Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #‘शिवांश’
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #फोक्सिङटार
  • #क्यालिस्थेनिक्स
Search Here
विश्व
  • Home
  • विश्व
  • श्रीलंकामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु
श्रीलंकामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर १२, २०८२

कोलम्बो - श्रीलंकामा लगातारको भारी वर्षापछि उत्पन्न बाढी र भूस्खलनबाट मृत्यु हुनेको सङ्ख्या ५६ पुगेको छ । देशका विभिन्न भागमा ६०० भन्दा धेरै घर क्षतिग्रस्त भएपछि सरकारले शुक्रबार सबै सरकारी कार्यालय तथा विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ ।

गत हप्तादेखि लगातार बिग्रिँदो मौसमका कारण श्रीलंका सङ्कटमा परिरहेको छ । बिहीबार परेको मुसलधारे वर्षाले घर, खेत तथा सडकहरू जलमग्न भएका छन् भने थुप्रै स्थानमा पहिरो खस्दा जनधनको ठूलो क्षति भएको छ । राजधानी कोलम्बोबाट करिब ३०० किलोमिटर पूर्वमा पर्ने बदुल्ला र नुवारा एलियाको मध्य पहाडी क्षेत्र विशेष प्रभावित बनेका छन् । त्यहाँ बिहीबार गएको पहिरोमा २५ जनाभन्दा बढीको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

सरकारको विपद् व्यवस्थापन केन्द्रका अनुसार बदुल्ला र नुवारा एलिया क्षेत्रमा २१ जना बेपत्ता र १४ जना घाइते भएका छन् । साथै, देशका अन्य धेरै भागमा खसेका पहिरोका कारण थप व्यक्तिले ज्यान गुमाउनुपरेको छ । लगातारको भारी वर्षाले जलाशय तथा नदीहरू भरिँदै गएको र सडकहरू अवरुद्ध भएको जनाइएको छ । ढुङ्गा, माटो तथा रुखहरू सडक र रेलमार्गमा खसेपछि थुप्रै ठाउँमा यातायात सेवा बन्द गरिएको छ, केही स्थानमा रेल सेवा समेत रोकिएको छ ।

Hardik health

स्थानीय टेलिभिजनले बिहीबार बाढीले घेरिएको घरको छतमा फसेका तीन व्यक्तिलाई श्रीलंका वायु सेनाको हेलिकप्टरमार्फत उद्धार गरेको दृश्य प्रसारण गरेको थियो । त्यस्तै, नौसेना तथा प्रहरीले पनि विभिन्न स्थानमा डुङ्गाको सहायताले बासिन्दाहरूलाई सुरक्षित स्थानमा सार्ने कार्य जारी राखेका छन् ।

पूर्वी सहर अम्पारा नजिकै बाढीको पानीले कार बगाउँदा तीन यात्रुको निधन भएको दृश्यसमेत बिहीबारको फुटेजमा देखाइएको छ ।बढ्दो वर्षा र निरन्तर बिग्रँदो मौसमका कारण जोखिम अझै उच्च रहेको भन्दै अधिकारीहरूले सतर्कता अपनाउन आग्रह गरेका छन् ।


प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०८२  १२:००
प्रतिक्रिया दिनुहोस्
थप विश्व
अमेरिकासँग कुनै वार्ता नहुने ट्रम्पको चेतावनीपछि क्युवाली राष्ट्रपतिको भनाइ
अमेरिकासँग कुनै वार्ता नहुने ट्रम्पको चेतावनीपछि क्युवाली राष्ट्रपतिको भनाइ मंगलबार, पुस २९, २०८२
एआई पहलमा भारतलाई अमेरिकी निम्तो
एआई पहलमा भारतलाई अमेरिकी निम्तो सोमबार, पुस २८, २०८२
पाकिस्तान-अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का
पाकिस्तान-अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का सोमबार, पुस २८, २०८२
ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध
ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध सोमबार, पुस २८, २०८२
बंगलादेशमा ५३ जना एआरएसए विद्रोही पक्राउ म्यानमा सीमामा सतर्कता
बंगलादेशमा ५३ जना एआरएसए विद्रोही पक्राउ म्यानमा सीमामा सतर्कता सोमबार, पुस २८, २०८२
अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प
अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प सोमबार, पुस २८, २०८२
अनलाइन सुरक्षा सुनिश्चित गर्न अष्ट्रेलियाको नयाँ कदम
अनलाइन सुरक्षा सुनिश्चित गर्न अष्ट्रेलियाको नयाँ कदम सोमबार, पुस २८, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP