Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
समाचार
  • Home
  • समाचार
  • विदेशबाट मतदानको विकल्प अनलाइन र हुलाक
विदेशबाट मतदानको विकल्प अनलाइन र हुलाक
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर ५, २०८२
  • नेपालभित्र आफ्नो निर्वाचन क्षेत्रबाहिर रहने मतदातालाई मतदानको अवसर दिन सकिने
  • हरेक मतदान केन्द्रमा प्रत्यक्ष र समानुपातिकतर्फ छुट्टै मतपत्रको व्यवस्था गर्न सुझाव

काठमाडौं– विदेशमा रहेका नेपालीलाई मतदानका लागि नीति अनुसन्धान प्रतिष्ठानले सरकारलाई दुई विकल्प सुझाउने भएको छ । त्यो हो– अनलाइन र हुलाकको माध्यमबाट मतदान ।  नेपालमा यी दुवै माध्यमबाट हालसम्म मतदान गर्ने अभ्यास छैन । प्रतिष्ठानले भने अनुसन्धान गरेर यी दुईमध्ये कुनै विकल्पअनुसार प्रवासी नेपालीको मताधिकार सुरक्षित गर्न सकिने निष्कर्ष निकालेको हो । 

आज प्रतिष्ठानले सरकार र निर्वाचन आयोगलाई अध्ययन प्रतिवेदन बुझाउने भएको प्रतिष्ठानका प्रबन्धक लक्ष्मण भट्टराईले बताए । उनका अनुसार प्रतिवेदन बुझाएपछि विज्ञ र सरोकारावालासँग प्रतिष्ठानले छलफल गर्ने छ ।  ‘प्रतिवेदन शुक्रबार बुझाउँछौँ सरकार र निर्वाचन आयोगलाई । अनि, विज्ञहरू र सरोकारवालासँग छलफल गर्छौं,’ भट्टराईले प्रभावसँग भने ।

अनलाइन मतदान प्रविधिको प्रयोगबाट हुने हो । तर, जटिल हुने ठानिएको छ । कतिपयले भने मतदानको निष्पक्षता, स्वच्छता र विश्वसनीयताको प्रश्न उठ्न सक्ने जनाएका छन् ।  तर, हुलाकबाट मतपत्र पठाएर मतदान गराउने विकल्प उत्तम हुने अनुसन्धानमा संलग्न एक सदस्यले बताए ।  प्रतिष्ठानले अध्ययन प्रतिवेदन बुझाउन लाग्दा सरकारले भने प्रवासी नेपाली नागरिकलाई मताधिकारको अधिकार दिन अध्यादेशमार्फत् कानुन संशोधनको तयारी गरेको छ । 

निर्वाचन आयोग ऐन, मतदाता नामावली ऐन, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन र निर्वाचन (कसुर तथा सजाय) ऐनमा संशोधन गरिने भएको हो ।  ती चारवटा ऐनमा संशोधन गर्दा विदेशमा रहेका बालिग नेपालीलाई मतदानको अधिकार, मतदाता नामावलीका लागि नाम संकलन, मतदान केन्द्रको व्यवस्था, मतदान अधिकृत तोक्ने कानुनी प्रावधान हुन्छ । त्यसपछि विदेशबाटै नेपालीले मतदान गर्ने छन् । 

Hardik health

सर्वोच्च अदालतले ९ चैत २०७४ मै विदेशमा रहेका बालिग नेपालीलाई मताधिकार प्रदान गर्न सरकार र निर्वाचन आयोगको नाममा निर्देशात्मक आदेश जारी गरेको थियो ।  तर, तत्कालीन सरकारको उदासीनताले २०७९ को निर्वाचनमा कार्यान्वयनमा आएन । सर्वोच्चले भने पटकपटक सरकारलाई ताकेता गरेको थियो । ताकेतापछि निर्वाचन आयोगले दुई वर्षअगाडि एकीकृत निर्वाचन विधेयकको मस्यौदामा प्रवासी नेपाली नागरिकको विवरण मतदाता नामावलीमा संकलन गर्न प्रस्ताव गरेको थियो । तर, सरकारले त्यस मस्यौदालाई अगाडि बढाएन । 

जेन–जी विद्रोहपछि भने यो मुद्दाले महत्व पायो । सुशीला कार्की नेतृत्वको नागरिक सरकारलाई जेन–जी युवाहरूले प्रवासी नेपाली नागरिकलाई मतदानको अधिकार दिइनुपर्ने दबाव दिए । प्रवासी नेपालीहरूले पनि नोट चल्ने भोट नचल्ने किन भन्दै वर्षौंदेखि प्रश्न उठाउँदै आएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)मार्फत् उनीहरूले सरकारलाई आवश्यक कानुनी प्रबन्ध गर्न आग्रह गर्दै आएका छन् । 

तर, जेन–जी विद्रोहपछि गठित नागरिक सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरेलगत्तै प्रवासी मतदातालई आगामी चुनावमा मतदानको अवसर दिइने बताए । नीति अनुसन्धान प्रतिष्ठानलाई त्यसबारे अध्ययन गर्न निर्देशन दिए, जसअनुसार प्रतिष्ठानले अध्ययन गरेर प्रतिवेदन बुझाउन लागेको हो । प्रतिष्ठानले नेपालभित्र आफ्नो निर्वाचन क्षेत्र बाहिर रहने मतदातालाई मतदानको अवसर दिन अपनाउनुपर्ने विधिबारे पनि सुझाव तयार गरेको छ । प्रतिष्ठानले नेपालभित्र अन्तर निर्वाचन क्षेत्र मतदान सहज हुने जनाएको छ ।

त्यसका लागि मतदाता नामावलीमा नाम भए पनि मतदान हुने जिल्ला र मतदान केन्द्रमा गएर भोट हाल्न नसक्नेलाई प्रत्येक मतदान केन्द्रमा छुट्टै मतपत्र र मतपेटिका राख्न सकिने प्रतिष्ठानले जनाएको हो । यस आधारमा देशको १६५ वटै निर्वाचन क्षेत्रका मतदान केन्द्रमा अन्तर क्षेत्रसम्बन्धि मतपेटिका राख्न सकिन्छ । मतपेटिका प्रत्यक्ष र समानुपातिक दुवै राख्न सकिन्छ । त्यस्तो मतपेटिकामा गरिएका मतदानलाई छुट्टै गणना गर्नुपर्ने सुझाव प्रतिष्ठानले दिने भएको हो । 

यसअघि समानुपातिकतर्फ कर्मचारी, प्रहरी, सेनाका लागि अस्थायी मतदान केन्द्रमा मतदान गराउने व्यवस्था थियो । यही मोडलमा अन्तरक्षेत्रका नेपालीलाई मतदान गराउन सकिने प्रतिष्ठानले सुझाव दिन लागेको हो ।   
 


प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०८२  १०:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बिमा कार्यक्रमलाई व्यापक पुनर्संरचना गरिँदै
बिमा कार्यक्रमलाई व्यापक पुनर्संरचना गरिँदै शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: नेप्सेको पुनर्संरचना अघि बढाइने
बजेट २०८३/८४: नेप्सेको पुनर्संरचना अघि बढाइने शुक्रबार, जेठ १५, २०८३
अनुसन्धान तथा नवप्रवर्तनका लागि पुँजीगत खर्चको एक प्रतिशत विनियोजन
अनुसन्धान तथा नवप्रवर्तनका लागि पुँजीगत खर्चको एक प्रतिशत विनियोजन शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४ : एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माणको लक्ष्य
बजेट २०८३/८४ : एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माणको लक्ष्य शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: मुग्लिन आँबुखैरेनी सडक निर्माण सुरु गरिने
बजेट २०८३/८४: मुग्लिन आँबुखैरेनी सडक निर्माण सुरु गरिने शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: मोतिपुर र मयुरधाप औद्योगिक क्षेत्र निर्माण र सञ्चालनको जिम्मा निजी क्षेत्रलाई
बजेट २०८३/८४: मोतिपुर र मयुरधाप औद्योगिक क्षेत्र निर्माण र सञ्चालनको जिम्मा निजी क्षेत्रलाई शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४ : मध्य-मधेसमा कृषि र उद्योग केन्द्रित चतुर्भुज विकास कार्यक्रम
बजेट २०८३/८४ : मध्य-मधेसमा कृषि र उद्योग केन्द्रित चतुर्भुज विकास कार्यक्रम शुक्रबार, जेठ १५, २०८३
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP