्तित)ले सङ्क्रमित नखुल्दा पनि समस्या हुने गरेको गुनासो गरे । आफूले विसं २०६९ देखि एचआइभी एड्स सङ्क्रमित भएर औषधि खाँदै गर्दा पनि अहिलेसम्म खुल्न नसकेको उनले बताए। 

Hardik health

औषधि खाँदै गरेको भए पनि घरमा छोरालाई बाहेक कसैलाई थाहा नदिएको उनको भनाइ छ । उपचारका क्रममा आफ्नो व्यापार व्यवसाय सबै गुमाएको भए पनि उहाँ अहिलेसम्म खुलेर आउन सकेका छैन । उनले भने, “किराना व्यवसाय गरेका थियौँ, त्यो पनि सकियो, अहिले ज्याला मजदुरी गरेर बस्नुपरेको छ ।”  

कालिका नगरपालिकाकी अस्मिता सुवेदी (नामथर परिवर्तित) आफूलाई सङ्क्रमित भएको थाहा पाएपछि परिवारबाट समेत हेला हुनु परेको बताए । आफू अहिले ५६ वर्ष भए पनि सुरुआती समयमा सासू र नन्दले घरबाट बाहिर निकालेपछि त्रिपाल टाँगेर बस्नुपरेको गुनासो गरिन्  । 

उनले भनिन् , “श्रीमानका कारण आफूले परिवारबाट पाउनुपर्ने दुःख पाएको छु, परिवारले खान नदिएर छिछि र दुरदुर गर्ने गरेका थिए ।” पानी लिन धारामा जाँदासमेत परिवारका सदस्यले अन्य धारा प्रयोग गर्ने गरेको भए पनि अहिले खुलेपछि भने पाउने सहयोग पाएको उनको भनाइ थियो । अहिले औषधि खाँदै समाजमा परिवर्तनका लागि काम गर्दै आएको उनले बताए । आफू घर परिवार र समाजमा परिचित भए पनि मिडियामा नाम नराख्न उनको आग्रह छ ।  

बागलुङका ६५ वर्षीय रामचन्द्र आचार्य (नाम थर ठेगाना परिवर्तित)ले खुलेर आउन नसक्दा समाजमा गुम्सिएर बस्नुपरेको बताए । खुलेर आउँदा समाजले सुरुवातमा समस्या परे पनि अहिले त्यस्तो समस्या नभएको भन्दै सबैले मिलेर एड्ससँग लड्नुपर्ने उनले बताए । आफूलाई सङ्क्रमण देखिएपछि काम गरेको कम्पनीले निकालेर नेपाल आउँदा घरपरिवारबाट समेत घृणाको व्यवहार बेहोर्नुपरेको उनले बताए । रोजगारी गर्न जाँदासमेत कार्यालयका अन्य कर्मचारीले हेर्ने दृष्टिकोण परिवर्तन नहुँदा समस्या झेल्नु परेको उनले बताए ।

भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा प्रमोद पौडेलले सन् २०३० सम्ममा एचआइभी एड्स सङ्क्रमण शून्यमा झार्ने योजनासहित काम गरिएको बताए । अहिले सङ्क्रमण नियन्त्रण र सङ्क्रमितको स्वास्थ्यलाई मध्यनजर गर्दै काम गरिएको उहाँको भनाइ छ । उनले भने “अहिले पहिलेको तुलनामा खासै ठूलो समस्या नभए पनि यसलाई शून्यमा झार्नका लागि समुदायमा चेतना बढाउन आवश्यक छ ।”  एएचएफ नेपाल भरतपुर अस्पतालका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाले एचआइभी सङ्क्रमितलाई समाजले सहज रुपमा लिएर राम्रो व्यवहार गरिदिनुपर्ने बताए । खुलेर नियमित औषधि खाएमा रोग नियन्त्रण गर्न सकिने उहाँको भनाइ छ ।
 


प्रकाशित मिति: बुधबार, मंसिर १७, २०८२  १४:५५
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
हृदय-सम्बन्धी रोग रोकथाममा सिंगापुरको नयाँ प्रविधि
हृदय-सम्बन्धी रोग रोकथाममा सिंगापुरको नयाँ प्रविधि शुक्रबार, फागुन २२, २०८२
नेपाल रेडक्रसका प्राथमिक उपचार स्वयंसेवक मतदान केन्द्र परिसरमा परिचालित
नेपाल रेडक्रसका प्राथमिक उपचार स्वयंसेवक मतदान केन्द्र परिसरमा परिचालित बिहीबार, फागुन २१, २०८२
अस्पतालमा ‘दु्रत प्रतिकार्य टोली’ गठन
अस्पतालमा ‘दु्रत प्रतिकार्य टोली’ गठन बुधबार, फागुन २०, २०८२
वीर अस्पतालमा द्रुत कार्यदल गठन
वीर अस्पतालमा द्रुत कार्यदल गठन मंगलबार, फागुन १९, २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचनका समयमा स्वास्थ्य सेवालाई निरन्तर राख्ने :मन्त्रालय
प्रतिनिधि सभा सदस्य निर्वाचनका समयमा स्वास्थ्य सेवालाई निरन्तर राख्ने :मन्त्रालय बिहीबार, फागुन १४, २०८२
कैलाली-कञ्चनपुरमा बंगुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि, सतर्क रहन आग्रह
कैलाली-कञ्चनपुरमा बंगुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि, सतर्क रहन आग्रह बिहीबार, फागुन १४, २०८२
बाँकेमा सात हजार ८९७ किशोरीलाई एचपिभी खोप लगाइयो
बाँकेमा सात हजार ८९७ किशोरीलाई एचपिभी खोप लगाइयो बुधबार, फागुन १३, २०८२
लोकप्रिय
  • Week
  • Month
देशभित्रै गरिखाने वातावरण बनोस्
देशभित्रै गरिखाने वातावरण बनोस्
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
भोट के मा ? 
भोट के मा ? 
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
तराईका जिल्लामा आज होली मनाइँदै
तराईका जिल्लामा आज होली मनाइँदै
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP