Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #‘शिवांश’
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #फोक्सिङटार
  • #क्यालिस्थेनिक्स
Search Here
विश्व
  • Home
  • विश्व
  • नुनका नदीहरू : जलवायु परिवर्तनसँग बंगलादेशको तटीय जीवन संघर्ष
नुनका नदीहरू : जलवायु परिवर्तनसँग बंगलादेशको तटीय जीवन संघर्ष
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर ८, २०८२

खुल्ना - विशाल हिमाली नदीहरू समुद्रको अँगालोमा प्रवेश गर्ने बंगलादेशको तटीय डेल्टाको त्यही पानीले जीवनको हरेक लय, हरेक संघर्ष र हरेक परिवर्तनलाई परिभाषित गर्दछ ।

सरकारी वैज्ञानिकहरूको भनाइमा जलवायु परिवर्तनका कारण समुद्रको सतह असाध्यै तीव्र रूपमा बढ्दै गइरहेको छ । यसले तल्लो भूभागलाई बगाउँदै लैजान थालेको छ भने आँधीबेहारी र चक्रवातहरूले समुद्री नुनिलो पानीलाई अझ भित्री क्षेत्रसम्म पु¥याई कुवा, पोखरी र तालका पानीलाई नुनिलो बनाइरहेका छन्।

माटो र म्यानग्रोभ वनले भरिएको पर्यावरणीय रूपमा अति संवेदनशील डेल्टामा बस्ने लाखौँ नागरिकका लागि पिउने शुद्ध पानी फेला पार्नु अहिले एक कठिन चुनौती बनेको छ । सन् २००९ मा आएको विनाशकारी चक्रवात आइला तटीय जीवनमा एक निर्णायक मोड सावित भयो । बाँधहरू भत्किए, समुद्री नुनिलो पानी बस्तीमा पस्यो, घरहरू मात्रै नभइ, उर्वर मरुभूमि पनि नुनले छोपियो । कुनै समय जीवनरक्षक मानिने ताजापानी अचानक पिउन अयोग्य बन्यो र खेतबाली रोपिने जमिन बिस्तारै नुनिलो तहमुनि धसिँदै गयो ।

Hardik health

आज खुल्ना र सतखिराका बासिन्दाहरू भूमिमा र समुद्रसँगको कडा संघर्षबीच नाजुक सन्तुलनमा बाँचिरहेका छन् । निरन्तर ज्वारभाटा बाढीबाट जोगिन धेरै परिवारहरू बाँसका स्टिल्टमा उचो बनाइएका घरमा बस्छन् । बालबालिकाहरू पहेँलो, नुनिलो पानीमै नुहाउँछन्, त्यसै परिवेशमा खेल्छन् र त्यहीँ हुर्कन्छन् । त्यहाँ नदीहरूले वर्षाैं अघिदेखि नै घर, बस्ती, विद्यालय बगाइरहेकै छन् । विस्थापन यहाँ सामान्य जीवनचक्रको एक भागझैँ बनिसकेको छ ।

पुरुषहरू महिनौँसम्म काम खोज्दै घरदेखि टाढा बसाइँ सर्छन् । उता महिलाहरू र बालबालिकाहरू भने परोपकारी संस्थाले उपलब्ध गराइदिने ट्यांकी वा टाढाका पोखरीबाट वर्षाको पानी संकलन गर्न घन्टौँसम्म सुक्खा र पत्र पत्र भएको माटोमा हिँड्न बाध्य छन् ।प्रत्येक घरधुरीले धेरै मुश्किलले केही हजार लिटर पानी संकलन गर्छ । त्यो पानी अर्को मनसुन नआउँदासम्म अत्यन्तै सावधानीपूर्वक बाँडेर प्रयोग गर्नुपर्ने हुन्छ ।

दैनिक पानी बटुल्ने, भण्डारण गर्ने, हेरचाह गर्ने काम यहाँका परिवारका लागि धैर्य र सहनशीलताको मौन अनुशासनझैँ बनिसकेको छ ।  यो प्रतिवेदन एएफपीको सन् २०२५ माराई फोटो ग्रान्टअन्तर्गत युवा फोटो–पत्रकार मुहम्मद अमदाद हुसेनद्वारा तयार पारिएको फोटोग्राफी शृङ्खलासँग प्रकाशित गरिएको हो । यो सम्मानित पुरस्कार दक्षिण एसियाका २५ वर्ष वा सोभन्दा कम उमेरका फोटोग्राफरहरूका लागि खुला हुन्छ र यस वर्षको विषयवस्तु ‘जलवायु परिवर्तन’ तथा त्यसले दैनिक जीवनमा पारेको प्रभावमा केन्द्रित थियो ।

एजेन्स फ्रान्स–प्रेसले यो पुरस्कार आफ्नो दिवंगत फोटो पत्रकार शाह माराईको नाममा स्थापना गरेको हो । माराई अफगान फोटोग्राफी जगतका लागि प्रेरणा व्यक्तित्व थिए र एएफपी काबुल ब्युरोका फोटो प्रमुखका रूपमा कार्यरत रहँदै सन् २०१८ अप्रिल ३० मा आत्मघाती आक्रमणमा ४१ वर्षको उमेरमा शहीद भएका थिए ।

 


प्रकाशित मिति: सोमबार, मंसिर ८, २०८२  १६:२९
प्रतिक्रिया दिनुहोस्
थप विश्व
ग्रिनल्यान्डबारे अमेरिकी आक्रमणको जोखिम जर्मनीले न्यून ठान्यो
ग्रिनल्यान्डबारे अमेरिकी आक्रमणको जोखिम जर्मनीले न्यून ठान्यो मंगलबार, पुस २९, २०८२
चक्रवातको प्रभाव पछि आइएमएफका लक्ष्यहरू संशोधन गर्नुपर्छ : केन्द्रीय बैंक
चक्रवातको प्रभाव पछि आइएमएफका लक्ष्यहरू संशोधन गर्नुपर्छ : केन्द्रीय बैंक मंगलबार, पुस २९, २०८२
जापान-दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल
जापान-दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल मंगलबार, पुस २९, २०८२
अमेरिकासँग कुनै वार्ता नहुने ट्रम्पको चेतावनीपछि क्युवाली राष्ट्रपतिको भनाइ
अमेरिकासँग कुनै वार्ता नहुने ट्रम्पको चेतावनीपछि क्युवाली राष्ट्रपतिको भनाइ मंगलबार, पुस २९, २०८२
एआई पहलमा भारतलाई अमेरिकी निम्तो
एआई पहलमा भारतलाई अमेरिकी निम्तो सोमबार, पुस २८, २०८२
पाकिस्तान-अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का
पाकिस्तान-अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का सोमबार, पुस २८, २०८२
ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध
ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध सोमबार, पुस २८, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP