काठमाडौं – आज विश्व बाल दिवस मनाइँदै छ । बालबालिकाका आवाज सुन्ने तथा उनीहरूका अधिकार जोड दिँदै विश्वका विभिन्न देशमा विश्व बाल दिवस मनाइएकाे हाे ।
बालबालिकाकाे अधिकार प्रवर्द्धनमा सामाजिक सङ्घसंस्था, विद्यालय र समुदायले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसंघ आह्वानमासन् १९८९ मा आजकै दिन बालअधिकारसम्बन्धी महासन्धि अनुमोदन भएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो । राष्ट्रससंघीय बाल कोष (युनिसेफ)को अगुवाइमा यो दिवस संसारका सबै देशमा मनाइन्छ ।
यस अवसरमा युनिसेफले विश्वभरका बालबालिकाका आवाज सुन्न र उनीहरूको अधिकारलाई सशक्त रूपमा प्रवर्द्धन गर्न सबैलाई आह्वान गरेको छ । युनिसेफले बालबालिकाका जन्मसिद्ध अधिकारको रक्षा, शिक्षामा पहुँच, समानतालगायत हक सुनिश्चित गर्न सरकार, अभिभावक र समाजको ध्यानाकर्षण गराएको छ ।
यसै अवसरमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बालबालिकाका आवाजलाई सम्बोधन गर्न सबैलाई आग्रह गरेका छन् ।