Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
समाचार
  • Home
  • समाचार
  • एमाले र जेन–जीको झडपले सिमरामा तनाव
चुनावी वातावरण निर्माणमा थपियो चुनौती एमाले र जेन–जीको झडपले सिमरामा तनाव
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर ४, २०८२

 

  • एमाले महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेतलाई विमानस्थलमै रोक्न जम्मा भएका जेन–जी र एमाले कार्यकर्ताबीच झडप
  •  जेन–जी युवा सम्राट उपाध्याय एमाले कार्यकर्ताबाट कुटिएको दाबी
  • कुटपिटपछि जेन–जी युवाहरू प्रतिकारमा उत्रिँदा तनाव
  • सिमरा घटनाले चुनावी सुरक्षामा गम्भीर प्रश्‍न

५०–६० जना मान्छे आएर ढुंगामुढा गरेर एयरपोर्ट नै बन्द गराइदिने ? के हो यस्तो ? अनि भन्छ चुनाव गर्ने रे ? सभा गर्न नदिनेले चुनाव कसरी गर्छ ?
केपी शर्मा ओली
अध्यक्ष, नेकपा एमाले

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगमा दर्ता भएका १२७ वटा दलका नेताहरूसँग बुधबार चुनाव केन्द्रित छलफल गरिन् । तर, उक्त छलफल हुनुभन्दा केही घण्टाअघि मधेस प्रदेशअन्तर्गत बाराको सिमरामा झडपको अवस्था सिर्जना भयो । नेकपा एमालेका कार्यकर्ता र जेन–जी अलायन्समा आबद्ध युवाहरूबीच झडप भएको हो । 

सिमरामा भएको घटना संवेदनशील छ । यसमा राष्ट्रिय स्वतन्त्र पार्टीको गम्भीर सरोकार र सरकारको आवश्यक ध्यानाकर्षण माग गर्दछौं ।
मनिष झा
प्रवक्ता, रास्वपा

Hardik health

जेन–जी अगुवा दाबी गर्ने सुदन गुरुङले पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूलाई चुनाव लड्नै नदिने अभिव्यक्ति दिएको सन्दर्भबीच बुधबार एमाले कार्यकर्ता र जेन–जी अलायन्सका युवाहरू झडपमा उत्रिएका हुन् । स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लगाउनुप¥यो । यसले चुनावी सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ । 

सिमरा घटना जेन–जी भावना होइन, त्यसको दुरुपयोग हो । निषेधको राजनीति कसैले नगरौं ।
विश्वप्रकाश शर्मा
महामन्त्री, नेपाली कांग्रेस

सिमरा घटना हुनुमा एमाले जिम्मेवार रहेको जेन–जी अगुवाहहरुको दाबी छ । जेन–जी अलायन्स बाराका संयोजक सम्राट उपाध्यायलाई सुरुमा एमाले कार्यकर्ताले कुटपिट गरेको जेन–जी समूहका मधेस प्रदेश संयोजक शिव यादवले बताए ।

‘हामीले प्रहरीमा उजुरी दिएका छौं, उजुरीउपर छानबिन होला,’ उनले प्रभावसँग भने, ‘सम्राटजीलाई कुटपिट गरेपछि हामी प्रतिकारमा उत्रियौं र स्थिति नियन्त्रणबाहिर गयो ।’ सम्राटले मंगलबार बिहान ८ बजेतिर फेसबुकमा स्टाटस लेख्दै ‘निर्वतमान हत्यारा सरकारविरुद्ध शान्तिपूर्ण प्रदर्शन’ हुन गइरहेको भन्दै सबैलाई आउन अपिल गरेका थिए । नभन्दै बुधबार बिहानै केही जेन–जी युवाहरू विमानस्थलनजिकैको सिमरा बजारमा भेला भएका थिए । भेलामै विवाद हुँदा सम्राटसहित केही युवाहरूमाथि एमाले नेता कार्यकर्ताले कुटपिट गरेको सार्वजनिक भिडियोमा देखिन्छ । 

कुटपिटपछि सम्राटसहित अरु युवाहरूले थपिएर विमानस्थलभित्र छिर्न प्रयत्न गरेका थिए । त्यसबेला प्रहरीसँग घम्साघम्सी भएको थियो । जबकि, एमाले महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेतलाई स्वागत गर्न विमानस्थलको मूल प्रवेशद्वारको गेटमा रहेका क्यान्टिन आसपासमा एमाले कार्यकर्ता भेला भएका थिए । अन्ततः एमाले कार्यकर्ताले उपाध्यायमाथि कुटपिट गरेपछि तनावपूर्ण स्थिति निम्तिएको हो । लगत्तै जिल्ला प्रशासन कार्यालय बाराले निषेधाज्ञा जारी ग¥यो । झण्डै नौ घण्टामा स्थिति नियन्त्रणमा आएपछि निषेधाज्ञालाई प्रशासनले हटाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख सन्तोष तामाङले उपाध्यायलाई सात/आठ जनाको समूहले कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय सिमरामा उजुरी परेको बताए । सात/आठ जनाले कुटे भन्ने छ । उजुरी पनि परेको छ,’ उनले प्रभावसँग भने, ‘अनुसन्धान हुँदै छ ।’

तर, सिमरा घटनापछि एमाले अध्यक्ष केपी शर्मा ओली सरकारको आलोचनामा उत्रिए । उनले सभा गर्न नदिने सरकारले चुनाव गर्छ भनेर पत्याउन नसकिनेसमेत बताए । ‘बारामा हाम्रो युवा भेला थियो । सिमरा एयरपोर्ट बन्द भयो । हाम्रा नेताहरू जान पाउनुभएन । जानबाट रोकियो । एयरपोर्टमै तोडफोड गर्न दिइयो,’ उनले काठमाडौंमा आयोजित एक कार्यक्रममा भने, ‘५०–६० जना मान्छे आएर ढुंगामुढा गरेर एयरपोर्ट नै बन्द गराइदिने ? के हो यस्तो ? अनि भन्छ चुनाव गर्ने रे ? सभा गर्न नदिनेले चुनाव कसरी गर्छ ?’

ओलीले आफ्ना दलका नेताहरूलाई रोक्ने जेन–जी अलायन्सका युवाहरूप्रति आक्रोश पोखे ।  हरेक राजनीतिक दललाई जनतामा जान सभा, सम्मेलन गर्ने, भेटघाट गर्ने र आफ्ना एजेण्डा सुनाउने अधिकार संविधानप्रदत्त हो । तर, बुधबार बाराको परवानीपुरमा आयोजित मधेसस्तरीय युवा भेलालाई सम्बोधन गर्न जाँदा एमाले महासचिव पोखरेल, पोलिटब्युरो सदस्य बस्नेतलगायत नेताहरूलाई जेन–जी अलायन्स बाराले रोक्ने प्रयास गरेको हो । 

घटनालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संवेदनशील भनेको छ । चुनावी सुरक्षा उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गरेको छ । जारी केन्द्रीय समिति बैठकबाट बाहिरिने क्रममा प्रवक्ता मनिष झाले भने, ‘सिमरामा भएको घटना संवेदनशील छ । यसमा राष्ट्रिय स्वतन्त्र पार्टीको गम्भीर सरोकार र सरकारको आवश्यक ध्यानाकर्षण माग गर्दछौं ।’

तनावपूर्ण घटनाबीच एमालेनिकट युवा संघको सभा भएको छ । पूर्वसांसदहरू किसान श्रेष्ठ, लिलानाथ श्रेष्ठ र युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेबेलगायतले भेलालाई सम्बोधन गर्दै जेन–जी अलायन्सले गरेको अवरोध प्रयासको भत्र्सना गरे । 

घटनाको विरोध गर्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले निषेधको राजनीति नगर्न आग्रह गरेका छन् । एमाले नेताहरूलाई रोक्ने जेन–जी पुस्ताको भावना नभएर दुरुपयोग भएको टिप्पणी गरे । ‘सामाजिक सञ्जाल निषेधविरुद्ध उभिने जेन–जी कसैको समाज भ्रमण अधिकारविरुद्ध उभिन सक्दैनन् । शर्माले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘अतः सिमरा घटना जेन–जी भावना होइन, त्यसको दुरुपयोग हो । निषेधको राजनीति कसैले नगरौं ।’
 

‘सिमरामा भएको तनाव र हिंसा दुःखद’
प्रधानमन्त्री सुशीला कार्कीले बाराको सिमरामा बुधबार भएको झडपको घटना दुःखद भएको बताएकी छन् । बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत उनले लोकतन्त्रमा अराजकता स्वीकार्य नहुनेसमेत बताएकी छन् । 

‘बाराको सिमरामा आज (बुधबार) देखिएको तनाव र हिंसा अत्यन्तै दुःखद छ । म स्पष्ट पार्न चाहन्छु कि यस किसिमको अराजकता लोकतन्त्रमा कदापि स्वीकार्य छैन । युवाहरूको आक्रोश र राजनीतिक असन्तुष्टिलाई हामीले गम्भीरतापूर्वक लिएका छौं,’ प्रधानमन्त्री कार्कीले भनेकी छन् । 

अभिव्यक्ति स्वतन्त्रताको सम्मान सरकारको प्रतिबद्धता भएको उनले उल्लेख गरेकी छन् । तर यसको अर्थ सार्वजनिक सम्पत्तिको क्षति, विमानस्थलमा अवरोध वा कानुन हातमा लिने छुट नभएको उनले स्पष्ट पारिन् ।
‘मैले गृह प्रशासन र सुरक्षा निकायलाई शान्ति तथा सुव्यवस्था कायम गर्न, सबै राजनीतिक दलका नेताहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न र निर्वाचनको निष्पक्ष तथा भयमुक्त वातावरण बनाउन उच्च संयम र पूर्ण तयारीका साथ काम गर्न निर्देशन दिएको छु,’ उनले भनेकी छन्, ‘लोकतान्त्रिक प्रणालीको माध्यमबाट मात्रै युवाहरूको वास्तविक अपेक्षा पूरा गर्न सकिन्छ ।

त्यसैले म सबै पक्षलाई अवाञ्छित राजनीतिक उत्तेजनाबाट टाढा रहन र लोकतान्त्रिक प्रक्रियामा विश्वास राख्न हार्दिक अपिल गर्दछु ।’


प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०८२  १०:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल
ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल मंगलबार, साउन १९, २०८३
‘एन्टिस्नेक भेनम’ को अभाव हुन नदिन गम्भीर छौँः मन्त्री मेहता
‘एन्टिस्नेक भेनम’ को अभाव हुन नदिन गम्भीर छौँः मन्त्री मेहता मंगलबार, साउन १९, २०८३
ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग
ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग मंगलबार, साउन १९, २०८३
‘जनसरोकारको मुद्दा उठाउँदा सुनिदैन, व्यक्तिगत टिप्पणीले आजित छौँ’
‘जनसरोकारको मुद्दा उठाउँदा सुनिदैन, व्यक्तिगत टिप्पणीले आजित छौँ’ मंगलबार, साउन १९, २०८३
'रेबिज विरुद्धको खोप सरकारी अस्पतालमा नपाइने, निजीमा पाइने ?': रास्वापा सांसद कुँवर 
'रेबिज विरुद्धको खोप सरकारी अस्पतालमा नपाइने, निजीमा पाइने ?': रास्वापा सांसद कुँवर  मंगलबार, साउन १९, २०८३
चितुवालाई नियन्त्रणमा लिन दुई ठाउँमा खोर
चितुवालाई नियन्त्रणमा लिन दुई ठाउँमा खोर मंगलबार, साउन १९, २०८३
पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन
पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन मंगलबार, साउन १९, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP