काठमाडाैं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्श, पूर्वतयारी तथा भाषा शिक्षणसम्बन्धी कार्य गर्न अनुमति प्राप्त संस्थाहरूलाई नवीकरणका लागि ताकेता गरेको छ ।
शैक्षिक परामर्श तथा भाषा शिक्षासम्बन्धी निर्देशिका, २०७३ बमोजिम नवीकरणका लागि कागजात पेस गर्न र लाग्ने दस्तुर तिर्न मन्त्रालयले आग्रह गरेको हो ।
मन्त्रालयद्वारा जारी सूचनामा आर्थिक वर्ष २०८१/८२ मा नवीकरण भएका ७२० संस्थाको हकमा मन्त्रालयले पछिल्लो मापदण्डअनुसार दायित्व पूरा गर्न भनिएको छ ।
समयमा निवेदन र कागजात नबुझाउने संस्थाहरूलाई मन्त्रालयले नवीकरण भएका संस्थाको सूचीमा नराख्ने सूचनामा जनाउ दिइएको छ ।