एएफपी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानको सम्मान भएका छन् । सम्मानका अवसरमा ह्वाइट हाउसमा ट्रम्पद्वारा भव्य रात्रिभोजकाे आयोजित गरेकाे हाे ।
भव्य रात्रिभोजमा फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डो र उद्योगपति एलन मस्क पनि उपस्थित रहेकाे थियाे । अमेरिका भ्रमणमा रहेका साउदी राजकुमारका लागि ह्वाइट हाउसमा गरिएको उक्त रात्रिभोज चर्चित व्यक्तित्वहरूको उपस्थितिका कारण झनै ध्यानाकर्षक बन्यो ।
साउदी क्लब अल नासर का लागि खेल्दै आएका र जो धेरैजना वरिष्ठ खेलाडीहरूसँगै साउदी अरबको आकर्षक प्रस्तावका कारण त्यहाँ पुगेका रोनाल्डोको सम्झौता यसै गर्मीमा समाप्त हुँदैछ । ४० वर्षीय रोनाल्डो राष्ट्रपति र साउदी क्राउन प्रिन्स प्रवेश गर्नु केही क्षणअघि नै ट्रम्पको टेबल नजिकै आफ्नो सीटमा बसेकाे देखिन्थ्यो ।
राष्ट्रपति ट्रम्पले रात्रिभोजको भाषणमा भने,'तपाईंहरूलाई थाहा छ, मेरा छोरा ब्यारन रोनाल्डोका ठूला प्रशंसक हुन् ।'१९ वर्षीय ब्यारनले दिग्गज खेलाडीलाई भेट्न पाउँदा निकै उत्साहित भएको राष्ट्रपति ट्रम्पले बताए । उनले हाँस्दै थपे, 'मलाई लाग्छ, अब उसले आफ्नो बुबालाई अलिक बढी सम्मान गर्छ, किनकि मैले उसलाई जसको परिचय गराएँ, त्यो कारणले ।'
रात्रिभोजमा उपस्थित खेल सम्बन्धित अर्को प्रमुख व्यक्तित्व थिए-फिफाका अध्यक्ष जियानी इन्फान्टिनो । इन्फान्टिनो सन् २०२६ को विश्व कप (संयुक्त राज्य अमेरिकासहितका राष्ट्रहरूले सह–आयोजना गर्ने) को तयारीकै क्रममा पुनः ह्वाइट हाउस पुगेका हुन् । रोनाल्डोले आइतबार पोर्चुगलले विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेसँगै आगामी प्रतियोगिता ‘निश्चित रूपमा आफ्नो अन्तिम’ हुने बताउँछन् ।
समारोहमा कालो–टाई पोशाकमा उपस्थित एलन मस्क पनि निकै चर्चा बटुल्ने पाहुना थिए। उनी र राष्ट्रपति ट्रम्पबीच गत जुलाईमा सार्वजनिक रूपमा मतभेद बढेपछि सम्बन्ध चिसिएको थियो । मस्कले सरकारी दक्षता विभाग (डिओजिई) अन्तर्गत लागत कटौती विभाग प्रमुखका रूपमा पाँच महिना काम गरेका थिए । साथै उनी गत मे महिनामा साउदी अरब भ्रमणमा पनि राष्ट्रपति ट्रम्पसँगै सहभागी हुनु भएका थिए ।
तर ट्रम्पको ‘ठूलो र सुन्दर’ (बिग ब्युटिफुल) खर्च विधेयकको मस्कले गरेको आलोचना तथा एपस्टेनसम्बन्धी फाइलका विषयमा टिप्पणीपछि दुवैबीच सम्बन्ध चिसिएको थियो । त्यतिबेला राष्ट्रपति ट्रम्पले मस्कलाई देशनिकाला गर्ने धम्कीसमेत दिएका थिए ।
यद्यपि, उक्त रात्रिभोजमा टक्सेडोधारी मस्कलाई अन्य पाहुनाहरू सँगै क्यान्डललिट टेबलमा सहज रूपमा कुराकानी गरिरहेको देखिन्थ्यो, यद्यपि उनी राष्ट्रपति ट्रम्पको टेबलमा थिए । रात्रिभोजका क्रममा राष्ट्रपति ट्रम्पले सन् २०१८ मा असन्तुष्ट पत्रकार जमाल खशोग्जीको हत्या सम्बन्धी विवादमा साउदी क्राउन प्रिन्सको पक्षसमेत लिए । उनले राजकुमार मोहम्मद बिन सलमानलाई ‘नेतृत्वको व्यक्तित्व’ भन्दै प्रशंसा गरे ।