गण्डकी - गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले दुई विधेयक प्रमाणिकरण गरेका छन् ।
नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेश उनले गण्डकी प्रदेशमा खानी तथा खनिज पदार्थको अन्वेषण र व्यवस्थापन गर्न बनेको विधेयक र गण्डकी विश्वविद्यालय (पहिलो संशोधन) विधेयक २०८२ प्रमाणिकरण गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता प्रविण पौडेलले आज जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।