Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
समाचार
  • Home
  • समाचार
  • चीनसँगको सीमा जोडिएको लप्चीगाउँमा भालु आतंक
चीनसँगको सीमा जोडिएको लप्चीगाउँमा भालु आतंक
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर ४, २०८२

दोलखा– चीनसँगको सीमा जोडिएको लप्चीगाउँमा भालु आतंक भएकाे  छ । भालु आतंकबाट पीडित तिब्बतसँग सीमा जोडिएको बिगु गाउँपालिका–१ लप्चीगाउँका स्थानीय गाउँ छोड्नुपर्ने अवस्थामा पुगेका हुन्।

जंगली भालुको आतंकबाट मानिससहित पशुचौपाया जोगाउन हम्मेहम्मे परेकाले बाध्य भई थातथलो छोड्नुपर्ने अवस्था सिर्जना भएको स्थानीय पासाङ छिरिङ शेर्पा बताउनुहुन्छ । उहाँका अनुसार मौसम असाध्यै चिसो भएको अवस्थामा घर भत्काउने, खाद्यान्न बाली नष्ट गर्ने र मानिस तथा पशुचौपायालाई आक्रमण गर्नेक्रम बढेकाले भालुको नियन्त्रणका लागि सम्बद्ध निकायको ध्यान जान आवश्यक छ ।

चिसोबाट बच्न र चौरी चरणका लागि हिउँदमा युवाहरू सोही वडाको लुम्नाङतर्फ झर्न थालेपछि घरमा बुढाबुढी मात्र बस्ने भएकाले लप्चीमा भालु र चितुवासमेतको बिगबिगी भएको स्थानीयको भनाइ छ ।  स्थानीय वाङ्छु शर्पाका अनुसार गाउँमा भएको जङ्गली जनावरको आक्रमणबाट उल्लेख्य सङ्ख्यामा चौरी र घोडा मरेपछि आर्थिक रूपमा ठूलो क्षति भएको, गाउँमा डर एवम् त्रासको वातावरण पैदा भएको, घरमा भण्डारण गरी राखेका खाद्यान्न खाइदिएपछि असहज परिस्थिति उत्पन्न भएको, मानिससमेत असुरक्षित हुने अवस्था सिर्जना भएकोले वाध्य भई गाउँ छाड्नुपर्ने अवस्था भएको छ । गाउँमा बढ्दो अवस्थामा रहेको भालु र चितुवा आतंक न्यूनीकरण तथा नियन्त्रणका लागि पहल गरिदिन सरकारसँग उनले माग गरे ।

Hardik health

चीन सरकारले तिब्बतसँगको नाका खुला गरिदिएपछि दोलखाको उत्तरीभेगस्थित लप्ची गाउँका स्थानीयले चौँरी, चौँरीको घ्यू, छुर्पी बिक्री गरी उताबाट ल्याएको खाद्यान्नसमेत खाइदिँदा गाउँमा बस्ने अवस्था नभएको विगु गाँउपालिका वडा नम्बर–१ लामाबगरका वडाअध्यक्ष मेमबहादुर तमाङ बताउनुहुन्छ । गौरीशंकर संरक्षण क्षेत्रभित्र पर्ने यस गाउँका स्थानीय बासिन्दाले नेपाली भाषा शुद्धसँग बोल्न नसक्ने अवस्था छ । गौरीशंकर संरक्षण क्षेत्रको कार्यलयमा भालु आतंकका बारेमा निबेदन दिएपनि सुनुवाइ नभएको स्थानियको गुनासो छ । 

विगुको वडा नम्बर–१ लप्चीमा ४६ घरधुरीसहित झण्डै १५० जनसङ्ख्या रहेको छ । उनीहरुमध्ये चौँरीपालन गर्ने १४ घरधुरीका बासिन्दा मङ्सिरदेखि चैत्रसम्म लुम्नाङतर्फ झर्ने गर्दछन् ।


प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०८२  १६:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बिमा कार्यक्रमलाई व्यापक पुनर्संरचना गरिँदै
बिमा कार्यक्रमलाई व्यापक पुनर्संरचना गरिँदै शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: नेप्सेको पुनर्संरचना अघि बढाइने
बजेट २०८३/८४: नेप्सेको पुनर्संरचना अघि बढाइने शुक्रबार, जेठ १५, २०८३
अनुसन्धान तथा नवप्रवर्तनका लागि पुँजीगत खर्चको एक प्रतिशत विनियोजन
अनुसन्धान तथा नवप्रवर्तनका लागि पुँजीगत खर्चको एक प्रतिशत विनियोजन शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४ : एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माणको लक्ष्य
बजेट २०८३/८४ : एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माणको लक्ष्य शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: मुग्लिन आँबुखैरेनी सडक निर्माण सुरु गरिने
बजेट २०८३/८४: मुग्लिन आँबुखैरेनी सडक निर्माण सुरु गरिने शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: मोतिपुर र मयुरधाप औद्योगिक क्षेत्र निर्माण र सञ्चालनको जिम्मा निजी क्षेत्रलाई
बजेट २०८३/८४: मोतिपुर र मयुरधाप औद्योगिक क्षेत्र निर्माण र सञ्चालनको जिम्मा निजी क्षेत्रलाई शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४ : मध्य-मधेसमा कृषि र उद्योग केन्द्रित चतुर्भुज विकास कार्यक्रम
बजेट २०८३/८४ : मध्य-मधेसमा कृषि र उद्योग केन्द्रित चतुर्भुज विकास कार्यक्रम शुक्रबार, जेठ १५, २०८३
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP