एएफपी - युक्रेनी र अमेरिकी अधिकारीहरू रूससँगको युद्ध अन्त्य गर्ने वाशिङटनको योजनाबारे छलफल गर्न छिट्टै स्विट्जरल्याण्डमा भेला हुने योजना तय भएको किएभले शनिबार बताएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई करिब चार वर्षे द्वन्द्व अन्त्य गर्ने २८ बुँदे योजनालाई अनुमोदन गर्न एक हप्ताभन्दा कम समय दिनुभएको छ। प्रस्तावमा आक्रमणकारी देशले युक्रेनी क्षेत्र छोड्ने, सेना कटौती गर्ने र नेटोमा कहिल्यै सामेल नहुने प्रतिज्ञा गर्ने उल्लेख छ।
यसैबीच, सम्झौताको मस्यौदामा समावेश नभएका युक्रेनका युरोपेली सहयोगीहरूले यो योजना पूर्ण नभएको र ‘थप अभ्यास’ आवश्यक भएको बताएका छन् । उनीहरूले दक्षिण अफ्रिकामा जी २० शिखर सम्मेलनमा किएभको स्थिति बलियो बनाउन वैकल्पिक प्रस्तावको ल्याउन छलफल गरिरहेका छन् ।
“आगामी दिनहरूमा, युद्ध अन्त्यका लागि आवश्यक कदमहरूको बारेमा साझेदारसँग परामर्श हुनेछ”, राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भन्नुभयो, “वार्ताका लागि युक्रेनको टोलीलाई सुझाब दिइने र वार्ताको नेतृत्व एन्ड्री येरमाकले गर्नुहुनेछ।” एन्ड्री येरमाकले राष्ट्रपति जेलेन्स्कीका लागि शीर्ष सहयोगीका रूसमा काम गर्दै आएको छ।
जेलेन्स्कीले अमेरिकी प्रस्तावबारे विमति राख्दै भने, “युक्रेनको राष्ट्रिय हितको रक्षा कसरी गर्ने र रूसलाई तेस्रो आक्रमण गर्नबाट रोक्न के आवश्यक छ भन्ने विषय हाम्रा प्रतिनिधिहरूलाई थाहा छ।”
फ्रान्स, बेलायत र जर्मनीका सुरक्षा अधिकारीहरु पनि आइतबार बिहान जेनेभामा हुने वार्तामा सहभागी हुने जी–२० शिखर सम्मेलनमा सहभागी स्रोतहरुले जनाएका छन् । युक्रेनका सुरक्षा परिषद्का सचिव रुस्तम उमेरोभले यसअघि पनि छलफलका लागि स्विट्जरल्यान्डलाई स्थान दिने सङ्केत गरेका थिए ।
“यो हालका दिनहरूमा जारी वार्ताको अर्को चरण हो र मुख्य रूपमा अर्को कदमको लागि हाम्रो दृष्टिकोणलाई संरेखित गर्ने उद्देश्य हो,” पूर्वरक्षामन्त्री उमेरोभले थपे । उनले यसअघि टर्कीमा रूससँग केही चरणको वार्ताको नेतृत्व गरेकाे थियो जसले कैदीहरूको आदान–प्रदान र मृतक सैनिक तथा नागरिकको अवशेष स्वदेश फिर्ता गर्ने सहमति गरेको थियो ।
जेलेन्स्कीको आदेशमा वार्तामा ‘रूसी सङ्घका प्रतिनिधिहरू’ पनि समावेश हुनेछन्। रुस वार्तामा सहभागी हुने वा नहुने भन्ने विषयमा तत्काल कुनै पुष्टि भएको छैन ।