काठमाडाैं - सशस्त्र प्रहरीकाे सूचना अधिकारीमा मनिष थापालाई जिम्मेवारी दिईएको छ । सूचना अधिकारी तथा प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक मनिष थापालाई दिइएकाे हाे ।
सशस्त्र प्रहरी बल, नेपालको सूचना अधिकारी तथा प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक मनिष थापालाई दिईएको छ ।
यसअघि सूचना अधिकारी तथा प्रवक्ता रहनुभएका सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजी ३० वर्षे सेवा अवधिका कारण गत असोज २४ गते अनिवार्य अवकाश हुनुभएपछि सशस्त्र प्रहरी नायव महानिरीक्षक थापालाई सो जिम्मेवारी दिईएको हो ।