Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विश्व
  • Home
  • विश्व
  • ट्रम्प र मेयर-निर्वाचित ममदानीबीच शुक्रबार भेट हुने
ट्रम्प र मेयर-निर्वाचित ममदानीबीच शुक्रबार भेट हुने
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर ४, २०८२

एएफपी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचित ममदानीबीच शुक्रबार भेट  गर्ने भएका छन् ।  हालैको  चुनावी अभियानका क्रममा कडा आलोचना गरेका न्युयोर्कका मेयर- निर्वाचित जोहरान ममदानीलाई आगामी शुक्रबार भेट्ने घोषणा गरेका हुन् ।  

राष्ट्रपति ट्रम्पले आफ्नै ट्रुथ सोसल प्लेटफर्ममार्फत ममदानीलाई ‘कम्युनिस्ट’ भनेर दोहोर्‍याउएका आरोप बीच ‘शुक्रबार, नोभेम्बर २१ मा ओभल अफिसमा बैठक हुनेछ’ भनी पुष्टि गरेका हुन् । मेयर–निर्वाचित ममदानीका प्रवक्ता डोरा पेकेकले पनि विज्ञप्ति जारी गर्दै बैठक सुनिश्चित भएको जानकारी दिए । उनका अनुसार परम्पराअनुसार मेयर–निर्वाचितले वासिङ्टनमा राष्ट्रपतिसँग सार्वजनिक सुरक्षा, आर्थिक सुरक्षा तथा दुई हप्ताअघि न्युयोर्कका १० लाखभन्दा बढी नागरिकले चुनावमार्फत दिएको किफायती जीवनशैलीसम्बन्धी जनादेशबारे विस्तृत छलफल गर्ने तयारी गरेका छन् ।

ट्रम्प र ममदानी दुवै न्युयोर्कको क्वीन्स बरोमै हुर्किनुभएको भए पनि उनीहरूको राजनीतिक र विचारधारात्मक समानता यत्तिमै सीमित देखिन्छ ।  राष्ट्रपति ट्रम्पले आफ्नो कार्यकालका उपलब्धि उल्लेख गर्दा वाल स्ट्रिटका रेकर्ड तोड्ने लाभलाई मुख्य रूपमा प्रस्तुत गँर्दै आएको छन् । तर ममदानीको आर्थिक दृष्टिकोण भने त्यसभन्दा व्यापक छ, जसले म्यानहट्टनका बुलिश वित्तीय बजारभन्दा पर रहेका करिब ८० लाख न्युयोर्कवासीले भोगिरहेको किफायती जीवनयापनको चुनौतीलाई प्राथमिकता दिन्छ ।

Hardik health

सन् १९६९ पछि न्युयोर्कमा १० लाखभन्दा बढी मत प्राप्त गर्ने पहिलो मेयर उम्मेदवारका रूपमा उदाएका ममदानीले किफायती आवास, सहज बाल हेरचाह सेवा, निःशुल्क बस यात्रा तथा नगरद्वारा सञ्चालित किराना पसलहरूमा निःशुल्क पहुँचजस्ता सामाजिक सुविधा सम्बन्धी प्रतिज्ञा गर्दै आफ्नो अभियान सञ्चालन गरेका थिए  । तर धेरै विश्लेषकहरूले यति आदर्शवादी र व्यापक एजेन्डालाई कार्यान्वयन गर्न उनले सामना गर्नु पर्ने चुनौतीहरूबारे शंका व्यक्त गरेका छन् ।

राष्ट्रपति ट्रम्पले कठोर आप्रवासी-विरोधी अभिव्यक्तिहरूका बीच ममदानीको दक्षिण एसियाली नामको उपहास गर्नुभएको छ । साथै अमेरिकाको सबैभन्दा ठूलो सहरले पहिलो पटक मुस्लिम मेयर चुनेपछि न्युयोर्कका लागि सङ्घीय कोष कटौतीसमेत गर्ने धम्की दिएका थिए । ‘मन्डामी, उनको नाम जे भए पनि’ भनी युगान्डामा जन्मिएका ममदानीको नाम जानाजानी गलत उच्चारण गर्दै ट्रम्पले भर्खरै टिप्पणी गरेका थिए ।

यता, मेयर–निर्वाचित ममदानीले पनि ट्रम्पप्रति कुनै सम्झौता नगर्ने शैलीमा प्रतिक्रिया दिए । यसै महिनाको सुरुआतमा भएको विजय र्‍यालीमा उनले राष्ट्रपति ट्रम्पलाई प्रत्यक्ष सम्बोधन गर्दै ‘डोनाल्ड ट्रम्प, मलाई थाहा छ तपाईं हेर्दै हुनुहुन्छ । मसँग तपाईंका लागि चार शब्द छन्आ-वाज बढाउनुहोस् !’ भनी उत्साहित समर्थकहरूबीच ठाडो जवाफ दिएका थिए  ।

यसैबीच ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले राष्ट्रपति ट्रम्पले ममदानीको उक्त भाषण वास्तवमै हेरेकाे पुष्टि गरेका छन् ।qa


प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०८२  १२:३२
प्रतिक्रिया दिनुहोस्
थप विश्व
दक्षिण कोरियाको “फ्लाइ ओभर” मा दुर्घटनाहुँदा तीन जनाको मृत्यु, तीन घाइते
दक्षिण कोरियाको “फ्लाइ ओभर” मा दुर्घटनाहुँदा तीन जनाको मृत्यु, तीन घाइते मंगलबार, जेठ १२, २०८३
सगरमाथाको शिखरमा गाजाको सपना
सगरमाथाको शिखरमा गाजाको सपना मंगलबार, जेठ १२, २०८३
खनिज आपूर्ति सुरक्षित गर्न भारत-अमेरिकाबीच ऐतिहासिक सम्झौता
खनिज आपूर्ति सुरक्षित गर्न भारत-अमेरिकाबीच ऐतिहासिक सम्झौता मंगलबार, जेठ १२, २०८३
श्रीलंकामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन
श्रीलंकामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन मंगलबार, जेठ १२, २०८३
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो मंगलबार, जेठ १२, २०८३
लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते
लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते मंगलबार, जेठ १२, २०८३
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP