Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अपांग_महासंघ
  • #‘द चेन्ज’
  • #एफडब्लुएलडी
  • #सुक्खा_बन्दरगाह
  • #‘नेपाली कम्युनिष्ट पार्टी’
  • #विश्व_टेलिभिजन_दिवस
  • #बेलीब्रिज
  • #नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति
  • #एमालेको महाधिवेशन
Search Here
समाचार
  • Home
  • समाचार
  • कित्ताकाट खुलेसँगै भोजपुर नापी कार्यालयमा सेवाग्राहीको चाप 
कित्ताकाट खुलेसँगै भोजपुर नापी कार्यालयमा सेवाग्राहीको चाप 
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, मंसिर १०, २०८२

भोजपुर– कित्ताकाट खुलेसँगै भोजपुर नापी कार्यालयमा सेवाग्राहीको चाप बढेकाे छ ।  बन्द रहेको जग्गा कित्ताकाट सेवा पुनः सुचारु भएसँगै नापी कार्यालय भोजपुरमा सेवाग्राहीको चाप बढेको हाे ।

करिब चार महिनादेखि रोकिएको कित्ताकाट प्रक्रिया कात्तिक २७ गतेदेखि खुल्नेबित्तिकै व्यक्तिगत जग्गा किनबेच, घर नक्सा पास, धितो राख्ने तथा अन्य कानुनी प्रक्रियाका लागि सेवा लिन आउनेको भीड बढेको कार्यालयले जनाएको छ । नापी कार्यालय भोजपुरका प्रमुख सागर गिरीका अनुसार, सरकारले विसं २०८३ असार मसान्तसम्मलाई लक्षित गरी अस्थायी रूपमा कित्ताकाट खुलाएपछि सर्वसाधारणले लामो समयदेखि रोकिएको आफ्नो काम अघि बढाउन थालेका छन् ।

“कित्ताकाट रोकिएको अवस्थामा धेरै सेवाग्राहीको काम भएको थिएन”, उनले भने, “अहिले सेवा खुलेसँगै दैनिक सेवाग्राहीको चाप बढेको छ । सेवाग्राहीले कित्ताकाटको सेवा लिन अवसर पाएका छन् । कित्ताकाट नहुँदा सेवाग्राहीको उपस्थिति न्यून थियो ।” भोजपुरको नापी कार्यालयबाट सातवटा स्थानीय तहले नियमित रूपमा सेवा लिने गरेका छन् । उत्तरी क्षेत्रमा पर्ने षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका नागरिकले दिङ्लास्थित मालपोत कार्यालयको शाखाबाट सेवा लिँदै आएका छन् ।

Hardik health

कार्यालयका अनुसार, जिल्लाका नौ वटा स्थानीय तहमध्ये पौवादुङमा गाउँपालिकाले मात्रै भूमिको वर्गीकरणसम्बन्धी काम पूरा गरिसकेको छ । बाँकी स्थानीय तहले भने भूमिको वर्गीकरण प्रक्रिया अझै सम्पन्न गर्न सकेका छैनन् । अब सरकारले तोकेको अवधिभित्र, २०८३ असार मसान्तभित्र सबै स्थानीय तहले वर्गीकरण पूरा गरी  सक्नुपर्ने कार्यालयको भनाइ छ ।

भूमिको वर्गीकरण अधुरो हुँदा कित्ताकाट रोकिँदा सर्वसाधारणले व्यक्तिगत जग्गा बेचबिखन, धितो राखेर कर्जा लिने, कित्ताकाट गरेर अंशबन्ड गर्नेलगायतका काममा समस्या भोग्दै आएका थिए


प्रकाशित मिति: बुधबार, मंसिर १०, २०८२  १६:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निजामती सेवाको साखलाई अझ उँचो बनाउनेछु : मुख्यसचिव अर्याल
निजामती सेवाको साखलाई अझ उँचो बनाउनेछु : मुख्यसचिव अर्याल बुधबार, मंसिर १०, २०८२
मधेस प्रदेशमा बेरोजगार युवालाई मासिक दुई हजार भत्ता
मधेस प्रदेशमा बेरोजगार युवालाई मासिक दुई हजार भत्ता बुधबार, मंसिर १०, २०८२
सार्वजनिक सेवाको प्रभावकारिता वृद्धि ३९ बुँदे कार्ययोजना
सार्वजनिक सेवाको प्रभावकारिता वृद्धि ३९ बुँदे कार्ययोजना बुधबार, मंसिर १०, २०८२
गतवर्ष रोकिएको बाघ गणना आगामी पुस १ गतेदेखि
गतवर्ष रोकिएको बाघ गणना आगामी पुस १ गतेदेखि बुधबार, मंसिर १०, २०८२
सुशासन मार्फत् जनतामा आशा जगाउन वर्तमान सरकार केन्द्रित छः मन्त्री घिसिङले
सुशासन मार्फत् जनतामा आशा जगाउन वर्तमान सरकार केन्द्रित छः मन्त्री घिसिङले बुधबार, मंसिर १०, २०८२
आजदेखि बन्दीपुर महोत्सव सुरु
आजदेखि बन्दीपुर महोत्सव सुरु बुधबार, मंसिर १०, २०८२
लोकप्रिय
  • Week
  • Month
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
जयनन्द र इन्दिराको शालिक अनावरणपछि 'सेलो सेन्टर' बनेको सिन्धुली कलाघर 
जयनन्द र इन्दिराको शालिक अनावरणपछि 'सेलो सेन्टर' बनेको सिन्धुली कलाघर 
बालअधिकार संरक्षणका अभ्यास
बालअधिकार संरक्षणका अभ्यास
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
वैदेशिक रोजगारीमा जान अब ३४ प्रकारका स्वास्थ्य परीक्षण गर्नुपर्ने
वैदेशिक रोजगारीमा जान अब ३४ प्रकारका स्वास्थ्य परीक्षण गर्नुपर्ने
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP