Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
समाचार
  • Home
  • समाचार
  • नेपाल-चीन महिला सहकार्यको ऐतिहासिक सम्मेलन
नेपाल-चीन महिला सहकार्यको ऐतिहासिक सम्मेलन
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, मंसिर १७, २०८२

काठमाडौं - जनवादी गणतन्त्र चीनको सिजाङ (तिब्बत) प्रान्तको परराष्ट्र मामिला कार्यालयको निमन्त्रणामा आयोजित महिला सम्मेलनमा नेपाल-चीन महिला सहकार्य गर्ने विषयमा छलफल भएको छ ।

यही मङ्सिर ८ गतेदेखि १२ गतेसम्म सिजाङ स्वायत्त क्षेत्रको ल्हासा सहरमा भएको उक्त सम्मेलनमा महिला अधिकार, कानुन र तिब्बती उपचार पद्धतिका साथै महिला उद्यमशीलता, पर्यटन, जडीबुटी र हस्तकलाको विकासमा दुवै देशबीच सहकार्यका सम्बन्धमा छलफल भएको छ ।  

सम्मेलनमा आदिवासी जनजाति आयोगकी सदस्य रीना रानाले नेपाली महिला प्रतिनिधिमण्डलको नेतृत्व गरेकी थिइन्  । नेपाल–चीन कूटनीतिक सम्बन्धको ७० वर्षे यात्रामा दुवै देशका महिलाबीचको यो पहिलो औपचारिक महिला सम्मेलन भएको थियो । सम्मेलनले दुई देशबीचको मैत्रीपूर्ण सहकार्य अझ सुदृढ गर्दै महिला विकासका नयाँ मार्गहरू पहिचान गरेको आयोगका सदस्य रानाको भनाइ छ ।

समावेशी नेपाली प्रतिनिधिमण्डलमा महिला उद्यमी महासङ्घ नेपालकी अध्यक्ष शोभा ज्ञवाली, उपाध्यक्ष सुनिता वैद्य श्रेष्ठ, राष्ट्रिय समाचार समिति (रासस) का पत्रकार कालिका खड्का, उद्योग परिसङ्घ युवा उद्यमी मञ्चकी उपाध्यक्ष निदा डोन मल्ल, नेपाल ‘ल’ क्याम्पसका सहायक प्राध्यापक डा विष्णु बस्याल, नेपालस्थित चिनियाँ दूतावासका युवा सदस्यहरु सदस्य कुन्दन शर्मा (मेकालिनकल इञ्जिनियर) र श्रीया गिरी (मानसिक स्वास्थ्य विद्), जेनजी पुस्ताकी प्रतिनिधि ओजस्वी भट्टराई र आयोगका सदस्य रानाकी सहयोगी प्रतिक्षा घले गुरुङ सहभागिता रहेको थियो ।

Hardik health

“यो सम्मेलन नेपाल–¬चीनका महिलाबीचको संवाद मात्र होइन, दुई देशका महिलाका बहुआयामिक क्षेत्रमा सहकार्यको नयाँ सुरुवात भएको छ”, आयोगका सदस्य रानाले भनिन, “यसलाई निरन्तरता दिन सकियो भने दुवै देशका महिला र युवाको भविष्य उज्यालो हुनेछ ।”नेपाली प्रतिनिधिमण्डलले तिब्बती उपाचार पद्धतिको अवलोकनका क्रममा सहभागीहरूको स्वास्थ्य परीक्षणसमेत गरिएका थिए । आयोगकी सदस्य रानाले स्वास्थ्य परीक्षणपछि भनिन्, “तिब्बती उपचार पद्धति सस्तो, सरल र नेपाली आदिवासी उपचार विधिसँग अत्यन्त मिल्दोजुल्दो रहेछ, नेपालमै यसका तालिम उपलब्ध गराउने सम्भावना सकारात्मक रूपमा व्यक्त गरिएको छ, जुन असाध्यै राम्रो हो ।”

महिला अधिकारबाट आर्थिक विकाससम्म कार्यक्रममा नेपाल र चीनका महिलाबीच–महिला अधिकारका कानुनी विकास, सरकारी सेवा प्राप्तिमा महिलाको अवस्था, स्वास्थ्य, शिक्षा र उद्यमशीलताबारे विस्तृत रुपमा छलफल भएको थियो । महिलाको आर्थिक उत्पादन, सामाजिक पहुँच र नेतृत्व विकासका क्षेत्रमा दुवै देशका प्रतिनिधिबीच अनुभव र विचार साटासाट गरिएको थियो । 
 
सम्मेलनमा सिजेङ प्रान्तका वैदेशिक मामिला कार्यालयका उपमहानिर्देशक ओयाङ झिबिङले सम्मेलनलाई नेपाल–चीन मित्रताको ७० वर्षमा महिलामार्फत सुरु भएको पहिलो औपचारिक सहकार्य भएकाप्रति खुसी व्यक्त गरिन् । उनले भनिन्, “दुवै देशका महिलाबीचको संवादले कूटनीतिक सम्बन्धमा नयाँ जीवन र ऊर्जा थप्नेछ भन्ने विश्वास लागेको छ ।”  सम्मेलनको उद्देश्य नेपाल–चीन मैत्रीपूर्ण सहकार्यलाई मजबुत बनाउने, महिलाको क्षेत्रमा गुणस्तरीय विकास अभिवृद्धि गर्न सहयोग पुर्‍याउने, कानुन, मानवअधिकार, स्वास्थ्य, शिक्षा, पर्यटन, जडीबुटी, हस्तकला क्षेत्रमा सहकार्यका साथै नयाँ सम्भावना पहिचान गर्ने रहेको उनको भनाइ थियो ।

प्रतिनिधिमण्डलले तिब्बती उपचार पद्धतिमा प्रयोग हुने प्राकृतिक जडीबुटी, आदिवासी ज्ञान र उपचार विधि नजिकबाट अध्ययन गर्नुभएको थियो । उद्यमशीलता, पर्यटन र जडीबुटीमा सहकार्यका नयाँ ढोका सफल भएको भन्दै महिला उद्यमी महासङ्घकी अध्यक्ष शोभा ज्ञवाली भ्रमण अत्यन्त सफल र फलदायी रहेको भनाइ व्यक्त गरिन् ।

“सम्मेलनमा उद्यमशीलता क्षेत्रका अवसर, चुनौती र भविष्यका सम्भावनाबारे गहन छलफल भयो”, उनले भनिन्, “नेपाली उद्यमीलाई निःशुल्क सीप विकास तालिम र उद्यमशीलता अभिवृद्धि कार्यक्रम उपलब्ध गराउने सम्बन्धमा सकारात्मक प्रतिबद्धता प्राप्त भयो ।”

पर्यटन, जडीबुटी, कृषि तथा हस्तकला प्रवर्द्धनका क्षेत्रमा दुवै पक्षबीच दिगो सहकार्यका बुँदाहरूमा विस्तृत विचार–विमर्श हुनु आफैमा महत्वपूर्ण भएको उल्लेख गर्दै उहाँले तिब्बती उपचार पद्धति नेपालका मुस्ताङ, मनाङ, हुम्ला, डोल्पा जस्ता उत्तरी भूभागमा उपयोगी हुन सक्ने उनको विश्लेषण छ ।

युवा उद्यमी, पत्रकार, कानुन व्यवसायी तथा मेकानिकल इञ्जिनियरहरूको सहभागिताले सम्मेलनलाई नयाँ पुस्ताको दृष्टिकोणले समृद्ध बनाउँदै चिनियाँ पक्षले नेपालका युवालाई सीप विकास, शिक्षा र प्रविधिमैत्री परियोजनामा सहयोग गर्ने विश्वास दिलाएको छ । सिजाङ प्रान्तले महिलाका निःशुल्क शिक्षा, सुरक्षित आवासगृह, महिला–केन्द्रित परियोजन सञ्चालन गरेको छ ।

नेपालीले बनाएका हस्तकला सामग्री चीनमा लोकप्रिय हुँदै गएको देखिनुले दुवै देशबीच सांस्कृतिक र आर्थिक सहकार्यक्षेत्र अझ व्यापक बन्ने सङ्केत दिएको नेपाली प्रतिनिधिमण्डलको अनुभव छ । सहकार्यको यात्रा निरन्तर भएमा सम्मेलन उपलब्धिमूलक, अर्थपूर्ण र भविष्य–सुखी रहेको सहभागीहरूको ठम्याइ छ । दुवै देशका महिलाबीच स्थापित भएको सम्बन्धले कूटनीतिक सम्बन्ध, महिला नेतृत्व, स्वास्थ्य, उद्यमशीलता, पर्यटन, कृषि तथा जडीबुटी उद्योग सबै क्षेत्रमा नयाँ सम्भावना खोलेको नेपाली भ्रमण टोलीको अनुभव छ ।


प्रकाशित मिति: बुधबार, मंसिर १७, २०८२  १०:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बिमा कार्यक्रमलाई व्यापक पुनर्संरचना गरिँदै
बिमा कार्यक्रमलाई व्यापक पुनर्संरचना गरिँदै शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: नेप्सेको पुनर्संरचना अघि बढाइने
बजेट २०८३/८४: नेप्सेको पुनर्संरचना अघि बढाइने शुक्रबार, जेठ १५, २०८३
अनुसन्धान तथा नवप्रवर्तनका लागि पुँजीगत खर्चको एक प्रतिशत विनियोजन
अनुसन्धान तथा नवप्रवर्तनका लागि पुँजीगत खर्चको एक प्रतिशत विनियोजन शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४ : एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माणको लक्ष्य
बजेट २०८३/८४ : एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माणको लक्ष्य शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: मुग्लिन आँबुखैरेनी सडक निर्माण सुरु गरिने
बजेट २०८३/८४: मुग्लिन आँबुखैरेनी सडक निर्माण सुरु गरिने शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: मोतिपुर र मयुरधाप औद्योगिक क्षेत्र निर्माण र सञ्चालनको जिम्मा निजी क्षेत्रलाई
बजेट २०८३/८४: मोतिपुर र मयुरधाप औद्योगिक क्षेत्र निर्माण र सञ्चालनको जिम्मा निजी क्षेत्रलाई शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४ : मध्य-मधेसमा कृषि र उद्योग केन्द्रित चतुर्भुज विकास कार्यक्रम
बजेट २०८३/८४ : मध्य-मधेसमा कृषि र उद्योग केन्द्रित चतुर्भुज विकास कार्यक्रम शुक्रबार, जेठ १५, २०८३
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP