Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विश्व
  • Home
  • विश्व
  • चुनावअघि म्यान्मामा राजनीतिक बन्दीलाई सामूहिक माफी
चुनावअघि म्यान्मामा राजनीतिक बन्दीलाई सामूहिक माफी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर ११, २०८२

एपी– म्यान्माका सैन्य शासकहरू अर्को महिनाको आम निर्वाचनअघि देशभित्रको राजनीतिक वातावरणलाई नरम देखाउन तीन हजारभन्दा बढी राजनीतिक बन्दीलाई माफी दिने भएकाे  छ । साथै पाँच हजार ५०० भन्दा बढीमाथि लागेको मुद्दा खारेज गर्ने निर्णयमा पुगेका हुन् ।

यांगुनस्थित कुख्यात इन्सेन कारागारका एक अधिकारीले नाम नछाप्ने शर्तमा कैदीहरूको रिहाइ बिहीबारदेखि सुरु भएको जानकारी दिए । तर, कति र कुन व्यक्तिहरू छुट्दैछन् भन्ने विवरण भने उनले सार्वजनिक गरेनन् । विगतमा पनि यस्ता सामूहिक माफीनामा कैदीहरूलाई बाहिर निस्किन केही दिन लाग्ने गरेको छ ।

दशकौँदेखि राजनीतिक बन्दीहरूलाई हिरासतमा राख्ने मुख्य स्थानको रूपमा सेवा गरिरहेको इन्सेन जेल बाहिर आम माफीअन्तर्गत रिहा भइरहेका साथीहरू र आफन्तहरूलाई स्वागत गर्न बिहीबार बिहान दर्जनौँ मानिसहरू भेला भएका थिए ।तर, पूर्व नेत्री आङ सान सुकीलाई पनि रिहा हुने हो कि होइन भन्ने बारे भने कुनै पुष्टि गरिएको छैन । सन् २०२१ फेब्रुअरीमा सेनाले सत्ता कब्जा गरेपछि सुकी निरन्तर रूपमा सम्पर्कविहीन हुनुहुन्छ ।

Hardik health

राज्य सञ्चालित एमआरटिभीका अनुसार डिसेम्बर २८ मा हुने बहुदलीय लोकतान्त्रिक चुनाव अगाडि ‘सबै योग्य मतदाताले स्वतन्त्र, निष्पक्ष र अवरोधरहित रूपमा मतदान गर्न सकून्’ भन्ने उद्देश्यले माफी दिने निर्णय गरिएको हो । म्यान्माको राज्य सुरक्षा तथा शान्ति आयोगले दण्ड संहिताको धारा ५०५(ए) अन्तर्गत दोषी ठहर गरिएका तीन हजार ८५ कैदीलाई माफी दिएको बताइएको छ ।

उक्साहट’ भनेर चिनिने यो प्रावधानले जनअशान्ति फैलाउने, डर उत्पन्न गराउने वा झुटा समाचार प्रवाह गर्ने कार्यलाई अपराध ठहर गर्छ, जसका आधारमा थुप्रै राजनीतिक बन्दीहरूलाई धरपकड गरिएको थियो । त्यसैगरी, ७२४ कैदीलाई सःशर्त रिहाइ दिइएको छ, जसअनुसार भविष्यमा कुनै पनि अपराधमा फसेमा, पुरानै सजायको बाँकी अवधि र नयाँ सजाय दुवै भोग्नुपर्नेछ । अर्को छुट्टै घोषणामा मुद्दा चलिरहेकाहरू तथा मुद्दापछि लुकी बसेका पाँच हजार ५८० माथिको आरोप पनि खारेज गरिने उल्लेख छ ।

तर, आलोचकहरूले निर्वाचनलाई स्वतन्त्र वा निष्पक्ष हुने सम्भावना अत्यन्त न्यून भएको बताइरहेका छन् । स्वतन्त्र मिडिया नहुनु, सुकीको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) पार्टीका शीर्ष नेताहरूको गिरफ्तारी तथा व्यापक दमन वातावरणका कारण चुनावको विश्वसनीयता नै प्रश्नमा परेको छ ।

राजनीतिक बन्दीहरूमाथि नजर राख्ने स्वतन्त्र संस्था असिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपिपी) का अनुसार बुधबारसम्म मात्र सुकीसहित करिब २२ हजार ७०८ राजनीतिक बन्दी हिरासतमा रहेका छन् । ८० वर्षीया सुकीमाथि लगाइएकामध्ये अधिकांश अभियोगलाई समर्थकहरूले शुद्ध राजनीतिक प्रतिशोध भनेका छन् । उनले हाल २७ वर्षको कैद सजाय भोगिरेका छन् ।

सन् २०२१ मा सेनाले सत्ता कब्जा गरेपछि उत्पन्न भएको देशव्यापी अहिंसात्मक प्रतिरोध पछिल्लो वर्षहरूमा फैलँदै सशस्त्र प्रतिरोधमा रूपान्तरण भइसकेको छ, जसले देशलाई अझै अस्थिर बनाइरहेको छ ।
 


प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०८२  १५:२९
प्रतिक्रिया दिनुहोस्
थप विश्व
दक्षिण कोरियाको “फ्लाइ ओभर” मा दुर्घटनाहुँदा तीन जनाको मृत्यु, तीन घाइते
दक्षिण कोरियाको “फ्लाइ ओभर” मा दुर्घटनाहुँदा तीन जनाको मृत्यु, तीन घाइते मंगलबार, जेठ १२, २०८३
सगरमाथाको शिखरमा गाजाको सपना
सगरमाथाको शिखरमा गाजाको सपना मंगलबार, जेठ १२, २०८३
खनिज आपूर्ति सुरक्षित गर्न भारत-अमेरिकाबीच ऐतिहासिक सम्झौता
खनिज आपूर्ति सुरक्षित गर्न भारत-अमेरिकाबीच ऐतिहासिक सम्झौता मंगलबार, जेठ १२, २०८३
श्रीलंकामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन
श्रीलंकामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन मंगलबार, जेठ १२, २०८३
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो मंगलबार, जेठ १२, २०८३
लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते
लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते मंगलबार, जेठ १२, २०८३
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP