Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
समाचार
  • Home
  • समाचार
  • खोटाङको खार्मीमा दुमी किरात राईहरु
खोटाङको खार्मीमा दुमी किरात राईहरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, मंसिर १७, २०८२

खोटाङ - देश तथा विदेशमा रहेका दुमी किरात राईहरु खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा भेला भएका छन् । दुमी किरात राई फन्सीकीमको आठौँ राष्ट्रिय महाधिवेशनका लागि नेपालसहित छिमेकी देश भारतको सिक्किम र दार्जिलिङ तथा हङकङ, अमेरिका र बेलायतमा बसोबास गर्ने दुमी किरात राईहरु खार्मीस्थित रुधालुङमा भेला भएका हुन् । 

‘पुख्र्यौली ज्ञान, साझा पहिचान’ भन्ने नाराका साथ सुरु भएको आठौँ राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयन, आर्थिक तथा साङ्गाठानिक प्रतिवेदन पारित र भावी रणनीति निर्माण गर्ने आयोजक दुमी किरात राई फन्सीकीमका महासचिव तेजमाया मुरह दुमी राईले जानकारी दिए । 

किरात समुदायको महान चाड छीरीयाम्लो (उँधौली) को अवसर पारेर आयोजना गरिएको महाधिवेशनले एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, दुई जना उपाध्यक्ष, एक जना महासचिव, तीन जना सचिव, एक कोषाध्यक्ष र एक जना सहकोषाध्यक्षसहित २१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्ने जनाइएको छ । 

Hardik health

महाधिवेशनको औपचारिक उद्घाटन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले ब्यानर वाचन गरेर तथा दुमी किरात राईहरुको नाग्रे कुबी (पित्रे धामी) ले तीन चुल्हा पुजेर गरेका छन् । महाधिवेशन उद्घाटनमा साकेला सिली, मारुनी नाच, कुबी तथा तयातंकुबाट मुन्दुमी बखान लगायतका कार्यक्रम प्रदर्शन गरिएको छ । 

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख भट्टराईले खोटाङ किरात भूमि भएकाले नगरपालिकाको लेटर प्याडमा किरात लिपि समावेश गरिएको जानकारी दिएका छन्  । “म भट्टराई परिवारमा जन्म लिए पनि किराती हुँ । हामीलाई किराती हुनुमा गर्व लाग्छ । त्यसैले नगरपालिकाले गर्ने हरेक क्रियाकलापमा मुन्दुमी कुराहरु जोडेर गर्ने गरेका छौँ”, उनले भने, “मुन्दुम अन्तरराष्ट्रिय चित्रकला प्रदर्शनी सम्पन्न गरिसकेका छौँ । विभिन्न ४० देशका ख्याति प्राप्त चित्रकारहरुले क्यानभासमा उतारेका चित्र संकलन गरेर मुन्दुम अन्तरराष्ट्रिय चित्रकला सङ्ग्राहलय स्थापना गरेका छौँ । यसले किराती सभ्यतालाई विश्वभर चिनाउन मद्दत गरेको छ ।”

माझ किरात भनेर चिनिने खोटाङको खार्मीस्थित रुधालुङको जगत आधारभूत विद्यालयको प्राङ्गणमा दुई दिनसम्म सञ्चालन हुने महाधिवेशनमा दुमी किरात राईहरुको वङ्शावलीसमेत विमोचन गरिएको छ । संस्कृतिविद् चतुरभक्त राईले संकलन, लेखन तथा सम्पादन गरेको ९५० पृष्ठको वङ्शावलीमा दुमी किरात राईहरुको २२ पाछा तथा ११ सामायी समेटिएको छ । 

करिब ३२ वर्ष लगाएर तयार पारिएको दुमी किरात राईहरुको वङ्शावली संकलन, लेखन तथा सम्पादन गर्ने संस्कृतिविद् राईलाई फन्सीकीमले सफरी (फेटा) बाँधेर ताम्रपत्रसहित सम्मान गरेको छ । किरात राई संस्कार तथा संस्कृति झल्कने विभिन्न स्टल राखिएको महाधिवेशन कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राई, केपिलासगढी गाउँपालिकाका प्रमुख समिर राई, साम्पाङ राई जुम्लेखाका केन्द्रीय अध्यक्ष वीरकाजी राई, खार्मीका वडाध्यक्ष ईखबहादुर राई, जालपाका वडाध्यक्ष दानबहादुर राई, नेर्पाका वडाध्यक्ष माधव राई, किरात पुर्खा, संस्कृतिविद्, कुबी तथा तथा तयातंकु लगायतको उपस्थिति थियो । 

किरात यले सम्वत् (यल थो ५०८५) को अवसर पारेर आयोजना गरिएको राष्ट्रिय महाधिवेशनमा शुभकामना आदानप्रदान, सांस्कृतिक झाँकी प्रदर्शन तथा बुढापाकाबाट मुन्दुमी ज्ञानसमेत आदानप्रदान गरिने आयोजक दुमी किरात राई फन्सीकीमका केन्द्रीय अध्यक्ष डा नेत्रमणि हलक्सु दुमी राईले जानकारी दिएका छन् । दुमी किरात राई समुदायले खोटाङको खार्मी, जालपा, बाक्सिला, सप्तेश्वर र माक्पालाई आफूहरुको उद्गम थलो मान्ने गरेका छन् ।


प्रकाशित मिति: बुधबार, मंसिर १७, २०८२  ११:१०
#दुमी_राई
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बिमा कार्यक्रमलाई व्यापक पुनर्संरचना गरिँदै
बिमा कार्यक्रमलाई व्यापक पुनर्संरचना गरिँदै शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: नेप्सेको पुनर्संरचना अघि बढाइने
बजेट २०८३/८४: नेप्सेको पुनर्संरचना अघि बढाइने शुक्रबार, जेठ १५, २०८३
अनुसन्धान तथा नवप्रवर्तनका लागि पुँजीगत खर्चको एक प्रतिशत विनियोजन
अनुसन्धान तथा नवप्रवर्तनका लागि पुँजीगत खर्चको एक प्रतिशत विनियोजन शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४ : एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माणको लक्ष्य
बजेट २०८३/८४ : एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माणको लक्ष्य शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: मुग्लिन आँबुखैरेनी सडक निर्माण सुरु गरिने
बजेट २०८३/८४: मुग्लिन आँबुखैरेनी सडक निर्माण सुरु गरिने शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: मोतिपुर र मयुरधाप औद्योगिक क्षेत्र निर्माण र सञ्चालनको जिम्मा निजी क्षेत्रलाई
बजेट २०८३/८४: मोतिपुर र मयुरधाप औद्योगिक क्षेत्र निर्माण र सञ्चालनको जिम्मा निजी क्षेत्रलाई शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४ : मध्य-मधेसमा कृषि र उद्योग केन्द्रित चतुर्भुज विकास कार्यक्रम
बजेट २०८३/८४ : मध्य-मधेसमा कृषि र उद्योग केन्द्रित चतुर्भुज विकास कार्यक्रम शुक्रबार, जेठ १५, २०८३
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP