Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #‘शिवांश’
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #फोक्सिङटार
  • #क्यालिस्थेनिक्स
Search Here
विश्व
  • Home
  • विश्व
  • अमेरिकी शान्ति प्रस्तावले युक्रेनलाई कठोर सर्त
अमेरिकी शान्ति प्रस्तावले युक्रेनलाई कठोर सर्त
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर ४, २०८२

एएफपी– युक्रेनले संयुक्त राज्य अमेरिकाबाट प्राप्त गरेको नयाँ शान्ति प्रस्तावमा अत्यन्तै संवेदनशील र कठोर सर्तहरू समावेश गरिएका छन् । प्रस्तावमा किएभलाई रूसी नियन्त्रणमा रहेका केही भूभाग हस्तान्तरण गर्नुपर्ने र आफ्नो सेनाको आकारलाई आधाभन्दा बढी कटौती गर्नुपर्ने उल्लेख गरिएको हाे । 

उक्त विवरणबारे जानकारी राख्ने एक वरिष्ठ अधिकारीले एएफपीसँग बुधबार कुरा गर्दै यस्तो प्रस्ताव युक्रेनले विगतमा बारम्बार अस्वीकार गर्दै आएको रुसका अधिकतम मागहरूसँग मिल्दोजुल्दो रहेको बताए । उक्त प्रस्तावित मस्यौदामा ‘क्रिमिया तथा रूसी सेनाद्वारा कब्जा गरिएका अन्य क्षेत्रहरूको मान्यता’ प्रदान गर्नुपर्ने र ‘सेनाको सङ्ख्या चार लाखमा सीमित गर्ने’ व्यवस्था गरिएको स्रोतले बताएको छ । साथै, युक्रेनले किएभका लागि अत्यन्तै संवेदनशील र जोखिमपूर्ण मानिने आफ्ना सबै लामो दूरीका हतियार त्याग्नुपर्ने शर्त पनि समावेश गरिएको छ ।

अधिकारीका अनुसार यो वास्तवमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकै धारणा हो कि उहाँको दलको आधिकारिक नीति हो भन्ने विषय भने स्पष्ट छैन । प्रस्तावका बदलामा रुसले के कदम चाल्नेछ भन्ने विषय ‘अस्पष्ट’ रहेको स्रोतले बतायो । अमेरिकी सञ्‍चार माध्यम एक्सियोसले यसअघि वासिङ्टन र मस्कोबीच करिब चार वर्षदेखि जारी युद्ध अन्त्य गर्ने गोप्य योजना तयार भइरहेको उल्लेख गरेको थियो । सो रिपोर्टबारे क्रेमलिनले हालसम्म कुनै टिप्पणी गर्न अस्वीकार गर्दै शान्ति प्रक्रियामा नयाँ प्रगति नभएको मात्र दोहोर्‍याएको छ । एएफपीले यस विषयमा ह्वाइट हाउससँग पनि टिप्पणीका लागि सम्पर्क गरेको छ ।

Hardik health

रुसले अहिले युक्रेनको करिब २० प्रतिशत भाग कब्जामा राखेको छ, जसको ठूलो हिस्सा निरन्तरको भीषण युद्धले नष्ट भएको छ । मस्कोले दक्षिणी तथा पूर्वी युक्रेनमा आफ्नो नियन्त्रण कायम राख्नुपर्ने तथा किएभले थप भूभाग हस्तान्तरण गर्नुपर्ने माग निरन्तर दोहोर्‍याउँदै आएको छ । सन् २०२२ मा रुसले डोनेट्स्क, लुगान्स्क, जापोरिझिया र खेरसन गरी चार युक्रेनी क्षेत्र कब्जा गरेको थियो । यद्यपि ती क्षेत्रहरूमा मस्कोको पूर्ण नियन्त्रण छैन । यद्यपि क्रिमियन प्रायद्वीप भने रुसले सन् २०१४ मै आत्मसात् गरी त्यसयतैदेखि पूर्ण नियन्त्रणमा राख्दै आएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो दोस्रो कार्यकाल सुरु भएदेखि नै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको सम्बन्धलाई युद्ध अन्त्यका लागि उपयोग गर्न खोज्दै आएका छन् । तर अहिलेसम्म कुनै ठोस प्रगति देखिएको छैन । युक्रेन युद्धबारे ट्रम्पको धारणा पनि समयानुसार लगातार परिवर्तन हुँदै आएको विश्‍लेषकहरूको भनाइ छ ।


प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०८२  १५:५१
प्रतिक्रिया दिनुहोस्
थप विश्व
ग्रिनल्यान्डबारे अमेरिकी आक्रमणको जोखिम जर्मनीले न्यून ठान्यो
ग्रिनल्यान्डबारे अमेरिकी आक्रमणको जोखिम जर्मनीले न्यून ठान्यो मंगलबार, पुस २९, २०८२
चक्रवातको प्रभाव पछि आइएमएफका लक्ष्यहरू संशोधन गर्नुपर्छ : केन्द्रीय बैंक
चक्रवातको प्रभाव पछि आइएमएफका लक्ष्यहरू संशोधन गर्नुपर्छ : केन्द्रीय बैंक मंगलबार, पुस २९, २०८२
जापान-दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल
जापान-दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल मंगलबार, पुस २९, २०८२
अमेरिकासँग कुनै वार्ता नहुने ट्रम्पको चेतावनीपछि क्युवाली राष्ट्रपतिको भनाइ
अमेरिकासँग कुनै वार्ता नहुने ट्रम्पको चेतावनीपछि क्युवाली राष्ट्रपतिको भनाइ मंगलबार, पुस २९, २०८२
एआई पहलमा भारतलाई अमेरिकी निम्तो
एआई पहलमा भारतलाई अमेरिकी निम्तो सोमबार, पुस २८, २०८२
पाकिस्तान-अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का
पाकिस्तान-अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का सोमबार, पुस २८, २०८२
ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध
ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध सोमबार, पुस २८, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP