Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
समाचार
  • Home
  • समाचार
  • बढ्दै छ डिजिटल हिंसा तर छैन कानून
बढ्दै छ डिजिटल हिंसा तर छैन कानून
विविशा पाैडेल
विविशा पाैडेल सोमबार, मंसिर ८, २०८२

काठमाडौं– नेपालमा बढ्दो डिजिटल हिंसाप्रति सरोकारवालाहरूले गम्भीर चिन्ता प्रकट गरेका छन् । हिंसापीडितहरूले आत्महत्यासम्मको बाटो रोज्ने गरेको भन्दै छिटो कानुनी व्यवस्था गर्नुपर्नेमा उनीहरूको जोड थियो । वर्षेनी भयावह रूपमा डिजिटल हिंसा बढिरहेको हुनाले ‘साइबर कानून’को आवश्यकता पनि औँल्याइएको थियो । 

यसअघि प्रतिनिधिसभामा साइबर कानुनसम्बन्धी विधेयक थियो । तर, जेन–जी विद्रोहसँगै प्रतिनिधिसभा विघटन हुँदा अहिले विधेयक शून्य अवस्थामा छ ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव उदयबहादुर राना मगरले साइबर विधेयक छलफल भइरहेकै बेला प्रतिनिधिसभा विघटन भएको भन्दै अब फेरि शून्य अवस्थाबाटै विधेयकलाई अघि बढाउनुपर्ने भएको बताए । ‘अहिले हामी २०६३ मा बनेको विद्युतीय कारोबार ऐनअनुसार नै साइबर अपराधसम्बन्धी उजुरीको अनुसन्धानदेखि कारबाहीसम्म गर्छौं । जबकि, अन्य देशहरूमा साइबर कानुन भिन्दै छन्,’ उनले भने, ‘हामीले पनि साइबर विधेयकको मस्यौदा बनाएर प्रतिनिधिसभामा पठाएका थियौँ, जहाँ छलफल भइरहेको थियो, छलफलकै क्रममा प्रतिनिधिसभा नै विघटन भयो ।’

उनले महिला र बालिकाहरू डिजिटल हिंसाको सिकार बन्दै गएको बताए । उनले हिंसापीडितहरूको तथ्यांक प्रस्तुत गर्दै सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा भने, ‘महिला तथा बालिकामाथि डिजिटल हिंसा बढ्दै गएको छ । २०७५/०७६ मा १० जना बालिका हिंसापीडित थिए । तर, २०८१/०८२ मा आइपुग्दा १९३ जना हिंसापीडित बने । त्यस्तै २०७५/०७६ मा महिलापीडित भएको उजुरी १०० वटा परेको थियो । २०८१/०८२ मा ८ हजार पुगेको पाइयो । साइबर अपराध बढ्दै गयो ।’ उनका अनुसार डिजिटल प्लेटफर्ममार्फत् विश्वमा ३८ प्रतिशत महिलाहरूपीडित भएको पनि जानकारी दिए । 

Hardik health

अधिवक्ता सविन श्रेष्ठले महिला तथा बालबालिका डिजिटल हिंसामा पर्नुको कारण सामाजिक सञ्जालसम्बन्धी कानुन नहुनु पनि भएको बताए । उनले पनि नेपालमा साइबर अपराधको अनुसन्धान र अभियोजन विद्युतीय कारोबार ऐन २०६३ अनुसार हुने गरको बताए । उक्त कानूनमा हदम्याद कम भएका कारण पीडितले न्याय पाउन कठिन रहेको बताए । 

साइबर ब्युरोकी प्रहरी निरीक्षक दीपा भट्टराईले नौ हजार उजुरी आएकोमा ५० प्रतिशत महिला हिंसाका परेको बताइन् । उनले भनिन्, ‘कतिपय केसमा बालिकाहरूले आत्महत्या गरेको देखिन्छ । त्यसैले पछिल्लो समय डिजिटल हिंसाबाट बच्न जनचेतनामुलक कार्यक्रम विद्यालयस्तरमै गर्न थालेका छौँ र त्सले बालिकाहरूले उजुरी दिन थालेका छन् ।’ उलने यस्ता हिंसाका घटनालाई कम गर्न सरकार, सञ्चार माध्य, प्रहरी र डिजिटल माध्यम प्रयोगकर्ताबीच सहकार्य आवश्यक भएको पनि बताएकी छन् । 

पूर्वमिस नेपाल माल्भिका सुब्बाले कलाकारितासँगै अन्य क्षेत्रमा डिजिटल हिंसा बढेको बताइन् । उनले भनिन्, ‘सामाजिक सञ्जालमा पछिल्लो समय एआईद्वारा अश्लील  फोटो तथा भिडियो बनाई ब्ल्याकमेलिङ गरेको पाइन्छ । अचेल धेरै कलाकार बोल्न थाल्नुभएको छ । यसरी बोल्दै अघि बढेमा हिंसा कम हुँदै जाने छ ।’ 

जेन–जी अभियन्ता किशोरी कार्कीले आफ्ना बालबालिकालाई अभिभावकले समस्यामा परेको बुझ्नुपर्ने बताइन् । कतिपय आत्महत्याका घटना अभिभावकलाई बालबालिकाले बताउन नसकेर भएको भन्दै अभिभावकले साथीजस्तो व्यवहार गर्नुपर्नेमा जोड दिइन् । 
 


प्रकाशित मिति: सोमबार, मंसिर ८, २०८२  १५:५६
#एफडब्लुएलडी
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल
ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल मंगलबार, साउन १९, २०८३
‘एन्टिस्नेक भेनम’ को अभाव हुन नदिन गम्भीर छौँः मन्त्री मेहता
‘एन्टिस्नेक भेनम’ को अभाव हुन नदिन गम्भीर छौँः मन्त्री मेहता मंगलबार, साउन १९, २०८३
ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग
ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग मंगलबार, साउन १९, २०८३
‘जनसरोकारको मुद्दा उठाउँदा सुनिदैन, व्यक्तिगत टिप्पणीले आजित छौँ’
‘जनसरोकारको मुद्दा उठाउँदा सुनिदैन, व्यक्तिगत टिप्पणीले आजित छौँ’ मंगलबार, साउन १९, २०८३
'रेबिज विरुद्धको खोप सरकारी अस्पतालमा नपाइने, निजीमा पाइने ?': रास्वापा सांसद कुँवर 
'रेबिज विरुद्धको खोप सरकारी अस्पतालमा नपाइने, निजीमा पाइने ?': रास्वापा सांसद कुँवर  मंगलबार, साउन १९, २०८३
चितुवालाई नियन्त्रणमा लिन दुई ठाउँमा खोर
चितुवालाई नियन्त्रणमा लिन दुई ठाउँमा खोर मंगलबार, साउन १९, २०८३
पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन
पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन मंगलबार, साउन १९, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP