काठमाडाैं– प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका नेताहरूबीच छलफल जारी छ । एमालेका तर्फबाट महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र नेता महेश बर्तौला छलफलमा लागि सहभागी भएका हुन् ।
सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीसहित सञ्चारमन्त्री जगदीश खरेल, प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठ र प्रेस संयोजक राम रावल सहभागी छन् । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले छलफल चलिरहेको छ ।