Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विश्व
  • Home
  • विश्व
  • अमेरिकी सांसदहरू एपस्टेन फाइल सार्वजनिक गर्न निर्णायक मतदानतर्फ
अमेरिकी सांसदहरू एपस्टेन फाइल सार्वजनिक गर्न निर्णायक मतदानतर्फ
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, मंसिर २, २०८२

एएफपी–  अमेरिकी सांसदहरूले कुख्यात करोडपति यौन शिकारी जेफ्री एपस्टेनसँग सम्बन्धित सरकारी रेकर्ड सार्वजनिक गर्न बाध्य पार्ने विधेयक एपस्टेन फाइल ट्रान्सपरेन्सी एक्ट अगाडि बढाउने तयारी गरेका छन् ।

यस कदमले राष्ट्रपति डोनाल्ड ट्रम्पले आधुनिक अमेरिकाको सबैभन्दा विवादास्पद केस फाइलहरू मध्ये एक ढाकछोप राख्ने प्रयासलाई अस्वीकार गर्दै नयाँ मोड ल्याएको छ  । हप्तौँसम्म चलेको प्रतिरोध, पर्दाअघि र पछाडिका दबाब तथा सामग्री सार्वजनिक नगर्न उन्मत्त लबिङका बाबजुद राष्ट्रपति ट्रम्पले आइतबार आफ्नो अवरोध हटाउन बाध्य भएको संकेत दिएका छन् । करिब १०० भन्दा बढी रिपब्लिकन सांसदहरू नै ट्रम्पको आग्रहविपरीत फाइल सार्वजनिक गर्न तयार भएपछि परिस्थितिले उनको पक्ष कमजोर बनाएको थियो ।

अब प्रतिनिधि सभाले एपस्टेन सम्बन्धी अपरेशन, उनको गतिविधि र सन् २०१९ मा हिरासतमा भएको मृत्युसम्बन्धी सरकारी कागजातहरूको अवर्गीकृत विवरण सार्वजनिक गराउने यो विधेयक पारित गर्ने लगभग निश्चित देखिएको छ । सांसदहरूका अनुसार एक हजारभन्दा बढी सम्भावित पीडितहरूको मुद्दामा जनतालाई सत्य बुझ्ने पूर्ण हक छ । ट्रम्प समर्थक कार्यकर्ताहरूले पनि यो कागजातले डेमोक्रेट तथा अन्य उच्च तहका व्यक्तिहरू लामो समयदेखि जाँचबाट जोगिएको दाबी पुष्टि गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्दै आएका छन् ।

Hardik health

राष्ट्रपति ट्रम्पले अझै पनि फाइल रोक्न विभिन्न उपाय खोज्न सक्ने भए पनि सिनेटमा विधेयक रोकेर वा प्रतिनिधि सभामा पारित भएपछि भिटो गरेर यसको मार्ग अवरुद्ध गर्नु अहिले अत्यन्त गाह्रो देखिन्छ । मध्यावधि निर्वाचन नजिकिँदै गर्दा जनभावना पारदर्शिताको पक्षमा खुलेर उभिएको अवस्थामा यस्तो कदम राजनीतिक रूपमा जोखिमपूर्ण हुने आकलन गरिएको छ ।

यस प्रकरणले रिपब्लिकन नेतृत्वभित्र दुर्लभ दरार पनि उजागर गरेको छ । सुरूमा फाइल सार्वजनिक गर्न उत्साहित देखिनुभएका नेता माइक जोनसन पदभार सम्हाल्नेबित्तिकै पछि हटेका थिए ।  डेमोक्रेटहरूले उनलाई ‘धोका’ दिएको आरोप लगाए भने एपस्टेन फाइल सार्वजनिक गर्न दबाब दिने राजनीतिक व्यक्तित्वमाथि पनि आरोप–प्रत्यारोप चलेका थिए ।

ट्रम्पले आइतबार ट्रुथ सोसल मा सार्वजनिक गरेको पोस्टमार्फत आफ्नो अडान फिर्ता लिँदै हाउस रिपब्लिकनहरूले फाइल सार्वजनिक गर्न मतदान गर्नुपर्ने बताएका थिए । 'किनकि हामीसँग लुकाउन केही छैन ।'
सोमबार ओभल अफिसमा पत्रकारहरूले सोध्दा उहाँले विधेयक सिनेट हुँदै आएमा हस्ताक्षर गर्न आफू ‘पक्षमा’ रहेको बताए। तर यो सबै धेरैले ट्रम्पको अनुहार जोगाउने प्रयास मात्र भएको व्याख्या गरिरहेका छन्, किनकि आफ्नै पार्टीभित्रको विद्रोहले उहाँलाई पछि हट्न बाध्य पारेको देखिएको छ ।

सदनमा सबै डेमोक्रेट तथा चार रिपब्लिकन सांसदले ‘डिस्चार्ज पिटिशन’ मा हस्ताक्षर गरी मतदान प्रक्रियालाई बाध्यतापूर्वक अघि बढाए । यो निकै दुर्लभ र शक्तिशाली संसदीय उपाय मानिन्छ । हाउस नेतृत्वले यसलाई रोक्न कडा प्रयास गरे पनि अन्ततः सफल हुन सकेन ।
 


प्रकाशित मिति: मंगलबार, मंसिर २, २०८२  १६:०६
प्रतिक्रिया दिनुहोस्
थप विश्व
दक्षिण कोरियाको “फ्लाइ ओभर” मा दुर्घटनाहुँदा तीन जनाको मृत्यु, तीन घाइते
दक्षिण कोरियाको “फ्लाइ ओभर” मा दुर्घटनाहुँदा तीन जनाको मृत्यु, तीन घाइते मंगलबार, जेठ १२, २०८३
सगरमाथाको शिखरमा गाजाको सपना
सगरमाथाको शिखरमा गाजाको सपना मंगलबार, जेठ १२, २०८३
खनिज आपूर्ति सुरक्षित गर्न भारत-अमेरिकाबीच ऐतिहासिक सम्झौता
खनिज आपूर्ति सुरक्षित गर्न भारत-अमेरिकाबीच ऐतिहासिक सम्झौता मंगलबार, जेठ १२, २०८३
श्रीलंकामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन
श्रीलंकामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन मंगलबार, जेठ १२, २०८३
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो मंगलबार, जेठ १२, २०८३
लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते
लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते मंगलबार, जेठ १२, २०८३
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP