Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अपांग_महासंघ
  • #दुर्गा प्रसाईं
  • #सुक्खा_बन्दरगाह
  • #एफडब्लुएलडी
  • #‘नेपाली कम्युनिष्ट पार्टी’
  • #विश्व_टेलिभिजन_दिवस
  • #बेलीब्रिज
  • #निर्वाचन
  • #नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति
Search Here
समाचार
  • Home
  • समाचार
  • मटकोर विधि सम्पन्‍न
मटकोर विधि सम्पन्‍न
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, मंसिर ९, २०८२

जलेश्‍वर–  मिथिलाञ्‍जलको सप्ताहव्यापी विवाहपञ्‍चमी उत्सवअन्तर्गत सोमबार राति मटिहानी नगरपालिकामा भगवान् रामचन्द्र र माता सीताको मटकोर विधि सम्पन्‍न भएको छ ।

सम्पूर्ण मिथिलाञ्चलमा विवाहको एक राति पूर्व मटकोर (विवाहको यज्ञवेदी निर्माणका लागि पोखरीबाट माटो खन्ने उत्सव) विधि मनाउने परम्पराअन्तर्गत भगवान् रामचन्द्र र माता जानकीको आज हुने विवाह महोत्सवको एक राति पूर्व सोमबार राति मटिहानी–७ स्थित लक्ष्मी नारायण मठमा मटकोर विधि सम्पन्न भएको लक्ष्मी नारायण मठ मटिहानीका मान महन्थ रवीन्द्र दास वैष्णवले बताए ।

मिथिलाको धार्मिक विधिअनुसार महिलाले विवाहको गीत गाउँदै लक्ष्मी नारायण मठको ठीक अगाडिमा रहेको लक्ष्मी सागर (पोखरी)मा पुगी भगवान् रामचन्द्र र माता सीताको प्रतीक रहेका मूर्तिलाई नुहाई मटकोर विधि सम्पन्न गर्नाका साथै विवाहको यज्ञवेदीका लागि माटो उत्खनन गरेका छन् । मिथिलाको वैवाहिक पद्धतिमा तिलकोत्सव तथा मटकोर महत्वपूर्ण उपक्रम हो । मटकोरको राति लक्ष्मीसागरबाट खनिएको माटोबाट विवाहपञ्चमीका दिन आज जनकपुरमा भगवान् श्री रामचन्द्र र माता सीताको विवाहका लागि यज्ञवेदी निर्माण गरिने छ । 

Hardik health

अयोध्याबाट भगवान रामको मूर्तिसहित साधु, सन्त, महात्मा, ऋषि, मुनि र जन्तीहरु सोमबार राति मटिहानी पुगेका थिए भने मटिहानीमा राम जानकी विवाहको मटकोर विधि सम्पन्न गरिएको हो । मटकोरका क्रममा सोमबार राति मटिहानीमा यज्ञवेदीका लागि खनिएको माटो लिएर आज जन्तीसहितको टोली महोत्तरीको जलेश्‍वर नगरपालिका हुँदै पिपरा गाउँपालिका, महोत्तरी गाउँपालिका हुँदै विवाह पञ्‍चमीका लागि जनकपुर जानेछ ।

चीन धार्मिक ग्रन्थहरुमा उल्लेख भएअनुसार त्रेतायुगमा भगवान् श्री रामचन्द्र र माता सीताको विवाह हुँदा यज्ञवेदी निर्माण गर्न महोत्तरीको मटिहानीस्थित लक्ष्मीसागरबाट पवित्र माटो लगेका थिए र त्यही बेलादेखि मटिहानीमा बर्सेनि रामजानकी विवाह महोत्सवमा मटकोर विधि सम्पन्‍न गरिने चलन छ । 


प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०८२  १४:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मोटरसाइकललाई ठक्कर  दिँदा छोरीको मृत्यु, बुबा घाइते
मोटरसाइकललाई ठक्कर दिँदा छोरीको मृत्यु, बुबा घाइते मंगलबार, मंसिर ९, २०८२
एमालेद्वारा सर्वोच्चमा रिट
एमालेद्वारा सर्वोच्चमा रिट मंगलबार, मंसिर ९, २०८२
दर्ज्यानी चिह्न प्रदान
दर्ज्यानी चिह्न प्रदान मंगलबार, मंसिर ९, २०८२
टाउकोमा कालोपट्टी  बाँधेर जेन–जीकाे  प्रदर्शन 
टाउकोमा कालोपट्टी  बाँधेर जेन–जीकाे प्रदर्शन  मंगलबार, मंसिर ९, २०८२
राष्ट्रपतिसँग बिदाइ भेट
राष्ट्रपतिसँग बिदाइ भेट मंगलबार, मंसिर ९, २०८२
कोप–३०ः १.५ डिग्री तापक्रममा सीमित राख्ने लक्ष्यमा ऐक्यबद्धता
कोप–३०ः १.५ डिग्री तापक्रममा सीमित राख्ने लक्ष्यमा ऐक्यबद्धता मंगलबार, मंसिर ९, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
जयनन्द र इन्दिराको शालिक अनावरणपछि 'सेलो सेन्टर' बनेको सिन्धुली कलाघर 
जयनन्द र इन्दिराको शालिक अनावरणपछि 'सेलो सेन्टर' बनेको सिन्धुली कलाघर 
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
बालअधिकार संरक्षणका अभ्यास
बालअधिकार संरक्षणका अभ्यास
वैदेशिक रोजगारीमा जान अब ३४ प्रकारका स्वास्थ्य परीक्षण गर्नुपर्ने
वैदेशिक रोजगारीमा जान अब ३४ प्रकारका स्वास्थ्य परीक्षण गर्नुपर्ने
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP