काठमाडाैं– प्रधानमन्त्री सुशीला कार्कीले ज्ञापन पत्र बुझाउन जाँदा जेन–जी समुहलाई सिंहदरबार छिर्नबाट उनीहरुलाई प्रहरीले हटाएको छ । मंगलबार उनीहरुलाई सिंहदरबार प्रवेश गर्न खोज्दा त्यहाँबाट प्रहरीले हटाएको हो ।
त्यहाँ सुरक्षार्थ खटिएको प्रहरी टोलीले उनीहरुलाई निषेधित क्षेत्र प्रवेश गर्न खोजेकाले हटाएकाे जनाएकाे छ। त्यसपछि प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझ्ने समय नदिएको भन्दै मंगलबार पनि सिंहदरबार गेटअगाडि जेन–जी मिरज ढुंगाना समूहले प्रदर्शन गरेका छन् ।
सिंहदरबार प्रवेश गर्न खोज्दा मिरज समूह र प्रहरीबीच केहीबेर धकेलाधकेल भयो । सिंहदरबार गेट पुगेर गिरफ्तारी दिने योजनामा रहेको यो समूहलाई प्रहरीले रोकेको छ ।
सोमबार पनि सिंहदरबार गेटअगाडि पुगेर प्रधानमन्त्री भेट्न नपाएपछि यो समूहले असन्तुष्टि जनाएको थियो । प्रधानमन्त्रीलाई बुझाउने भनिएको मागपत्र गेटमै टाँसेर हिँडेको थियो । त्यसैले यो समूहले मंगलबार टाउकोमा कालोपट्टी बाँधेर प्रदर्शन गरेका हुन् ।