काठमाडौं - माओवादीका पूर्व लडाकुहरुले आफूहरुको योगदानकै कारण मुलुकमा राजनीतिक व्यवस्था भइ गणतन्त्र स्थापना भए पनि आफूहरु अझै पीडामा रहेको भनी दुखेसो पोखेका छन् ।
जनमुक्ति सेना स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पूर्वजनमुक्ति सेना डिभिजनका अध्यक्ष नवीन पुनले मुलुक परिवर्तनका लागि आफूहरुले दिएको योगदान इतिहासले सधै सम्झने बताए । “हामीले लडेको क्रान्ति असफल भएको होइन”, पुनले भने ।
माओवादी नेतृत्वको आह्वानमा भएको जनयुद्धको दौरान विंस २०५८ साल मङ्सिर ८ गते औपचारिक रुपमा जनमुक्ति सेना स्थापना भएको थियो । पत्रकार सम्मेलनमा सहिद, अङ्गभङ्ग भएका, बेपत्ता लगायतलाई स्मरण गरियो ।