Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विश्व
  • Home
  • विश्व
  • गोली काण्डपछि अफगान पासपोर्टधारीको भिसा तथा शरण निर्णय रोकियो
गोली काण्डपछि अफगान पासपोर्टधारीको भिसा तथा शरण निर्णय रोकियो
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, मंसिर १४, २०८२

वासिङ्टन- ह्वाइट हाउस नजिकै भएको गोली हानाहानमा एक नेसनल गार्ड सदस्यको मृत्यु र अर्कोको गम्भीर अवस्थापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले अफगान पासपोर्टमा यात्रा गर्ने व्यक्तिहरूका लागि भिसा जारी गर्ने प्रक्रिया तात्कालिक रूपमा रोकिएको छ ।

यस घटनामा २९ वर्षीय अफगान नागरिक रहमानुल्ला लकानवाल पक्राउ परेर पहिलो–डिग्री हत्यासहित अनेक आरोपको सामना गरिरहेका छन् ।  लकानवाल अफगानिस्तान युद्धका दौरान सिआइएसँग काम गरेका पूर्व सहकर्मी भएको बताइन्छ । उनले बाइडेन प्रशासनका क्रममा शरणका लागि निवेदन दिएका थिए र चालु वर्ष ट्रम्प प्रशासनको समयमा यो शरण स्वीकृत भएको अफगानइभाक नामक सहायता समूहले जनाएको छ ।

ट्रम्प प्रशासनले कानूनी आप्रवासन कठोर बनाउने, केही गरीब राष्ट्रबाट प्रवेशमा रोक तथा अमेरिकामा रहेका अफगान र अन्य कानूनी आप्रवासीहरूको पुनःसमीक्षा गर्ने नीति अघि बढाउँदै आएको छ । बुधबारको गोलीकाण्डमा २० वर्षीया विशेषज्ञ सारा बेकस्ट्रोमको मृत्यु भएको थियो भने २४ वर्षीय स्टाफ सार्जन्ट एन्ड्र्यु वोल्फ गम्भीर घाइते भएर अस्पतालमा उपचाररत छन् ।

दुवैजना वेस्ट भर्जिनिया नेसनल गार्डसहित राष्ट्रपतिको अपराध–विरोधी अभियानअनुसार वासिङ्टन डिसी क्षेत्रमा तैनाथ भएका थिए । अन्य सहरहरूमा पनि नेसनल गार्ड परिचालन गर्ने राष्ट्रपतिको प्रयास न्यायिक अवरोधसँग जुधिरहेको छ । युएस एटर्नी जेनिन पिर्रोको कार्यालयका अनुसार लकानवालमाथि सशस्त्र अवस्थामा मार्ने उद्देश्यले आक्रमण गरेका दुई अतिरिक्त आरोप पनि जोडिएको छ । पिर्रोले फक्स न्युजमा ‘थप आरोपहरू आउन बाँकी छन्’ भनी उल्लेख गरेका छन् ।

Hardik health

राष्ट्रपति ट्रम्पले यस घटनालाई ‘आतङ्कवादी हमला’ भन्दै बाइडेन प्रशासनले अमेरिकी सेनालाई सहयोग गर्ने अफगानहरूलाई प्रवेश गराएको निर्णयको कडा आलोचना गरेका छन्  । यसबीच युएस नागरिकता तथा अध्यागमन सेवाका निर्देशक जोसेफ एडलोले सामाजिक सञ्जाल एक्समा प्रत्येक विदेशीको अधिकतम तहमा छानबिन भएको सुनिश्चित नभएसम्म शरणसम्बन्धी सबै निर्णयहरू स्थगित गरिने घोषणा गरेका छन् । विज्ञहरूका अनुसार यतिखेर पनि शरण प्रक्रियामा कठोर सुरक्षा जाँच प्रणाली कायम छ र युएससीआइएसमा दाबीहरूको ठूलो ब्याकलग रहेको छ, जुन ट्रम्प प्रशासनमै अझ बढेको आलोचकहरूले बताउँदै आएका छन् ।

शुक्रबार विदेशमन्त्री मार्को रुबियोले पनि अफगान पासपोर्टमा यात्रा गर्ने सबै व्यक्तिका लागि भिसा जारी प्रक्रिया रोकिएको जानकारी दिए । सो निर्णयप्रति कडा प्रतिक्रिया व्यक्त गर्दै अपगानइभाकका अध्यक्ष शन भ्यानडाइभरले ‘एक व्यक्तिको हिंसात्मक कार्यलाई बहाना बनाएर प्रशासनले लामै समयदेखि योजना बनाएको नीति लागू गर्न लागेको’ आरोप लगाएका छन् ।

सन्दिग्ध लकानवाल वासिङ्टन राज्यको बेलिङहममा पत्नी र पाँच सन्तानसँग बस्दै आएका थिए । स्थानीयहरूले उनलाई विनम्र, शान्त र थोरै अङ्ग्रेजी बोल्ने व्यक्ति बताएका छन् । छिमेकीहरूले काम खोज्न कठिनाइ भएको सुनेको र करिब दुई सातादेखि बेपत्ता रहेको बताएका छन् । लकानवालले यसै वर्ष अमेजन फ्लेक्समा छोटो समय स्वतन्त्र ठेकेदारका रूपमा काम गरेको पुष्टिको जानकारी पनि आएको छ ।

अनुसन्धानकर्ताहरू वासिङ्टन राज्य तथा देशका विभिन्न भागमा वारेन्ट कार्यान्वयन गरिरहेका छन् । लकानवाल सन् २०२१ मा बाइडेन प्रशासनको ‘अपरेसन एलाइज वेलकम’ कार्यक्रममार्फत अमेरिकामा प्रवेश गरेका थिए । खोस्तका एक नातेदारका अनुसार लकानवालले सन् २०१२ देखि सिआइए समर्थित अफगान विशेष ‘शून्य युनिट’ मा सुरक्षा गार्ड, पछि टोली नेता तथा जिपिएस विशेषज्ञका रूपमा सेवा गरेका थिए ।

उता, वेस्ट भर्जिनिया नेसनल गार्डका अनुसार बेकस्ट्रोम सन् २०२३ मा उच्च विद्यालय स्नातक भएपछि सैन्य सेवामा भर्ना भएकी थिइन् । गार्डका अनुसार उनी ‘नेतृत्व, समर्पण र व्यावसायिकताको उत्कृष्ट उदाहरण’ थिइन् र डिसी तैनाथीका लागि आफैँले स्वेच्छा व्यक्त गरेकी थिइन् ।


प्रकाशित मिति: आइतबार, मंसिर १४, २०८२  ११:१०
प्रतिक्रिया दिनुहोस्
थप विश्व
दक्षिण कोरियाको “फ्लाइ ओभर” मा दुर्घटनाहुँदा तीन जनाको मृत्यु, तीन घाइते
दक्षिण कोरियाको “फ्लाइ ओभर” मा दुर्घटनाहुँदा तीन जनाको मृत्यु, तीन घाइते मंगलबार, जेठ १२, २०८३
सगरमाथाको शिखरमा गाजाको सपना
सगरमाथाको शिखरमा गाजाको सपना मंगलबार, जेठ १२, २०८३
खनिज आपूर्ति सुरक्षित गर्न भारत-अमेरिकाबीच ऐतिहासिक सम्झौता
खनिज आपूर्ति सुरक्षित गर्न भारत-अमेरिकाबीच ऐतिहासिक सम्झौता मंगलबार, जेठ १२, २०८३
श्रीलंकामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन
श्रीलंकामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन मंगलबार, जेठ १२, २०८३
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो मंगलबार, जेठ १२, २०८३
लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते
लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते मंगलबार, जेठ १२, २०८३
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP