Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विश्व
  • Home
  • विश्व
  • नुनका नदीहरू : जलवायु परिवर्तनसँग बंगलादेशको तटीय जीवन संघर्ष
नुनका नदीहरू : जलवायु परिवर्तनसँग बंगलादेशको तटीय जीवन संघर्ष
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर ८, २०८२

खुल्ना - विशाल हिमाली नदीहरू समुद्रको अँगालोमा प्रवेश गर्ने बंगलादेशको तटीय डेल्टाको त्यही पानीले जीवनको हरेक लय, हरेक संघर्ष र हरेक परिवर्तनलाई परिभाषित गर्दछ ।

सरकारी वैज्ञानिकहरूको भनाइमा जलवायु परिवर्तनका कारण समुद्रको सतह असाध्यै तीव्र रूपमा बढ्दै गइरहेको छ । यसले तल्लो भूभागलाई बगाउँदै लैजान थालेको छ भने आँधीबेहारी र चक्रवातहरूले समुद्री नुनिलो पानीलाई अझ भित्री क्षेत्रसम्म पु¥याई कुवा, पोखरी र तालका पानीलाई नुनिलो बनाइरहेका छन्।

माटो र म्यानग्रोभ वनले भरिएको पर्यावरणीय रूपमा अति संवेदनशील डेल्टामा बस्ने लाखौँ नागरिकका लागि पिउने शुद्ध पानी फेला पार्नु अहिले एक कठिन चुनौती बनेको छ । सन् २००९ मा आएको विनाशकारी चक्रवात आइला तटीय जीवनमा एक निर्णायक मोड सावित भयो । बाँधहरू भत्किए, समुद्री नुनिलो पानी बस्तीमा पस्यो, घरहरू मात्रै नभइ, उर्वर मरुभूमि पनि नुनले छोपियो । कुनै समय जीवनरक्षक मानिने ताजापानी अचानक पिउन अयोग्य बन्यो र खेतबाली रोपिने जमिन बिस्तारै नुनिलो तहमुनि धसिँदै गयो ।

Hardik health

आज खुल्ना र सतखिराका बासिन्दाहरू भूमिमा र समुद्रसँगको कडा संघर्षबीच नाजुक सन्तुलनमा बाँचिरहेका छन् । निरन्तर ज्वारभाटा बाढीबाट जोगिन धेरै परिवारहरू बाँसका स्टिल्टमा उचो बनाइएका घरमा बस्छन् । बालबालिकाहरू पहेँलो, नुनिलो पानीमै नुहाउँछन्, त्यसै परिवेशमा खेल्छन् र त्यहीँ हुर्कन्छन् । त्यहाँ नदीहरूले वर्षाैं अघिदेखि नै घर, बस्ती, विद्यालय बगाइरहेकै छन् । विस्थापन यहाँ सामान्य जीवनचक्रको एक भागझैँ बनिसकेको छ ।

पुरुषहरू महिनौँसम्म काम खोज्दै घरदेखि टाढा बसाइँ सर्छन् । उता महिलाहरू र बालबालिकाहरू भने परोपकारी संस्थाले उपलब्ध गराइदिने ट्यांकी वा टाढाका पोखरीबाट वर्षाको पानी संकलन गर्न घन्टौँसम्म सुक्खा र पत्र पत्र भएको माटोमा हिँड्न बाध्य छन् ।प्रत्येक घरधुरीले धेरै मुश्किलले केही हजार लिटर पानी संकलन गर्छ । त्यो पानी अर्को मनसुन नआउँदासम्म अत्यन्तै सावधानीपूर्वक बाँडेर प्रयोग गर्नुपर्ने हुन्छ ।

दैनिक पानी बटुल्ने, भण्डारण गर्ने, हेरचाह गर्ने काम यहाँका परिवारका लागि धैर्य र सहनशीलताको मौन अनुशासनझैँ बनिसकेको छ ।  यो प्रतिवेदन एएफपीको सन् २०२५ माराई फोटो ग्रान्टअन्तर्गत युवा फोटो–पत्रकार मुहम्मद अमदाद हुसेनद्वारा तयार पारिएको फोटोग्राफी शृङ्खलासँग प्रकाशित गरिएको हो । यो सम्मानित पुरस्कार दक्षिण एसियाका २५ वर्ष वा सोभन्दा कम उमेरका फोटोग्राफरहरूका लागि खुला हुन्छ र यस वर्षको विषयवस्तु ‘जलवायु परिवर्तन’ तथा त्यसले दैनिक जीवनमा पारेको प्रभावमा केन्द्रित थियो ।

एजेन्स फ्रान्स–प्रेसले यो पुरस्कार आफ्नो दिवंगत फोटो पत्रकार शाह माराईको नाममा स्थापना गरेको हो । माराई अफगान फोटोग्राफी जगतका लागि प्रेरणा व्यक्तित्व थिए र एएफपी काबुल ब्युरोका फोटो प्रमुखका रूपमा कार्यरत रहँदै सन् २०१८ अप्रिल ३० मा आत्मघाती आक्रमणमा ४१ वर्षको उमेरमा शहीद भएका थिए ।

 


प्रकाशित मिति: सोमबार, मंसिर ८, २०८२  १६:२९
प्रतिक्रिया दिनुहोस्
थप विश्व
दक्षिण कोरियाको “फ्लाइ ओभर” मा दुर्घटनाहुँदा तीन जनाको मृत्यु, तीन घाइते
दक्षिण कोरियाको “फ्लाइ ओभर” मा दुर्घटनाहुँदा तीन जनाको मृत्यु, तीन घाइते मंगलबार, जेठ १२, २०८३
सगरमाथाको शिखरमा गाजाको सपना
सगरमाथाको शिखरमा गाजाको सपना मंगलबार, जेठ १२, २०८३
खनिज आपूर्ति सुरक्षित गर्न भारत-अमेरिकाबीच ऐतिहासिक सम्झौता
खनिज आपूर्ति सुरक्षित गर्न भारत-अमेरिकाबीच ऐतिहासिक सम्झौता मंगलबार, जेठ १२, २०८३
श्रीलंकामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन
श्रीलंकामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन मंगलबार, जेठ १२, २०८३
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो मंगलबार, जेठ १२, २०८३
लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते
लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते मंगलबार, जेठ १२, २०८३
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP