Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विश्व
  • Home
  • विश्व
  • श्रीलंकामा बाढीको प्रकोपमा १५९ जनाको मृत्यु
श्रीलंकामा बाढीको प्रकोपमा १५९ जनाको मृत्यु
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, मंसिर १४, २०८२

एएफपी- श्रीलंकामा बाढीको प्रकोपमा १५९ जनाको मृत्यु भएकाे छ । राजधानी तथा देशभरिका धेरै भागमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको सङ्ख्या कम्तीमा १५९ पुगेको अधिकारीहरूले बताएका हुन् । 

शक्तिशाली चक्रवात दितवाहबाट सुरु भएको प्रकोपपछि अहिले पनि राजधानी कोलम्बोका केही भागमा तीव्र रूपमा पानी बढिरहेको छ । विशेषगरी केलानी नदीको सतह निरन्तर उक्लिँदा उत्तरी क्षेत्र ठूलो बाढीको चपेटामा परेको विपद् व्यवस्थापन केन्द्र (डिएमसी) ले जनाएको छ ।

गत हप्ताभरि परेको अविरल वर्षासँगै शनिबार श्रीलंकाबाट टाढा सरेको चक्रवातका कारण डिएमसीले मृतक सङ्ख्या १५९ पुगेको र २०३ जना नागरिक बेपत्ता रहेको पुष्टि गरेको छ । “चक्रवातले देश छाडे पनि माथिल्लो क्षेत्रमा परेको भीषण वर्षाले केलानी नदी किनारका तल्लो बस्तीहरू अहिले डुबानमा परेका छन्”, डिएमसीका एक वरिष्ठ अधिकारीले भने ।

Hardik health

राष्ट्रपति अनुरा कुमारा दिसानायकले चक्रवातको गम्भीर परिणामलाई मध्यनजर गर्दै शनिबार नै देशभर आपतकालिन अवस्था घोषणा गरेका छन् । उनले अन्तर्राष्ट्रिय सहयोगका लागि अनुरोधसमेत गरेका  छ । राष्ट्रपतिको अपिलपछि भारतले तुरुन्तै राहत सामग्री तथा उद्धारकार्यका लागि चालक दलसहित दुईवटा हेलिकप्टर पठाई पहिलो प्रतिक्रिया दिएको छ । जापानले पनि तत्कालीन आवश्यकताको मूल्यांकन गर्न आफ्नो टोली पठाउने र साथै थप सहयोग उपलब्ध गराउने वाचा गरेको छ ।

यद्यपि टापुभर वर्षा केही कम भए पनि सबैभन्दा बढी प्रभावित मध्य प्रान्तका धेरै सडकहरू अहिले पनि कतै–कतै क्षतिग्रस्त अवस्थामा रहेको डिएमसीले जनाएको छ । चक्रवात र बाढीको संयुक्त प्रभावले देशभर २० हजारभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने एक लाख २२ हजारभन्दा बढी नागरिक राज्यद्वारा सञ्चालित अस्थायी आश्रयस्थलमा बस्न बाध्य भएका छन् । त्यसैगरी, बाढीबाट विस्थापित भएपछि थप आठ लाख ३३ हजार मानिसलाई तत्काल मानवीय सहायताको आवश्यकता परेको अधिकारीहरूले बताएका छन् ।

राहत तथा उद्धार कार्यलाई तीव्र बनाउन सेना, नौसेना, वायुसेना, नागरिक सुरक्षाकर्मी तथा स्वयंसेवकहरू देशका विभिन्न ठाउँमा तैनाथ गरिएको छ । बाढीका कारण देशको करिब एकतिहाइ भागमा बिजुली आपूर्ति अवरुद्ध भएको छ भने पानी शुद्धीकरण केन्द्रहरू डुबानमा परेकाले सुरक्षित पिउने पानीको अभाव बढेको छ । साथै, इन्टरनेट जडानसमेत व्यापक रूपमा अवरुद्ध भएको छ ।

यो चक्रवात सन् २०१७ यताकै सबैभन्दा घातक प्राकृतिक प्रकोप बनेको अधिकारीहरूले स्मरण गराएका छन् । सन् २०१७ मा बाढी तथा भूस्खलनका कारण २०० भन्दा बढीको ज्यान गएको थियो । त्यस्तै, सन् २००३ मा आएको ऐतिहासिक बाढीमा २५४ जनाको मृत्यु भएको थियो, जुन शताब्दीको अन्त्यपछि देशले भोगेको सबैभन्दा गम्भीर बाढी मानिन्छ ।


प्रकाशित मिति: आइतबार, मंसिर १४, २०८२  १५:४०
प्रतिक्रिया दिनुहोस्
थप विश्व
दक्षिण कोरियाको “फ्लाइ ओभर” मा दुर्घटनाहुँदा तीन जनाको मृत्यु, तीन घाइते
दक्षिण कोरियाको “फ्लाइ ओभर” मा दुर्घटनाहुँदा तीन जनाको मृत्यु, तीन घाइते मंगलबार, जेठ १२, २०८३
सगरमाथाको शिखरमा गाजाको सपना
सगरमाथाको शिखरमा गाजाको सपना मंगलबार, जेठ १२, २०८३
खनिज आपूर्ति सुरक्षित गर्न भारत-अमेरिकाबीच ऐतिहासिक सम्झौता
खनिज आपूर्ति सुरक्षित गर्न भारत-अमेरिकाबीच ऐतिहासिक सम्झौता मंगलबार, जेठ १२, २०८३
श्रीलंकामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन
श्रीलंकामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन मंगलबार, जेठ १२, २०८३
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो मंगलबार, जेठ १२, २०८३
लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते
लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते मंगलबार, जेठ १२, २०८३
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP