Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विश्व
  • Home
  • विश्व
  • पूर्व प्रधानमन्त्री खालिदा जिया छातीको संक्रमणका कारण अस्पतालमा भर्ना
पूर्व प्रधानमन्त्री खालिदा जिया छातीको संक्रमणका कारण अस्पतालमा भर्ना
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर ८, २०८२

ढाका- बंकलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियालाई छातीमा सङ्क्रमणको समस्या देखिएपछि ढाकास्थित बसुन्धराको एभरकेयर अस्पतालमा भर्ना गरिएको छ । बंकलादेश न्युज २४ ले उहाँका वरिष्ठ चिकित्सकको भनाइ उद्धृत गर्दै उनलाई आइतबार राति स्वास्थ्य परीक्षणका लागि अस्पताल ल्याइएको र प्रारम्भिक जाँचपछि तुरुन्तै उपचार शुरु गरिएको बताएको छ ।

उनलाई अहिले निजी क्याबिनमा सघन चिकित्सा निरीक्षणका साथ राखिएको छ । मेडिकल बोर्डका सदस्य डा. एफ. एम. सिद्दीकीका अनुसार आगामी १२ घण्टा उनको स्वास्थ्यका दृष्टिले अत्यन्तै महत्त्वपूर्ण रहनेछ । उनले भने, “खालिदा जिया पछिल्ला केही महिनादेखि पटक–पटक अस्वस्थ बन्नुभएको छ । यसपालि विभिन्न स्वास्थ्य समस्या एकसाथ देखा परेकाले हामीले तुरुन्तै अस्पतालमा भर्ना गर्नुपर्यो ।”

डा. सिद्दीकीका अनुसार पहिलेबाटै रहेको मुटुको समस्या र हालको छातीको सङ्क्रमणले उहाँको अवस्था थप जटिल बनाएको छ । “उहाँसँग स्थायी पेसमेकर छ, मुटुको स्टेन्टिङ भइसकेको छ र अहिले मुटु तथा फोक्सो दुवै प्रभावित भएकाले श्वासप्रश्वासमा गम्भीर समस्या देखिएको छ”, उनले स्पष्ट पारे  ।

Hardik health

अस्पताल आइपुग्नेबित्तिकै आवश्यक सबै परीक्षण गरिएको थियो । प्रारम्भिक रिपोर्टका आधारमा मेडिकल बोर्डले जियालाई एन्टिबायोटिक सुरु गर्ने र तत्कालै द्रुत तथा गहन हेरचाह प्रदान गर्ने निर्णय गरेको अस्पतालले जनाएको छ । आगामी २४ घण्टाभित्र थप परीक्षणका नतिजा आउने अपेक्षा गरिएको छ र उहाँलाई निरन्तर चिकित्सकीय निगरानीमा राखिएको छ ।

उनलाई साँझ ८ बजे भर्ना गरिएको हो र एभरकेयर अस्पतालका वरिष्ठ विशेषज्ञ प्रोफेसर साहाबुद्दिन तालुकदारको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको छ । भर्ना भएपछि डा. सिद्दीकी, डा. जफर इकबाल, डा. जियाउल हक, डा. मामुन अहमद, सेवानिवृत्त ब्रिगेडियर जनरल सैफुल इस्लाम, विदेशबाट आएका डा. जुबैदा रहमान तथा संयुक्त राज्य अमेरिकाको जोन्स हप्किन्स अस्पतालका विज्ञहरू सहभागी रहने गरी विस्तारित मेडिकल बोर्डको बैठक बोलाइएको थियो ।

उनकी निजी चिकित्सक तथा बिएनपी स्थायी समितिका सदस्य प्रोफेसर एजेडएम जहिद हुसेनले उपचार व्यवस्थित र अत्यन्त सावधानीका साथ भइरहेको जानकारी दिए । उनले भने, “हामी कुनै गम्भीर प्रतिकूल घटनाक्रमबारे अहिले चिन्तित छैनौँ । उपचार शुरु भइसकेपछि मेडिकल बोर्ड १२ घण्टामा पुनः बस्नेछ र आवश्यक परे हेरचाहमा परिवर्तन गर्नेछ ।”

शनिबार बिहानदेखि लन्डनमा रहेका तारिक रहमान तथा जियाकी बुहारी डा. जुबैदा रहमान अस्पतालसँग निरन्तर सम्पर्कमा रहेको बताइएको छ । दिवंकत अराफात रहमान कोकोकी श्रीमती सैदा शमिला रहमानसहित परिवारका सदस्यहरू पनि उपचार प्रक्रियामा सक्रिय रूपमा संलग्न हुन्  ।

७९ वर्षीया खालिदा जिया दीर्घकालदेखि गठिया, मधुमेह, मिर्गौला र फोक्सोसम्बन्धी समस्या तथा दृष्टि कमजोर हुने स्वास्थ्य चुनौतीसँग जुध्दै आएका थिए । उन्नत उपचारका लागि उहाँ गत जनवरी ७ मा लन्डन जानुभएको थियो र ११७ दिनपछि मे ६ मा बंकलादेश फर्किएका थिए ।


प्रकाशित मिति: सोमबार, मंसिर ८, २०८२  १४:३२
प्रतिक्रिया दिनुहोस्
थप विश्व
दक्षिण कोरियाको “फ्लाइ ओभर” मा दुर्घटनाहुँदा तीन जनाको मृत्यु, तीन घाइते
दक्षिण कोरियाको “फ्लाइ ओभर” मा दुर्घटनाहुँदा तीन जनाको मृत्यु, तीन घाइते मंगलबार, जेठ १२, २०८३
सगरमाथाको शिखरमा गाजाको सपना
सगरमाथाको शिखरमा गाजाको सपना मंगलबार, जेठ १२, २०८३
खनिज आपूर्ति सुरक्षित गर्न भारत-अमेरिकाबीच ऐतिहासिक सम्झौता
खनिज आपूर्ति सुरक्षित गर्न भारत-अमेरिकाबीच ऐतिहासिक सम्झौता मंगलबार, जेठ १२, २०८३
श्रीलंकामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन
श्रीलंकामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन मंगलबार, जेठ १२, २०८३
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो मंगलबार, जेठ १२, २०८३
लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते
लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते मंगलबार, जेठ १२, २०८३
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP